
तामाङ बिकास बोर्डले पाँचसयवटा घर निर्माण गर्ने
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 7 दिसम्बर। लेप्चा बिकास बोर्ड पछो गठन भएको तामाङ बिकास बोर्डले अब दार्जीलिङ पहाडमा आर्थिक विपन्न रहेको तामाङ परिवारहरूका घर निर्माण गर्ने भएको छ। उक्त घर निर्माण कार्य आगमी जनवरी महिनादेखि सुरू गरिने तामाङ बिकास बोर्डका अध्यक्ष सञ्जय मोक्तानले बताएका छन्।
याङलासिम घर निर्माण योजना अन्तर्गत पहिलो चरणमा प्रत्येक खण्डमा 35 वटा घर निर्माण गर्ने भएको छ भने मोठ 5 सय घ्रन निर्माण गरिने अध्यक्ष मोक्तानले जानकारी गराएका छन्।
“तामाङ बिकास बोर्डले आर्थिक विपन्न तामाङ समुदायको सर्वाङ्गिन बिकास संगै पहिलो चरणमा पाँचसयवटा घर निर्माण गर्ने भएको छ। उक्त कार्य आगमी जनवरी महिनादेखि सम्पन्न हुनेछ। यसको निम्ति लाभार्थीहरूको सूची तयार भएको छ” सञ्जय मोक्तानले भने। उक्त घर मोठ दुई लाख रूपीयाँको लागतमा निर्माण हुने भएको पनि तिनले जानकारी गराएका छन्।
“तामाङ बिकास बोर्डले तामाङ जातिको सर्वाङ्गिन बिकासका निम्ति थुप्रै योजनाहरू तयार पारेको छ। यसको निम्ति नीति निर्धारण समितिले कार्य गरिरहेको छ” तामाङ बिकास बोर्डमा अध्यक्ष सञ्जय मोक्तानले अझ भने। अहिलेघरी अस्थियी रूपमा वोर्डको कार्यालय यहाँको शहीद पार्क परिसरमा अवस्थित तामाङ यूथ एसोसिएसनको कार्यालयमा नै सञ्चालन भइरहेको छ। यद्यपि आगामी दिनमा कार्यालय निर्माणसितै वोर्डलाई अझ क्षमतावान बनाउने दिशामा काम गर्ने मोक्तानले बताएका छन्।
वोर्डलाई राम्ररी सञ्चालन गर्न राज्य सरकारसित राम्ररी तालमेल राख्न अनिवार्य रहेको मोक्तान ठान्छन्। “हामीले राज्य सरकारसित तालमेल बनाएर कार्य गर्नुपर्छ। राज्यसरकार संग तालमेल बनिए कार्य राम्रो बनिनेछ। यसकारण यसैकारण हामीले आगामी जनवरी महिनामा मुख्यमन्त्रीलाई कालेबुङ निम्ताएका छौँ। उनी आउने आधिकारिक पुष्टि भने अहिले नै भएको छैन” सञजय मोक्तानले अझ भने।
उनले आगामी 21 अनि 22 जनवरीको दिन कालेबुङमा तामाङ समुदायको राष्ट्रिय अधिवेशनमा सहभागी बन्न मुख्यमन्त्रीलाई निम्ताएको स्पष्ट पारेका छन्।
0 Response to "तामाङ बिकास बोर्डले पाँचसयवटा घर निर्माण गर्ने"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.