
पञ्चायत् चुनाव नभएको कारण जनसाधरणले दुख पाउँदैछन् – डा हर्कबहादुर छेत्री
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 8 जनवरी 2015। दार्जीलिङ पहाडको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन क्षेत्रमा त्रीस्तरीय पञ्चायत चुनाव हुने जीटीएको सम्झौता पत्रमा स्पष्ट लेखिए पनि त्रीस्तरीय पञ्चायत चुनावको छाँट आजसम्म भएको छैन। जसको कारण ग्रामीण क्षेत्रका मानिसहरू बारम्बार बिभिन्न समस्याको सम्मुखिन बन्न परिरहेका छन्। जीटीए गठन पछि ग्रामीण मानिसहरूको समस्या समाधानको निम्ति धेरै वर्षदेखि ठप्प रहेको पञ्चायत चुनाव प्रक्रिया संगै अघि बड्ने अपेक्षा राखे पनि आजसम्म उक्त अपेक्षा ग्रामीण मानिसहरूको पूर्ण हुन सकेको छैन। यस्तो अवस्थामा केही दिन अघि मात्रै जीटीए प्रमुख बिमल गुरूङले दुई स्तरीय पञ्चायत गराउन सक्ने बयान दिए पछि चारैतर्फ विवाद बडेको थियो। बिभिन्न राजनैतिक दलका नेताहरूले दुईस्तरीय पञ्चायत चुनावको बिरोध गर्दै दुईस्तरीय पञ्चायत भए मोर्चाको नैतिक हार हुने दाबी समेत गरिरहेको थियो। यस्तो अवस्थामा गोजमुमो पार्टी प्रवक्ता एंव कालेबुङका बिधायक डा. हर्कबहादुर छेत्रीले आज पत्रकारहरूसंग बोल्दै पञ्चायत चुनाव सम्बन्धि आफ्नो बयान दिएका ।
‘जीटीए सम्झौता अनुसार जीटीए क्षेत्रभित्र तीनस्तरीय पञ्चायत चुनाउ गराउने कुरा स्पष्ट उल्लेख छ। तीनस्तरीय चुनाउ गराउँदा कुनै असुविधा पनि छैन। यद्यपी जीटीएसभामा कसरी तीनस्तरीयको सट्टामा दुई स्तरीय चुनाउ गराउने निर्णयमा पुग्यो त्यो सम्बन्धमा विधायक एवं मोर्चा केन्द्रीय प्रवक्ता दुवैको नातामा मलाई जानकारी छैन’ डा हर्कबहादुर छेत्रीले भने। यस सम्बन्धमा आफूलाई पार्टीको प्रवक्ता एवं बिधायकको नातामा कुनै सल्लहा गरिएन भने बताएका छन्। ‘दुई स्तरीय पञ्चायत चुनाउको सम्बन्धमा विधायकहरूलाई भन्दा जीटीए सभा र जीटीए सभासद्हरूलाई नै धेर ज्ञान छ। किनकि उनीहरू कसरी दुई स्तरीय चुनाउ गराउने निर्णयमा पुगे त्यो सम्बन्धमा विधायकहरूसित कुनै सम्पर्क गरिएन। मोर्चा प्रवक्ताको नातामा पनि मसित कुनै सम्पर्क गरिएन। यसैले पञ्चायत चुनाउको सम्बन्धमा कुनै टिप्पणी गर्ने अधिकार मसित छैन्’ – डा छेत्रीले स्पष्ट भने। सोहीक्रममा दार्जीलिङ पहाडमा पञ्चायत चुनाव नभएको कारण ग्रामीण क्षेत्रहरूमा बिकास कार्यहरू सही प्रकारले हुन नसकेको जसको कारण ग्रामीण मानिसहरू सरकारी सहुलियतबाट बञ्चित बन्न परिरहेको दाबी गरे। यद्यपी तिनले पञ्चायत चुनाव भने हुनपर्ने कुरामा जोड दिए।
‘पञ्चायत चुनाउ आवश्यक छ। गाउँ बस्तीमा धेरै समस्याहरू भइरहेको छ। यसैले पहिले दुईस्तरीय अनि पछिबाट एकस्तरीय थप्दा हुने हो’ डा छेत्रीले पञ्चायत चुनाव गराउनुपर्ने कुरामा जोड दिँदै भने। यद्यपी उक्त बिषयहरूमा आफूलाई भन्दा जीटीए सभा अनि पार्टी महासचिवलाई धेर ज्ञान छ भन्दै उनीहरूले नै धेर बताउन सक्छन् भने। यसरीनै डा छेत्रीलाई आगमी 2016मा सम्पन्न हुने बिधानसभा चुनावबारे प्रश्न गर्दा चुनाव नलड्ने जानकारी दिएका छन्। ‘योग्य व्यक्तिहरूलाई हामीले ठाउँ छोड्दै जानुपर्छ। यदि ठाउँ छोडेन भने हामीलाई चौकि रूँगेर बस्ने दोष लाग्छ। 2016मा सकेसम्म नयाँ र सक्षम व्यक्ति नै पाउँनेछन्। पाँचवर्षसम्म मेरो कार्यकाल हेरेर वास्तवमा जनताले मलाई रिजेक्ट गर्नुपर्ने हो। यसकारण अब म सक्ने छुइन। यो मेरो क्षमताको कुरा होइन। पार्टीले नै टिक दिए पनि म पार्टीलाई सम्झाउँनेछु। किन भने मेरोमा त्यो योग्यता छैन’- डा हर्कबहादुर छेत्रीले भने।
अर्कोतिर अहिलेघरी राज्यसरकारले जीटीएमा हस्तक्षेप गरिरहेको कारण जीटीएले पहाडका खाद्य आपूर्ती बिभाग बन्द गरेको सन्दर्भमा प्रश्न गर्दा उक्त निर्णयको समर्थन गरे। यस बन्दले हस्तक्षेपको बिरूद्धमा राज्य सरकारलाई यस बन्दले गतिलो सन्देश जाने विश्वास व्यक्त गरे। ‘राज्य सरकारले सबै कुरा कागजमा मात्र दियो। जीटीएको विभागमा पनि जिल्ला प्रशासनको साहयतामा हस्तक्षेप गर्ने काम जारी छ’ दा छेत्रीले भने।
अर्कोतर्फ दार्जीलिङ पहाडमा छुट्टै स्कूल सर्भिस कमिशन गठनबारे प्रश्न गर्दा राज्यले आगमी फरवरी महीनामा एउटा बिल प्रस्तुत गर्न सक्ने जानकारी गराएका छन्। ‘आगमी बजेट सत्रमा राज्य सरकारले स्कूल सर्भिस कमिशनबारे सदनमा बिल प्रस्तुत गरेर यसलाई पारित पनि गर्नेछ। यस सम्बन्धमा कुराकानी भइसकेको छ’ डा छेत्रीले भने।
0 Response to "पञ्चायत् चुनाव नभएको कारण जनसाधरणले दुख पाउँदैछन् – डा हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.