
स्वच्छ भारत अभियान : सरकारी कार्यलयहरूको परिसरमा मैलाको थुप्रो

भारतमा राष्ट्रपिता महात्मा गान्धीलाई मैला कहिल्यै मनपर्दैन थियो। यसैकारण प्रधानमन्त्री मोदीले महात्मा गाँधीको सपना पुरा गर्न देशव्यापी स्वच्छ भारत अभियान चलाए। चारैतिर सफाई अभियान चल्यो। नेताहरू देखि लिएर प्रशासनिक अधिकारीहरू सबै देशलाई सफाई गर्न सडकमा झाडु बोकेर निस्के। यता दार्जीलिङ पहाडमा पनि स्वच्छ भारत अभियान चल्यो। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन प्रमुख बिमल गुरूङ स्वयंले स्वच्छ भारत अभियान चलाए। दार्जीलिङ पहाडलाई स्वच्छ भारत अभियान संग जोड्न बिमल गुरूङ आफै झाडु बोकेर सडकमा निस्किए। उनलाई साथ दिन पहाडका सासंद एसएस आहलुवालीय अनि सभासद रोशन गिरी पनि हातमा झाडु बोकेर सफाई अभियानमा जुडे। त्यसपछि पहाडव्यापी चल्यो स्वच्छ भारत अभियान।

अघिबाट सुन्दर अनि स्वच्छ देखिने उक्त महकुमा अधिकारी कार्यलयको पछिल्लो भाग हेर्नु हो भने मैलाको थुप्रोहरूले पुरिन्दै गइरहेको छ। मानौ कालेबुङ महकुमा अधिकारी कार्यलयका अधिकारी अनि कर्मचारीवर्गलाई स्वच्छ भारत अभियानको कुनै जानकारी नै छैन। यस सम्बन्धमा महकुमा अधिकारीलाई भेट्न चाहँदा उनी बाहिर गएका थिए। यसैक्रममा महकुमा अधिकारी कार्यलयकै एकजना कर्मचारीलाई स्वच्छ भारत अभियान कार्यलयले पालन गरिरहेको छ भनि जान्न चाहँदा यसबारे आफूलाई थाह नभएको बताए। यतिमात्र होइन उनले आफूलाई स्वच्छ भारत अभियान बिषयमा अहिलेसम्म पत्तो नभएको बताएर आश्चर्य चकित सम्म पारे।
‘स्वच्छ भारत अभियान के हो मैले त आज नै सुन्दैछु’ उक्त कर्मचारीले भने। उक्त कर्मचारीको कुरालाई विश्वास गर्नु हो भने पनि महकुमा अधिकारी कार्यलय परिसरमा स्वच्छ भारत अभियान नचलेको स्पष्ट बनेको छ। किनभने कार्यलयको पछिल्लो परिसर पूर्णरूपले प्रदुषित बनेको छ। जसले गर्दा स्वच्छ भारत अभियानको नारा फिका फिका बन्न पुगेको छ। यतिमात्र होइन यहाँको आपकारी बिभागको कार्यलय, खण्ड बिकास अधिकारीको कार्यलय, नगरपालिका कार्यलयको अतिथि गृह, ट्रेजरी कार्यलय सबै कार्यलयहरूको अघिल्लो आँगन मात्र स्वच्छ अनि सफा राखिएको देखिन्छ तर जसै क्यामेरा सबै सरकारी अधिकारीवर्गको कार्यलयको पछिल्लो भागमा पर्न जान्छ सम्पूर्ण सवच्छ भारत अभियानको पोल स्वत खोलिन पुगेको छ।
0 Response to "स्वच्छ भारत अभियान : सरकारी कार्यलयहरूको परिसरमा मैलाको थुप्रो"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.