दोस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलन 21 अनि 22 फरवरीमा सिलगुडीमा हुने .... Kirat Rai International Coordination Committee organises 2nd Kirat Rai International Conference in Siliguri
उद्घाटन सत्रमा करिब ४० हजार मानिसका उपस्थिति रहनेछ भने बन्द सत्रमा करिब ५०० जनाको प्रतिनिधि रहने छन् । नेपाल र भारतबाट पाँचबटा कार्यपत्रमा प्रस्तुत हुनेछ । नेपालबाट प्रस्तुत हुने कार्यपत्र किरात धर्म र मुन्दुम अनि दोस्रो किरात राई जाति हुनेछ भने किराती खम्बु राई साँस्कृतिक संस्थान दार्जीलिङ र अखिल किरात राई संघ सिक्किमबाट प्रस्तुत गरिने कार्यपत्र किरात लिपी अनि दोस्रो किरात माङखिम हुनेछन् । समन्वय समितिको नियमावली माथि समेत छलफल सम्मेलनमा गरिने छ ।
पहिलो दिनको बन्द सत्र सिलगडीको ईस्कन मन्दिरमा हुनेछ भने दोस्रो दिनको खुल्ला कार्यक्रम मिलन मोडमा हुने छ । पहिलो दिनका प्रमुख अतिथि पश्चिम वंगाल राज्यका मन्त्री श्री गौतम देव हुनुहुन्छ भने भारत सरकारको केन्द्रीय आदिवासी मन्त्री जुवल उरावले दोस्रो दिनका प्रमुख अतिथि हुनुहुन्छ । सो सम्मेलनमा प्रा.डा.नोवल किशोर राई सहितका अन्य बीस जना विशिष्ट ब्यक्तित्वहरूलाई सम्मान तथा कदर–पत्र प्रदान गरिने भएको छ ।
साँस्कृतिक झाँकी, मौलिक भेष भूषाको प्रदर्शन, किरात इतिहास, भाषा, संस्कृतिजन्य पुस्तक बिक्रि वितरण कक्ष, किरात जातिको खानपान, परम्परागत खेलकुद, मौलिक शिली प्रर्दशनीका साथ किरात राई साँस्कृतिक कलाकार संघको विशेष साँस्कृतिक प्रस्तुति तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति पनि सम्मेलनमा रहने छ ।
किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिको गठन संसारभरिका सम्पूर्ण किरात राईहरूको साझा प्रतीकको रुपमा चिन्डो(सोलेन्वा)लाई सबै किरात राईहरूको सामूहिक भवनको शिरमा (टुप्पोमा) स्थापना गरिसकेको र यस वर्षको लोगो यही रहेको छ ।
संसारभरीका किरात राई समुदायको भाषा, धर्म, संस्कार/संस्कृति, लिपी, कला, साहित्य, इतिहास र पहिचानको संरक्षण एवम् विकास गर्ने उदेश्यसहित सन् 2011 मा किरात राई अन्तर्राष्ट्रिय समन्वय समिति स्थापना भएको हो । यसले विश्वभरी छरीएर किरात राई जातिबीच भाईचारा एवम् सुमधुर सम्वन्ध स्थापित गर्दै सहकार्य, सहमति, सह–अस्तित्वसहित एकताको सुत्रमा बाँध्दै सबै किरात राई जातिका संघ/संस्थाहरूलाई समेटेको छ ।
मुन्दुम अभिलेखीकरण(एकरूपता) सरल भाषामा तयार गर्न किराती ऐतिहासिक प्राचीन थलो, दरवार, गढी, गौडा तथा धार्मिक स्थलहरूको पहिचान, संरक्षण र विकास गर्दै अध्ययन, अनुसन्धानको कार्यलाई अगाडि बढाउन आवस्यकिय कार्य यसले गरिरहेको छ ।
भारत र नेपालमा सक्रिय रहेको किरात राई यायोक्खा (किराया) अंतर्गत १५ अन्य देश बेलायत, अमेरीका, दक्षिण कोरीया, मलेशीया, कुवेत, ईजराइल, युएई, बहराईन, अष्टेलीया, बेल्जियम, जापान, हङकङ, कतार, सिंगापुर, ब्रुनईमा यसका शाखा छन् । भारतको अखिल किरात राई संघ सिकिक्म, किराती खम्बू राई साँस्कृतिक संस्थान दार्जिलिङका साथै असम, मिजोरम, सुपोल, नागालैण्ड, भागलपुर लगायतका भारतको विभिन्न राज्यमा रहेका किरात राई जातिका संस्था यसमा संलग्न छन ।
0 Response to "दोस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलन 21 अनि 22 फरवरीमा सिलगुडीमा हुने .... Kirat Rai International Coordination Committee organises 2nd Kirat Rai International Conference in Siliguri"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.