-->
कालेबुङका युवती बेच्ने दुई युवकको दिल्लीबाट पक्राउ

कालेबुङका युवती बेच्ने दुई युवकको दिल्लीबाट पक्राउ

राजे्श शर्मा, कालिमन्युज, दिल्ली, 1 मार्च 2015। कोही काम गरेर पैसा कमाउने त कोही घुम्ने त कोही ऐश् गर्ने रहरले ; कोही घरमा परिवार सदस्यहरुको अत्याचारदेखि बाच्न त कोही पड्न या घरमा काम गर्नको डर र करले या कुनै कुरोमा असफल भई गाउ छोड्ने वाध्यताले देशको शहर या विदेश जाने गर्छन। यस्तै घटना घट्यो कालेबुङ महकुमाकै एउटा गाउमा।
संगीताले अचानक सुटुक्कै आफ्नो गाउ छोडी दिल्ली लागिन। गत 1 फरवरीदेखि घर छोड़ेर यी युवती दिल्ली लागेको खबरले उनको घर गाउ तथा कालेबुङ महकुमानै हलचल मचाएको थियो । उक्त खबर प्रकासमा आउनसाथ उक्त युवतिको परिवारले यस सम्वन्धमा कालेबुङ् थानामा दुइ तारीखनै प्राथमिकी दर्जा गरे जसको आधारमा कालेबुङ पुलिसले खोजी कार्य तिब्र गतिले प्रारम्भ गर्‍यो ।प्राप्त जानकारी अनुसार युवती दिल्लीमा भएको खबर तब प्रकाशमा आयो जब ती युवतीले जबर्जस्ती कुनै घरमा काम गर्न अत्याचार पूर्वक राखेको फोनमा बताइन । तर त्यसपछि तिनीसंग सम्पर्क गर्न सम्भव भएन । तिनलाई अपहरण नै गरेर राखेको स्थितिमा लाने व्यक्तिको खोजी गर्नु र तिनको उद्धार गर्नु पनि जरुरी थियो। धेरै सतर्कता लिदै अभियुक्तहरुलाई भाग्न नदिन पुलिसले बडो कायदासंग युवतिको सुरक्षा पनि लिदै ओपरेशन अघि बडायो। अंतत: काम दिने लोभ देखाएर फकाइ फुसलाई लगि कुनै घरमा बलपूर्वक काममा लगाइरहेको अवस्थाबाट युवतिको उद्धार र अभियुक्तको पक्राउ गर्न दिली क्राइम ब्रांचको पुलिस सफल भएको थियो।
दिल्ली क्राइम ब्रान्चको लगातार प्रयासपछि दिल्लीमा युवती लैजाने एजेन्टले कसैको घरमा तिनीहरुलाई काम गर्न राखेको सुचना प्राप्त हुन सक्यो। दिल्ली पुलिसको क्राइम ब्रान्चको सहयोगमा घर छोड़ेर भागेकी युवतीलाई खोजी निकाल्न अनि जुन ठाउमा उसलाई राखिएको थियो त्यो पत्तो लगाए त्यहाबाट उद्धार गर्न 22 दिन पछि पुलिस सफल भयो। यस सम्वन्धमा कालेबुङ थाना प्रभारी टि एन नाथले बताए अनुसार दिल्ली अनि कालेबुङ पुलिसको माझमा तालमेल मिलेपछि दिल्ली क्राइम ब्रान्चले कालचिनि डुवर्सको चिन्चुलाका पंकज लामा (28) अनि राइमटांग निवासी राजेश बिश्वकर्म (39) लाई पक्राउ गरि उक्त युवतीलाई उद्धार गर्न सफल भयो। युवतिलाई फकाइ फुसलाई प्रलोभन देखाई लगेर दिल्ली पुर्‍याएर पछिबाट जबरजस्ती गरि कुनै एक स्थानमा काम गराउन लगेको अवस्थाबाट पुलिसले उद्धार गरेको थियो। युवतिको उद्धार पछि कालेबुङको एसआइ लक्षमण पोखरेल अनि दुइ महिला पुलिसले दिल्ली पुगेर दुइ अपराधी पंकज लामा अनि राजेश बिश्वकर्मलाई पक्राउ गरि कालेबुङ ल्याइ पुर्‍याएपछि आज कालेबुङ एसिजेएमको कोर्ट्मा पेस गर्यो् । अपहरणको मुद्धामा पुलिसले दुवैलाई हिरासतमा पठाएको छ । यता उद्धार गरिएकी युवतीलाई पुलिसले परिवार समक्ष सुम्पिदिएको छ । कालेबुङ पुलिसले दिल्ली क्राइम ब्रान्चको सहायतामा सफलता प्राप्त गरेर युवतीलाई घर फर्काउन सफल भएको छ तर यस संजालको सुइ र यसको कार्यशैली बारे धेरै कुरो गर्न अझ बाकीनैछ। यसमा दिल्ली गोजमुमो युवा मोर्चाको मूल सचिव आकास रामुदामु अनि नारी मोर्चा रेबिका राईले पनि सहयोग पुर्यालएको थियो जसमा युवा मोर्चाको लाक्पा लेप्चा, रमेस सेवा, योगेस शंकर, सुकबिन्द्र राणा, सुनिल शेर्पा, समिर राई, संचिन राई, हरि घतानी, दिपेन संकर लगायत नारी मोर्चाका रेबिका राई (रिना) पेट्रीसिया निकोलस, निमा राई, सपना रसाईली, मिनू सुब्बा, उर्मिला घतानीको भुमिका पनि अहम रहेको छ ।

Related Posts

0 Response to "कालेबुङका युवती बेच्ने दुई युवकको दिल्लीबाट पक्राउ "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.