
पुलिसले छापामारी बन्द नगरे पहाड बन्द गर्नेछौँ – बिमल गुरूङ

छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समयमा राष्ट्रिय राजमार्ग बन्द गरेको आरोपमा गुरूङलाई न्यायलयले आफ्नो उपस्थिति दिने निर्देश दिएको थियो। न्यायलयको आदेशलाई पालन गर्दै उनले आफ्नो उपस्थिति दिएका हुन्। न्यायलयमा आफ्नो उपस्थिति दिए पछि पत्रकारहरूले असम हत्याकाण्डको चर्चा दार्जीलिङ पहाडमा चुलिएको अनि उक्त घटनाको तार दार्जीलिङसंग जोडीएको आरोप प्रति प्रश्न गर्दा उनले उक्त सबै बङ्गाल सरकारले छुट्टै राज्यको आन्दोलनलाई दबाउँने षडयन्त्र रचेको आरोप लगाए।
यसैक्रममा असम हतियार काण्डमा जीटीए सभासदको नाउँ समेत जोडिएकोबारे जीटीए प्रमुख बिमल गुरूङलाई प्रश्न गर्दा तिनले - "जीटीए सभासद को छ छैन भन्ने कुरा पश्चिम बङ्गाल सरकारले आन्दोलनलाई धमिलाउँने प्रयास गरेको मात्र हो। सरकारले हामीलाई दाग लगाउँने प्रयास मात्र गर्दैछ। यो सबै हाम्रो आन्दोलनलाई दबाउँने प्रयास गरेको हो। हामी यसको घोर बिरोध गर्दछौँ। यस बिषयमा जो दोषी छन् उनीहरूलाई जाँच गरेर सजाय देऊ" भने।
असममा हतियार संगै दुई युवक पक्रा परेको घट्ना पछि दार्जीलिङ पहाडको बिभिन्न स्थानहरूमा पुलिसले चलाइरहेको छापामारी अभियानको पनि गुरूङले जोडदार बिरोध गरे।
"आज मात्र गृह मन्त्री, प्रधानमन्त्री, मुख्यमन्त्रीलाई फ्याक्सवार्ता पठाएर अहिलेघरी गाउँ घरमा भैरहेको छापामारी अभियानको बिरोध गरेका छौँ। यसबारे पश्चिम बङ्गालका राज्यपाललाई फोन गरेर पनि जानकारी गराएको छु। छापामारी अभियानबारे सरकारले यथाशिघ्र समाधान निकाल्नु पर्छ। होइन भने हामी 12 घण्टा बन्द डाक्नेछौँ अझ नभए 72 घण्टा बन्द डाक्नेछौँ "जीटीए प्रमुख गुरूङले सरकारलाई चेतावनी दिँदै भने।
यसक्रममा अहिलेघरी बिपक्षी राजनैतिक दलका नेताहरूले असम हतियारकाण्डको घटनालाई केन्द्र गरेर पहाडको सत्तासिन राजनैतिक दल गोजमुमो पार्टीप्रति उठाइरहेको प्रश्नबारे बोल्दै गुरूङले प्रश्न राखे "देशको सात सिमानामा हाम्रो सन्तानलाई गोली लाग्दा यसबारे को बोलेको छ? आज सिमानामा गोली थाप्ने सन्तानको राष्ट्रिय चिन्हारीको प्रश्न कसले उठाउँछ? हामी काम गर्छौँ। रष्ट्रिय चिन्हारी प्राप्तीको निम्ति गणतान्त्रिक पद्धतिमा हामी आन्दोलन गरिरहनेछौँ। बिपक्षी पार्टीका नेताहरूले के भन्छ भन्ने जनताले देखिसकेका छन्। हमी केवल काम गर्छौँ’ "।
अर्कोतिर जीटीएको पक्षबाट आफूहरूले पहाडका दसवटा जातिहरूलाई मात्रै जनजाति बनाउँनुपर्छ भन्ने माग नगरेर सम्पूर्ण भारतभरी छरिएर बसेका 10 वटा जातिलाई जनजाति बनाउँनुपर्ने केन्द्र सरकारलाई माग गरेको पनि जीटीए प्रमुख बिमल गुरूङले बताए। "हामीले पहाडका 10वटा जातिको कुरा गरेका होइनौँ। हामी सम्पूर्ण भारतभरी छरिएका 10वटा जातिको कुरा गर्दैछौँ। यदि पहाडका जातिको मात्र कुरा गर्नु हो भने छैटौँ अनुसूची थाप्दा भइहाल्ने थियो" बिमल गुरूङले स्पष्ट भने।
0 Response to "पुलिसले छापामारी बन्द नगरे पहाड बन्द गर्नेछौँ – बिमल गुरूङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.