-->
जीटीएले डाकेको बन्द विफल : कालेबुङमा बन्द भएन बिद्युत कार्यलय

जीटीएले डाकेको बन्द विफल : कालेबुङमा बन्द भएन बिद्युत कार्यलय

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 16 जनवरी। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन (जीटीए)ले डाकेको बिद्युत कार्यलय बन्द आज कालेबुङमा पूर्णरूपले विफल रह्यो। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अनि गोजमुमो पार्टीले पहाडमा डाकेको बन्द यो नै पहिलोचोटी विफल भएको हो। यसभन्दा अघि गोजमुमो पार्टीले डाकेको बन्द अहिलेसम्म पूर्णरूपले पालन गर्दै आए पनि यसपल्टको बिद्युत कार्यलय बन्द भने कसैले पालन गरेन। 
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनलाई पश्चिम बङ्गाल सरकारले जीटीएको सम्झौता अनुरूप जीटीए क्षेत्रबाट उत्पादित बिद्युतहरूको कर नदिएको आरोप लगाउँदै जीटीए क्षेत्रका सम्पूर्ण विद्युत कार्यलय बन्द गर्ने जीटीए प्रमुख बिमल गुरूङले घोषणा गरेका थिए। जीटीए प्रमुखले बिद्युत कार्यलय बन्द गर्ने घोषणा सँगै विद्युत बिभागसँग बैठक समेत बसेको थियो। यद्यपी बैठकलले कुनै निर्ष्कर्ष निकाल्न नसक्दा उनले आजदेखि सम्पूर्ण जीटीए क्षेत्रका विद्युत कार्यलयहरू बन्द गर्ने घोषणा गरेका थिए। 
जीटीए प्रमुख गुरूङले विद्युत कार्यलय बन्द गर्ने घोषणा पछि आज सम्पूर्ण जीटीए क्षेत्रका विद्युत कार्यलय बन्द हुने छाँट देखिए पनि आखिरमा कालेबुङको सम्पूर्ण बिद्युत कार्यलय खुल्ला रह्यो। जसको कारण जीटीए प्रमुख बिमल गुरूङले घोषणा गरेको विद्युत कार्यलय बन्द पूर्ण रूपले विफल बनेको स्पष्ट बनेको छ। सदा झैँ आज पनि यहाँको 10 माइल नजिक रहेको बिद्युत कार्यलय खुल्ला रहेको थियो भने मानिसहरू आज पनि बिद्युत कार्यलयमा आएर बिजुलीको बिल तिर्ने तथा अन्य आवश्यक काम गरीरहेका थिए। 
यस अवसरमा विद्युत कार्यलयममा कार्यरत सम्पूर्ण अधिकारीवर्ग लगायत कर्मचारीवर्गको पनि उपस्थिति रहेको थियो भने उनीहरूले पनि समान्य दिनहरूमा झैँ आज पनि आफ्नो कार्य गरिरहेका थिए। जीटीए प्रमुख बिमल गुरूङले बिद्युत कार्यलय बन्दको घोषणा पछि बिद्युत कार्यलयमा कुनै झमेला सृजना नहोस भनेर आज सुरक्षा व्यवस्था कठोर गरिएको थियो। जीटीएले डाकेको बन्दलाई पूर्णरूपले असफल पार्न सरकारले बिद्युत कार्यलय परिसरमा र्‍याफका जवानहरू लगायत धेरै संख्यामा पुलिस बल तैनाथ राखेको थियो। यस अवसरमा बिद्युत कार्यलय परिसरमा पुलिसका उच्च अधिकारीवर्गको पनि विशेष उपस्थिति रहेको थियो।
जीटीए प्रमुख बिमल गुरूङले घोषणा गरेको विद्युत कार्यलय आज कालेबुङमा पालन नगरे पनि बन्दलाई सफल पार्न बिद्युत कार्यलय परिसरमा गोजमुमो पार्टीका कार्यकर्ताहरू पिकेटिङ गर्न समेत गएनन्। यसका साथै जीटीएका प्रतिनिधीहरू पनि बन्द सफल भयो भएन भन्ने जानकारी लिन बिद्युत कार्यलमा गएनन्। जसको कारण जीटीए प्रमुखले डाकेको बन्दको इतिहासमा यो बन्द नै पहिलोचोटी पूर्णरूपले विफल बनेको छ। 
यसरी जीटीए प्रमुख एंव मोर्चा अध्यक्ष बिमल गुरूङले डाकेको बन्द पूर्णरूपले विफल बनेपछि उनको लोकप्रियता माथी पनि प्रश्न खडा भएको छ। किनभने बिगतका दिनहरूमा गोजमुमो अध्यक्ष बिमल गुरूङले दार्जीलिङ पहाडमा जति पनि बन्दहरूको घोषणा गरे उक्त बन्दलाई सफल पार्न बिहानै देखि पार्टी कार्यकर्ताहरू बन्दलाई सफल पार्न सडकमा ओर्लने गर्दथे। तर यसपल्ट भने बिद्युत कार्यलय बन्दको घोषणालाई सफल पार्न पार्टी कार्यकर्ताहरू लगायत जीटीए सभासदहरू समेत सडकमा देखा नपरेको घटनाले गोजमुमो अध्यक्ष बिमल गुरूङको घोषणालाई आफ्नै समर्थकहरूले पालन नगरेर बन्दको घोषणाको नै खिल्ली उडाएर कार्यलय खुल्ला राख्ने बिभागलाई छुट दिएको छ।
यता यससम्बन्धमा कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीसँग जान्न चाहँदा बिद्युत बिभागकसँग धेरै झमेला रहेको जानकारी गराए। उनलाई जीटीएले विद्युत कार्यलय बन्द डाकेर र पनि बन्द नभएको सन्दर्भमा प्रश्न गर्दा जीटीएले बन्द गर्नका निम्ति कार्यलयमा मानिसहरू नपठाएको हुनसक्ने अथवा केही कारणवस कार्यलय खोलिएको हुनसक्ने अनि यसबारे आफूलाई निर्दिष्ट जानकारी प्राप्त नभएको बताए। 
‘बिद्युत बिभागले जनतालाई अधिक बिल पठाएर समस्यामा पारिरहेको छ। उनीहरूले अहिले एकमुष्ट बिल पठाउँदैछन् अनि यसलाई तिर्नै पर्ने भनिरहेको छ। यसभन्दा अघि बिभागले कार्यलयमा बसेर मिटन रिडिङ नगरी बिल पठायो अनि अहिले रिडिङ गरेर एकाधिक बिल पठाउँनु न्यायसंगत होइन’ डा हर्कबहादुर छेत्रीले भने। ‘मिटरमा नहेरी पहिला बिभागले बिल पठायो। अहिले रिडिङ गर्दा धेरै बिल आउँदैछ। यो जनताको भूल होइन बिभागको भूल हो। बिभागले गरेको भूल आज जनताले किन भोग्नु ?” डा हर्कबहादुर छेत्रीले प्रश्न उठाए।
यता गोजमुमो कालेबुङ महकुमा समितिमा सचिव कुमार चामलिङले आज बिद्युत कार्यलय बन्दको केवल आह्वान मात्र गरेको जानकारी गराउँदै बन्दको कराकर नगरेको स्पष्टिकरण दिए। उक्त बन्दको घोषणा पछि आज कार्यलय बन्द नभए पनि यसबारे कालेबुङ बिद्युत बिभागका डिभिजनल म्यानेजरसँग भेटघाट गरेर बन्दको निम्ति अपिल गर्ने जानकारी गराए। यदि उनीबाट सकारात्मक आश्वासन नपाए भोलिदेखि बन्द सफल पार्न बिद्युत कार्यलयमा धर्ना प्रदर्शन गर्ने संकेत चामलिङले दिएका छन्।
अर्कोतर्फ बिद्युत कार्यलय बन्दको बिषयमा कालेबुङ बिद्युत कार्यलयका क्षेत्रिय प्रबन्धक प्रभासिक राईले आफूलाई कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताउँदै आफ्नो कार्यलय पूर्णरूपले खुल्ला रहेको जानकारी गराइन्। उनले बिगत दिनमा बिभागका कर्मीहरूले मिटर रिडिङ नगरी बिल पठाएको स्वीकार गर्दै उक्त कार्य बिभागको गल्ती हो भनि स्वीकार गरे। यद्यपी बिभागले गरेको गल्तिमा उपभोक्ताले तिर्नपरेको बिल सम्बन्धि माफी हुने कुरा भने उनले गरेनन्।
भर्खरै प्राप्त समाचार अनुसार पार्टिले विभाग र प्रशासनसंग बैठक बसेपछि कतिपय शर्तमा उक्त बन्दलाई फिर्ता लिइएकोछ।

Related Posts

0 Response to "जीटीएले डाकेको बन्द विफल : कालेबुङमा बन्द भएन बिद्युत कार्यलय"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.