-->
गोरामुमोद्वारा कालेबुङ शहरमा पोष्टरिङ

गोरामुमोद्वारा कालेबुङ शहरमा पोष्टरिङ

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 19 दिसम्बर 2014। असममा केहि महिना अघि हतियार सँगै दुई युवक पक्रा परेको घटनाले दार्जीलिङ पहाडको चिसो मौसममा राजनैतिक हावा भने तातिन थालेको छ। उक्त घटनालाई केन्द्र गरेर गोरामुमो पार्टीले आज कालेबुङ शहरको बिभिन्न सथानहरूमा पोष्टरिङ गरेको छ। 
असममा हतियार सँगै दुई युवक पक्रा परेको घटनाको कारण अहिले घरी दार्जीलिङ पहाडमा अशान्ति सृजना भइरहेको दाबी गर्दै गोरामुमो पार्टीले उक्त हतियार काण्डका मास्टरमाइण्ड पक्राऊ गर्नु पर्ने माग गरेको छ। दार्जीलिङ पहाडमा अहिले उक्त हतियार काण्डको घटनाले साधारण जनतामा अशान्ति भएको गोरामुमोले पोष्टरमा दाबी गर्दै मास्टरमाइण्डलाई पक्राऊ गरेर पहाडमा शान्ति वहाली गर्नुपर्ने माग प्रशासनलाई गरेको छ। 
गोरामुमो कालेबुङ ब्राञ्च कमिटिले उक्त घटना सम्बन्धमा मास्टर माइण्डको पक्राऊको माग गर्दै यहाँको डम्बर चौक, सीके चौक, मोटर स्ट्याण्ड आदि स्थानहरूमा पोष्टरिङ गरेको छ भने पेदोङ, अलगडा, गोरुबथान, झोलुङ आदि स्थानहरूमा पनि पोष्टरिङ गरेको जानकारी प्राप्त भएको छ। 
बिगत केही महिना यता असमको हतियार काण्डको घटनाले पहाडका साधारण जनतालाई अशान्ति भइरहेको अनि यस्ता समाज बिरोधी तत्वहरू संग सम्पूर्ण जनता सचेत बन्ने आह्वान पनि गोरामुमोले पोष्टरमा गरेको छ। यस सम्बन्धमा बोल्दै गोरामुमो कालेबुङ ब्राञ्च कमिटिका सचिव कमल भट्टराईले सम्पूर्ण जनतालाई सचेत भएर बस्ने अनुरोध गर्दै समाज बिरोधी तत्वहरूलाई यथाशिघ्र पक्राऊ गरेर कानुनी कार्वाही गर्नुपर्ने माग गरेका छन्।

Related Posts

0 Response to "गोरामुमोद्वारा कालेबुङ शहरमा पोष्टरिङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.