-->
बंगाल सरकार नै गोर्खाल्याण्ड बिरोधी - विनय तामङ

बंगाल सरकार नै गोर्खाल्याण्ड बिरोधी - विनय तामङ

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 18 दिसम्बर । जब –जब पहाड़का नेताहरु पहाड़देखी समतल झर्छन तब जनताको चासो बड्छ भने यस्तै क्रममा गोजमुमो प्रमुख बिमल गुरुङको समतल भ्रमण बिषयमा दुरभाषमा गोजामुमो वा का सहसचिव एंव गोर्खाल्याण्ड क्षेत्रीय प्रशासंनका सुचना एंव संचार बिभागका सभासद बिनय तामङ संग जानकारी लिन चाह्दाँ तिनले भने गोजमुमो आज आफ्नो मांगलाई अघि बडाउन गुप्त रुपले काम गरिरहेको छ। 
गोर्खाजातीको मुलमुद्धा गोर्खाल्याण्डको सफलता एंव पहाड़ी क्षेत्र लगायत समतल क्षेत्रमा शान्तिको निम्ति नै गुवाहाटीको कामख्या एंव कलकत्ताको कालीघाट, बनारस र अन्य मन्दिरहरुको यात्रा गर्दैपुजा गरि गोर्खाको सपना पुरा गर्ने एउटा धार्मीक विधि अपनाएको तिनले बताए । तिनले भने बिरोधीले अहिले गोर्खा जातीलाई पहाड़मा बिभिन्न रुपमा अफवाह् फैलाइरहेको छ पत्र पत्रिकामा के पुजा गर्दामा ने गोर्खाल्याण्ड प्राप्त हुन्छ भन्ने प्रश्न गर्दै धार्मिक् आस्थामा चोट पुर्याउनु राम्रो होइन । 
गोजमुमोले पहाड़देखी समतल लागेपछि संचार माध्यमसंग किन केही टाडा बसेको भन्ने प्रश्नको उत्तर दिदै तिनले भने कि गोजमुमोको आन्दोलन गर्ने पध्दती बेग्लै रहेको छ अनि अघिबाटै संचार माध्यमले हाम्रो रणनितिको कसैले पनि थाहा पाए आन्दोलनमा बाधा हुने संभावना छ यसैले टाडा बसेको तिनले बताए । 
बंगाल सरकारनै हाम्रो गोर्खाल्याण्ड आन्दोलनको बिरोधी हो यसैले हाम्रो रणनिति गुप्र राख्न हामीलाई जरुरि भएको छ। 
डुवर्स अनि सिलगड़ीको बारेमा प्रश्न गर्दा तिनले भने कि डुवर्सलाई हामीले छोड़ेको छैनौ , सहि समय आयो भने डुवर्स अनि सिलगुड़ीलाई कसरी तताउन पर्ने वा नपर्ने त्यो हामीले सोचेको छौ । 
तिनले अझै भने कि डुवर्स अनि सिलगड़ीको अंतर्भुक्तिको निम्ति गोजमुमो प्रमुख बिमल गुरुङले दिल्लीका केन्द्रिय नेताहरुलाई बारम्बार जनाइरहेका छन । पहाड़मा आउदो 26 देखी 28 सम्म पुजा अर्चना गरि गोर्खाल्याण्ड्को मांगलाई धार्मीक पध्दतीले थप बल पुर्याउने अपिल राख्दै आगामी महिनामा दिल्लीमुखी आन्दोलन हुने पनि तामङ्ले पुन दोहोर्याए ।

Related Posts

0 Response to "बंगाल सरकार नै गोर्खाल्याण्ड बिरोधी - विनय तामङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.