-->
असल प्रकारले बुझेका छैनन होला जनजातिको मांग बारे - रोसन गिरि .....   जनजातिको माग गोर्खाल्याण्डको बाधक –प्रताप खाती

असल प्रकारले बुझेका छैनन होला जनजातिको मांग बारे - रोसन गिरि ..... जनजातिको माग गोर्खाल्याण्डको बाधक –प्रताप खाती

राजेश शर्मा, कालिमन्युज, जयगाँउ , 22 दिसम्बर 2014। एका तिर गोर्खा जातीले सरकार समक्ष गोर्खाल्याण्ड मागी रहेको बेला केन्द्रमा सरकारलाई अर्को छुट्टै प्रकारको मांग केन्द्र सरकार समक्ष पुर्याउदा सरकारले के सोचे होलान भनेर प्रश्न उठदा नउठदैमा पहाड़को राजनैतिक पार्टी क्रामाकपाको आफ्नो 19 वा स्थापना दिवसको अवसरमा भूतपूर्व सांसद एंव प्रर्टी प्रमुख आर वी राईले आफ्नो भाषणमा गोर्खाल्य़ाण्डको मागलाई महत्व दिदै भने जनजातिको सहुलियतले गोर्खाहरुलाई लागेको विदेशीको लाञच्छना मेटाउन सक्दैन तर यसले उल्टो एउटा ठूलो प्रश्न खड़ा गरेको छ ।
तिनको यस प्रतिक्रयाले पहाड़मा एउटा राजनैतिक मोड़ ल्याउन सक्ने संकेत पनि दिए। तिनले दिएको यस बक्तब्यले पहाड़का बिभिन्न राजनैतिक पार्टीहरुले पनि अब यस बारे राम्रो रुपले सोच्न पर्ने स्थिति तिनले खडा गरि दिए । 
यता यस संम्बधमा भारतीय गोर्खा जनजाति संघर्ष महासंघका अध्यक्ष कञ्चन गुरुङसंग फोनमा आर बि राईको बक्तब्य माथी प्रश्न राख्दा तिनले यसबारे जानकारी नभएको भन्दै उक्त बिषयको उत्तर समेत नभएको बताए । 
यस संम्वन्धमा गोजमुमो पार्टी महासचिव रोशन गिरिलाई प्रश्न राख्दा तिनले भने क्रामाकपाका नेता आर वी राईको यो निजि बक्तब्य हुनसक्छ अनि आर बि राई लाई उक्त जनजातीको मांग बिषयमा राम्रो रुपमा जानकारी नभएकोले यसो भनेका होलान भनि बताए । 
 यस सन्दर्भमा गोर्खा लीगका नेता प्रताप खातीसंग फोनमा प्रश्न राख्दा तिनले भने गोजमुमोले जनजातिको मागलाई लिएर अलग राज्यको मांगलाई चलिरहेको रेल गाड़ीलाई अलग दिशा दिने प्रयास गर्दैछ भने। तिनले अझै भने कि जनजाति सहुलियतको मागले पहाड़को गोर्खा जातीको मुख्य माग पूर्ण गर्दैन र जसले पनि यो जनजातिको मुदालाई बडोत्तरी दिन्छ त्यसले गोर्खा जातीको प्रमुख मांग गोर्खाल्याण्ड दिशाहिन हुने र त्यसलेव वाधा दिने बताए ।

Related Posts

0 Response to "असल प्रकारले बुझेका छैनन होला जनजातिको मांग बारे - रोसन गिरि ..... जनजातिको माग गोर्खाल्याण्डको बाधक –प्रताप खाती"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.