
भाजपाको 12 घण्टा भन्द शान्ती पूर्ण सम्पन्न
राजेश शर्मा, कालिमन्युज, जयगाँउ 17 जनवरी । भाजपको छात्र संगठन अखिल भारतीय छात्र परिषद्ले डाकेको वर्तमान तृणमूल सरकारको गुण्डागर्दीको बिरोधमा डाकेको 12 घण्टा बन्द आज डुवर्स क्षेत्रमा 70 प्रतिसत सफल भयो ।
भाजपा कार्यकर्ताहरुमाथी तृणमूल सरकारले दिनो दिन अत्याचार गर्दै गणतंत्रको हत्या गरेको आरोप लगाउदै डाकेको बन्द सफल भएको भाजपाका राज्य अध्यक्ष राहुल सिन्हाले फोन मार्फत दिए। तिनले भने बर्तमान समयमा तृणमूल पार्टीको सरकार अधिनस्थ पुलिस प्रशांसन पनि रहेको कारण उत्तर बंगाल क्षेत्रमा कलेजहरुमा भैरहेको चुनाउ शांतिपूर्वक सम्पन्न हुनु पर्ने थियो। तर पुलिस प्रसांशनको सहायता लिएर तृणमूलको नेताहरुले छात्र संसदको चुनाउमा आखिल भारतीय विध्यार्थी परिषदूका सदस्यहरु नामांकन भर्नु नदिएको आरोप अलिपूरव्दारको भाजपा उपाध्यक्ष राम दिलास गोयल, नन्दकिशोर् शाह, रोसन ठटाल, आदिले बताए।
आज पनि बन्दको समय अखिल भारतीय छात्र परिषद् सदस्यहरु मोटर बाइकमा सिसुबारी गैरहेको बेला तृणमूल कार्यकर्ताहरुले कुट्पिट गरेको अनि गणंतंत्रको ह्त्या गरेको राम दिलस गोयलले बताए। तृणमूल नेता उत्पल रोयले हाम्रो कार्यकर्ताहरुलाई गरेको आक्रमण गर्दै अत्याचार गरेको जनता सबैलाई थाहा छ। 2016 को चुनावमा यसको उत्तर अवस्य जनताले दिनेछन ।
यता वीरपाड़ा, कालचिनि, मदारीहाट, जयगाँउ, कालचिनि, अलिपूरव्दार लगायत डुवर्सको बिभिन्न क्षेत्रमा बन्द शान्ती पुर्ण पालन भयो । यता कतै कतै छुटपूट वाहनहरु चले भने दोकानपाटहरु भने पूर्ण रुपले बन्द रहे । बन्दलाई लिएर अलिपूरव्दारको भाजपाको उपाध्यक्ष गंगा शर्माले कालिम्न्युजलाई बताउदै भने बंगाल सरकारको कुनिति प्रत्यक्षरुपमा जनताले देखेका छन।
यो सरकार जनहितको पक्षधर छैन साथै सरकारका दिग्गज नेताहरु सीबीआईको फन्दामा फसि सकेका छन मूकुल रायको नाम पनि प्रकासमा आइरहेको छ भने।
आउदो दिनमा अन्य ठूला बडा नेताहरु पनि सीबीआइको फन्दामा पर्नेछ भन्दै तिनले 2016को चुनावमा अवश्यै परिवर्तन हने संकेत तृणमूल पार्टी आफैले पनि देखेको कारण यो हतास भएको छ र यसैकारण नै तृणमूल पार्टीले यस प्रकारको गुण्डागिरी चलाइरहेको छ भनि तिनले बताए ।
0 Response to "भाजपाको 12 घण्टा भन्द शान्ती पूर्ण सम्पन्न"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.