-->
दिल्लीमा फरवरीमा धर्ना प्रदर्शन गर्नेछौँ – बिमल गुरूङ

दिल्लीमा फरवरीमा धर्ना प्रदर्शन गर्नेछौँ – बिमल गुरूङ

डी.के वाइबा, कालिमन्युज, कालेबुङ, 3 दिसम्बर 2014। जीटीए प्रमुख एवं गोजमुमो अध्यक्ष बिमल गुरूङले आज पुरानो मुद्दामा यहाँको न्यायलयमा आफ्नो उपस्थिति दिए। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समयमा पुलिसले तिनी माथि लगाएको छुट्टा छुट्टै दुईवटा मुद्दाको सुनवाई आज रहेको कारण उनी कोलकोताबाट सोझै कालेबुङ आइपुगेका थिए। 
बिशेषगरेर अहिले आन्दोलनकालमा राष्ट्रिय राजमार्ग बन्द गरेको आरोपमा पुलिसले उनीमाथि मुद्दा दर्ता गरेको थियो भने सोही मुद्दामा न्यायलयले आज आरोपीहरूलाई न्यायलयमा उपस्थित हुने समय तोकेको थियो। 
न्यायलयले तोकेको समयमा ध्यानमा राखेर गुरूङले आफ्नो उपस्थिति न्यायलयमा दिए। यसै अवधी तिनलाई आन्दोलनकालको मुद्दाहरू माफ गर्ने सम्झौता पत्रमा उल्लेख हुँदा हुँदै पनि यसरी न्यायलयको चक्कर काट्न परिरहेको सन्दर्भमा पत्रकारहरूले प्रश्न गर्द आफूले न्यायलयको निर्देशलाई शिरोपर गरेको बताए। 
‘आन्दोलन कालको मुदा माफ गर्ने सम्झौता पत्रमा लेखेको भए पनि माफी भएको छैन। यसकारण न्यायलयले उपस्थित हुने निर्देश दिए पछि न्यायलयको आदेशलाई सम्मान गर्दै आफ्नो उपस्थिति दिएको हूँ” बिमल गुरूङले भने। यस अवधी कोलकोतामा मुख्यमन्त्री ममता ब्यानर्जीसंग बसेको गोप्य बैठकबारे प्रश्न गर्दा उनले उक्त बैठक औपचारिकता पालन गर्नको निम्ति भेटघाट मात्र रहेको बताए। 
‘कालिघाट मन्दिरमा पूजा अर्चना गर्न गएको थिए। कोलकोता गएको समय आफ्नो प्रोटोकल पुरा गरेर मुख्यमन्त्रीलाई भेट गरेको हूँ। यो भेटघाट केवल औपचारिकता मात्र हो” – जीटीए प्रमुख बिमल गुरूङले स्पष्ट भने। उक्त भेटघाट अवधी राजनैतिक चर्चा नहुनुको साथै जीटीएमा बिभाग हस्तान्तरण नभएको सन्दर्भमा पनि बैठका खासै चर्चा नभएको गुरूङले पत्रकारहरूलाई जानकारी गराए। 
अर्कोतर्फ राज्य सरकारले अझसम्म जीटीएलाई बिभागहरू हस्तान्तरण नगरेको सन्दर्भमा प्रश्न गर्दा राज्य सरकारले चाँडै पद्क्षेप लिने भएको छ जानकारी गराए। राज्य गृह सचिवले यसबारे निरिक्षण गर्ने भएको जीटीएका प्रमुख विमल गुरुङले बताएका छन्। 
कुराकानीकै क्रममा राज्यका सचिव स्वयं दार्जीलिङ आएर विभागीय हस्तान्तरणको असुविधा सम्बन्धमा निरिक्षण गर्ने भएको अनि यसको निम्ति मुख्यमन्त्रीले निर्देश दिएको जानकारी गराए। 
अर्कोतर्फ गोजमुमोले दिल्लीमा धर्ना प्रदर्शनलाई स्थगित गरेको सन्दर्भमा प्रश्न गर्दा अहिलेघरी केन्द्रमा राम्रो सम्बन्ध बनिएको अनि शितकालिन सत्रमा संसदमा सबै व्यस्त हुने भएको कारण उक्त धर्ना प्रदर्शनलाई फेरबदल गरेको बिमल गुरूङले जनाए। 
“हामीले कार्यक्रम फेरबदल गरेका छौँ। उक्त धर्ना आगामी फरवरी महिनामा हुनेछ” बिमल गुरूङले भने।

Related Posts

0 Response to "दिल्लीमा फरवरीमा धर्ना प्रदर्शन गर्नेछौँ – बिमल गुरूङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.