-->
‘बिक्की, बिमला अनि निता’ – लाई सिप्सुमा गोली लागेको चार वर्ष पुरा... अझै पनि पुरा भएन गोर्खाल्याण्डको सपना

‘बिक्की, बिमला अनि निता’ – लाई सिप्सुमा गोली लागेको चार वर्ष पुरा... अझै पनि पुरा भएन गोर्खाल्याण्डको सपना

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 7 फरवरी। छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको सपनालाई आँखाभरी सजाएर पुलिसको तातो गोलीले सिप्सुको जङ्गलमा एकाएक ढलेका गोर्खाल्याण्डका योद्धाहरू क्रमैले बिक्की लामा, नीता खवास अनि विमला राईका सपनाहरू अझसम्म पुरा भएको छैन।
८ फरवरी २०11को दिन सिप्सुको जङ्गलमा गोर्खाल्याण्ड राज्य प्राप्तिको आन्दोलनमा पुलिसको गोलीहरूले उनीहरू सहिद बनेको आज चार वर्ष पुरा गरेको छ।
‘गोर्खाल्याण्ड’ राज्य प्राप्तिको आन्दोलनमा गोर्खा जनमुक्ति मोर्चाले ‘डुवर्स चलो’ आन्दोलन सुरू गरेर आन्दोलनलाई पहाडबाट तराई डुवर्समा पुर्‍याउँने क्रममा उनीहरू पुलिसको गोली लागेर सहिद बनेका हुन्। उनीहरू सहिद बनेको चार वर्ष पुरा गरेको अवसरमा गोजमुमो अध्यक्ष बिमल गुरूङले सामाजिक सञ्जाल फेसबुक मार्फत सम्झना गर्दै श्रद्धाञ्जली चढाएका छन्। यसक्रममा गुरूङले डुवर्सका अर्का सहिद अकबर लामालाई पनि श्रद्धाञ्जली अर्पण गरेका छन्।
‘गोर्खाल्याण्डको चाहना छातीभरि बोकेर शहादत प्राप्त गर्ने मेरा प्यारा बलिदानी युवाहरू अकबर लामा, विक्की लामा, नीता खवास अनि विमला राईलाई श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उनीहरूले शहिदता हासिल गरेको ८ फरवरी २०11 को त्यो दिन मेरो जीवनको सबैभन्दा कठीन अनि कष्टमय दिन हो। आफ्नो सुनौलो भविष्यलाई तिलाञ्जली दिएर गोर्खाल्याण्डको निम्ति प्राणाहुति दिने यी बलिदानी नानीहरूप्रति मेरा श्रद्धा अनि प्रेम सदैव रहिरहनेछ’ – गोजमुमो अध्यक्ष एवं जीटी प्रमुख बिमल गुरूङले लेखेका छन्।
सिप्सुको जङ्गलमा गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँने क्रममा पुलिस फाइरिङ हुँदा तीनजना सहिद बनेको घटनाले आफूलाई गोर्खाल्याण्डको निम्ति शीर नझुकाउँने प्रेरणा दिइरहेको पनि दाबी गरेका छन्। ‘जब-जब म यी शहीदहरूको बलिदानलाई सम्झने गर्छु, गोर्खाल्याण्ड प्राप्तिप्रतिको मेरो प्रतिवद्धता अझै प्रगाढ भएर जाने गर्छ। यिनीहरूको बलिदानले मलाई सदैव गोर्खाल्याण्डको निम्ति कुनै पनि शर्तमा शीर नझुकाउने प्रेरणा दिइरहनेछ’ बिमल गुरूङले उक्त घट्नालाई सम्झना गर्दै आफ्नो बिचार सार्बजनिक गर्का छन्।
छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनमा पुलिसको गोली लागेर तीनजना सहिद बनेपनिगोर्खाल्याण्ड राज्य भने अझसम्म भएको छैन, न कुनै राज्य गठनको छाँट नै रहेको छ। यद्यपी उक्त घटना पछि आफूले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति दृढ संकल्प लिएको गुरूङले अझ बताएका छन्। ‘फूलजस्ता यी कलिला नानीहरूको पार्थिव शरीरलाई काँध दिनुपरेकै दिन मैले आफ्नो आँखाको आँसुलाई छातीमै गाठो पारेर गोर्खाल्याण्ड प्राप्तिको निम्ति ढृढ संकल्प लिएको छु। यी वीर शहीदहरूलाई मेरो साँचो श्रद्धान्जलि भनेको नै गोर्खाल्याण्ड हुनेछ, जो म आफ्नो प्राणको बाजी लगाएर पनि एकदिन अवश्यै पूरा गर्नेछु’ – बिमल गुरूङले गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति प्रतिबद्धता जाहेर गरेका छन्। सिप्सु गोलीकाण्डको चार वर्षको अवसरमा उक्त बीरहरूको सम्झना जीटीएले सहीद दिवस पालन गर्दै उनीहरूको बलिदान खेरो जानेछैन भनेका छन्।
‘तिमीहरूले देखेको गोर्खाल्याण्को सपना अवश्यै पूरा हुनेछ। तिमीहरूको बलिदानको कदर म गोर्खाल्याण्ड प्राप्त गरेर गर्नेछु’ मोर्चा अध्यक्ष एवं जीटीए प्रमुख बिमल गुरूङले अझ फेसबुकमा लेखेका छन्।
८ फरवरी २०11को दिन सिप्सुको जङ्गलमा बिक्की लामा, बिमला राई अनि निता खवासलाई गोली लागेर सहिद बनेपछी गोजमुमोले प्रत्येक वर्ष सहिद दिवस पालन गर्दै गोर्खाल्याण्डको निम्ति प्रतिबद्धता जाहेर गर्दै आइरहेको छ। सहिदहरूको कसम खाँदै गोर्खाल्याण्ड ल्याउँछौँ भनेर प्रतिबद्धता जाहेर गर्दै आइरहे पनि व्यवहारिकतामा भने गोर्खाल्याण्डको आन्दोलन पूर्णरूपले चिसो बस्तामा पुगी सकेको छ। गोर्खाल्याण्ड आन्दोलनको सट्टा बरू अहिलेघरी बङ्गाल सरकारले ‘जीटीएमा बिभागहरू हस्तान्तरण गरेको छैन’ भन्दै बिभाग हस्तान्तरण र बिकासकै मुद्दा प्रमुख बनिरहेको अवस्थामा यसपल्ट उक्त सहीदहरूलाई साक्षी राख्दै ‘गोर्खाल्याण्ड ल्याउँनेछैँ’ भनि खाने कसम पुरा होला के ? भन्ने प्रश्न निक्कै जटिल बनेको छ।

Related Posts

0 Response to "‘बिक्की, बिमला अनि निता’ – लाई सिप्सुमा गोली लागेको चार वर्ष पुरा... अझै पनि पुरा भएन गोर्खाल्याण्डको सपना"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.