-->
टिस्टा नदीमा बन्द उद्धार कार्य सञ्चालन हुनपर्छ -चालक महासंघ

टिस्टा नदीमा बन्द उद्धार कार्य सञ्चालन हुनपर्छ -चालक महासंघ

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 26 फरवरी। टिस्टा नदीमा हुने सडक दुर्घटनाहरूमा रिभर राफ्टिङको रेस्क्यू टोलीले उद्धार कार्य बन्द गरेको तीन महिना भन्दा धेर भएकोछ। उक्त उद्धार कार्य पुन चलाउन प्रशासनले कुनै पदक्षेप ग्रहण गरेको छैन जसको कारण अहिलेघरी राष्ट्रिय राजमार्ग 31 ए रम्फूदेखि सुभुकसम्म भएका सडक दुर्घटनाहरूमा रिभर राफ्टिङको उद्धार टोलीले कुनै उद्धार कार्य गरेको छैन। उक्त उद्धार कार्य सुचारू गर्न प्रशासनिक हस्तक्षेप हुनपर्ने माग गर्दै आज जनमुक्ति चालक महासंघले महकुमा अधिकारीको अनुपस्थितिमा अतिरिक्त महकुमा अधिकारी प्रितम लिम्बुलाई एउटा ज्ञापन पत्र चढाएको छ।
यस सम्बन्धमा प्रशासनिक तहमा अहिलेसम्म किन पहल गरिएको छैन भन्ने प्रश्न गर्दै उद्धार कार्य बन्द भएको कारण मानिसहरूले भोग्न परिरहेको समस्याबारे जानकारी गराइयो। रिभर राफ्टिङको उद्धार टोलीले क्षतिपूर्तिको माग गर्दै उद्धार कार्य बन्द गरे पनि यसलाई सुचारू रुपले चलाउन प्रशासनले एनएचपीसीसँग बैठक बसेर समाधान निकाल्नु पर्ने चालक महासंघका अध्यक्ष महेन्द्र गुरूङले माग गरे।
“टिस्टा नदीमा बन्द भएको उद्धार कार्य यथाशिघ्र सञ्चालन होस भन्ने हाम्रो माग छ। राफ्टिङ व्यवसायीहरूको समस्यालाई प्रशासन अनि एनएचपीसीले ध्यान दिनुपर्छ। उनीहरूले ध्यान नदिएको कारण यसको समस्या आम मानिसहरूले भोग्न परिरहेको छ। यसकारण स्थानीय प्रशासनले राफ्टिङ व्यवसाय अनि एनएचपीसी प्रतिनिधीवर्गसँग बैठक गरेर समस्याको समाधान निकाल्नुपर्छ’ महेन्द्र गुरूङले भने। उनले उक्त समस्या समाधानको निम्ति आगामी दिनमा यथाशिघ्र पहल नभए चालक महासंघले अर्को रणनीति तय गर्ने पनि बताए। ‘राष्ट्रिय राजमार्गमा दैनिक हजारौँ यात्रीहरू यात्रा गर्छन्। उक्त यात्रीहरूलाई बोकेर हाम्रा चालक सदस्यहरूले आफ्नो वाहनमा यात्रा गराउने गर्छन्। कहिले कहीँ दूर्भाग्यवस दुर्घटना हुने गर्छ अनि उद्धारको अभावमा समस्या भोग्न पर्छ। यसलाई प्रशासनले समाधान गर्नुपर्छ। नत्र एनएचपीसी अथवा प्रशासनले उद्धार टोली तयार गर्नुपर्छ’ गुरूङले अझ भने।
स्मरण रहोस टिस्टा नदीमा उद्धार कार्य राफ्टिङ व्यवसायीहरूले बन्द गरेपछि अहिलेघरी दुर्घटनामा पर्नेहरूले अनेकौँ समस्या भोग्न परिरहेको छ। यसका साथै दुर्घटनामा पर्ने कतिपय मानिसहरूको शव समेत प्राप्त हुन गाह्रो परिरहेको छ। विशेष गरेर टिस्टा नदीमा साहसिक पर्यटनको रूपमा बिकसित हुँदै गइरहेको राफ्टिङ राष्ट्रिय जलविद्युत परियोजनाको कारण प्रभावित बनेको छ। टिस्टा नदीमा राष्ट्रिय जलविद्युत परियोजना निर्माण कार्य भएपछि अहिलेघरी टिस्टा नदीको जलस्तर कहिले धेरै वृद्धि हुने अनि कहिले जलस्तर पूर्णरूपले घटेर जाने गरेको कारण राफ्टिङ व्यवसायीहरू पूर्णरूपले प्रभावित बनेका छन्।
टिस्टा नदीमा सञ्चालन हुने उक्त रिभर राफ्टिङ व्यवसायमा लगभग तीनसय भन्दा अधिक परिवारहरू प्रत्यक्ष अनि परोक्ष रूपले आश्रित भए पनि जलविद्युत परियोजनाको कारण यसको प्रत्यक्ष प्रभाव उक्त परिवारहरूलाई पर्न गएको छ।
जलविद्युत परियोजनाको कारण राफ्टिङ व्यवसायीहरू प्रभावित बनेपछि एनएचपीसीले क्षतिपूर्ति दिनुपर्ने माग गर्दै राफ्टिङ व्यवसायीहरूले उद्धार कार्य बिगत तीन महिना अघिदेखि बन्द गरेको छ। उक्त उद्धार कार्य बन्द गरेपछि टिस्टा नदीमा अहिलेसम्म अनेकौँ सडक दुर्घटनाहरू भइसकेको छ भने उक्त सडक दुर्घटनामा उद्धार कार्यको अभावले अनेकौँ समस्याहरू भोग्न परिरहेको छ।

Related Posts

0 Response to "टिस्टा नदीमा बन्द उद्धार कार्य सञ्चालन हुनपर्छ -चालक महासंघ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.