घिसिङको शवयात्रामा शोक पालन गर्दै बन्द गर्ने गोरामुमोको अपिल
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 31 जनवरी। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई सर्वप्रथम अघि बडाउँने गोरामुमो अध्यक्ष सुवास घिसिङको शवयात्राको अवधी आइतबार सम्पूर्ण दार्जीलिङ पहाडका जनताले दोकान-पाट बन्द राखिदिने गोरामुमो पार्टीले अपिल गरेको छ।
गोरामुमो पार्टी कालेबुङ ब्राञ्च कमिटिका सयोजक मौरिस कालिकोटेले आज एउटा प्रेस कन्फरेन्स आयोजना गरेर घिसिङलाई श्रद्धाञ्जली अर्पण गर्न सम्पूर्ण राजनैतिक मत भिन्नतालाई भुलेर जनता आफैले बन्द पालन गरेर शोक मनाउँदै श्रद्धाञ्जली चडाए उनको आत्माले शान्ति पाउने बताए।
“भोलि सुवास घिसिङको शवयात्रा दार्जीलिङ घरबाट निकालिनेछ। भारतभरीका गोर्खाहरूलाई जगाउँने सुवास घिसिङको शवयात्रा निकालिएको अवधी सबैले कालो झण्डा लगाएर सम्पूर्ण मानिसहरूले स्वेच्छाले बन्द गरिदिने अपिल गर्नेछौँ। हामी केवल अपिल मात्र गर्दछौँ। उहाँले आफ्नो जीवन नै गोर्खा जातिको निम्ति जुन बलिदान दिए यसलाई सम्मान गर्दै बन्द गरेर शोक पालन गरे मृत आत्माले शान्ति पाउनेछ’ – मौरिस कालिकोटेले भने।
गोरामुमो अध्यक्ष सुवास घिसिङको मृत्युले पार्टीलाई मात्र नभएर सिंगो गोर्खा जातिलाई नै क्षति भएको पनि कालिकोटेले बताए। यसक्रममा स्व घिसिङले देखाएको बाटोमा आफूहरू अग्रसर बनेर हिँडने बताउँदै पार्टीले उनको दिशा निर्देशलाई सदैव आत्मासात गरेर अघि बड्ने पनि कालिकोटेले बताएका छन्।
‘घिसिङको मृत्यु घरको मूल व्यक्ति बितेको जस्तै हो। यो हाम्रो निम्ति ठूलो क्षति हो” उनले भने। यसैक्रममा आगमी दिनहरूमा पार्टीको सांगठिक गतिविधिलाई आफूहरूले निष्ठावन बनेर पालन गर्ने बताउँदै ‘घिसिङले हामीलाई देखाएको बाटोमा हिँड्ने छौँ” भने।
(फोटो सौजन्य :Mukta Moktan Yonzon फेस बुक)
0 Response to "घिसिङको शवयात्रामा शोक पालन गर्दै बन्द गर्ने गोरामुमोको अपिल"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.