
कवि गिरीको 87 औँ जन्म जयन्तिमा ‘भानुभक्तका कृति: द्विशतयीय दृष्टि’-को लोकार्पण
डी.के वाइबा, कालिमन्युज, सिलगडी 26 दिसम्बर 2014। नेपाली साहित्य संस्थान सिलगडीको आयोजनामा आज 86 औँ गिरी जयन्ति पालन गरियो। यस अवसरमा भानुभक्त आचार्यको दुईसय वर्षको अवसरमा नेपाली साहित्य संस्थानले तयार पारेको ‘भानुभक्तका कृति: द्विशतयीय दृष्टि’ पुस्तकको लोकार्पण पनि गरियो।
डा आई.बी थापा बिद्यालयमा सम्पन्न भएको उक्त गिरी जयन्ति कार्यक्रममा जातिय कवि गिरी सँगै आदिकवि भानुभक्तलाई पनि सकै साथ सम्झना गरिएको थियो। नेपाली साहित्य अनि जातिकै महत्वपूर्ण मानिएका दुई महान् बिभुतीहरूलाई एकसाथ सम्झना गरी पालन गरी सम्पन्न भएको कार्यक्रममा नेपाली साहित्यका महान् व्यक्तित्वहरू उपस्थित रहेका थिए।
दुई सत्रमा बिभाजित कार्यक्रमको पहिलो सत्रमा कवि अगमसिंह गिरीको 87औँ जन्म जयन्ति अनि पुस्तक बिमोचन सम्पन्न संगै भानुभक्तमाथी तयार पारिएको गिती क्यासटको बिधिवत लोकार्पण गरियो। पहोलो सत्रको कार्यक्रमलाई एडोन रोङ्गोङले अध्यक्षता गरेका थिए।
यस अवसरमा समालोचक पेम्पा तामाङ, प्रो घनश्याम नेपाल, प्रो. नरेशचन्द्र खाती, प्रा. पुष्कर पराजुली, कथाकार प्रविण राई ‘जुमेली’, कवि सुधिर छेत्री, समालोचक जय ‘क्याक्टस’, आदिको विशेष उपस्थिति रहेको थियो। यस अवसरमा कवि सुधिर छेत्रीले कवि गिरी माथी आफ्नो वार्ता प्रस्तुत गरेका थिए।
‘कवि गिरीलाई समालोचकहरूले अहिलेसम्म बिभिन्न प्रकारले हेर्ने गरेका छन्। कसैले दु:खवादी कविका रूपमा हेरे। कसैले गिरीका कविता शोषितहरूका आर्तनाद भने। कसैले उनका कवितामा राजनैतिक भाव र क्रान्तिकारी चेत देखे। यो समालोचकहरूको आ-आफ्ना हेराई हुन्’ कवि सुधिर छेत्रीले वार्ता राख्दै भने। यति हुँदा हुँदै पनि गिरीका कवितामा दु:खवादी स्वर छन् भने उक्त दु:खवादी स्वरको कारण के हुन् भन्ने कुरालाई कवि सुधीर छेत्रीले व्याख्या गर्दै स्पष्ट पारे।
‘कवि गिरीका कवितामा जातिवादी चेत भेटिन्छन् भने त्यसको कारण के हुनसक्छ ? अथवा दु:खवादी स्वरको कारण के हुन् त ?’ कवि सुधीर छेत्रीले कवि गिरीका कविता माथी बोल्दै प्रश्न उठाए। यसका साथै उनले गिरीका कवितामा पाइने उक्त स्वरहरूबारे आफ्नो निष्कर्ष दिँदै ‘देश भएर पनि देशभित्र नहुनुको पिँडा नै कवि गिरीका कविताको दु:खवाद हुन कि !’ भने।
यस अवसरमा आदिकवि भानुभक्त आचार्यको दुईसय वर्ष जन्मजयन्तिको अवसरमा नेपाली साहित्य संस्थानले प्रकाशित गरेको ‘भानुभक्तका कृति: द्विशतीय दृष्टि’ पुस्तकको समालोचन पेम्पा तामाङ, एडोन रोङ्गोङ अनि प्रो घनश्याम नेपालको बाहुलीबाट विधिवत लोकार्पण गरियो। यस अवसरमा समालोचक जय ‘क्याक्टस’ले लोकार्पण भएको पुस्तकबारे आफ्नो समालोचकिय दृष्टि राखेका थिए।
गिरी जयन्तिमा अदिकवि भानुभक्तको दुईसय वर्षे जन्म दिवसको अवासरमा तयार पारिएको पुस्तक लोकार्पन हुनु एउटा महत्वपूर्ण उपलब्धि बताउँदै पुस्तकमा भानुभक्तका अन्य आयमहरूलाई समावेश गर्नु आवश्यक छ भने। पुस्तकमा आदिकवि भानुभक्तको रामायणलाई बिभिन्न दृष्टिकोणले हेर्ने कार्य भएको बताउँदै यसले भानुभक्तको रामायणबाट नेपाली साहित्यका सोधार्थीहरूले अझ धेरै नयाँ तथ्यहरू प्राप्त गर्न सक्ने समालोचक जय क्याक्टसले बताए।
कार्यक्रमको दोस्रो चरणको समकालिन नेपाली कविता माथी गोष्ठी सम्पन्न भएको थियो। उक्त कवि गोष्ठीको अध्यक्षता प्रवीण राई ‘जुमेली’ले गरेका थिए। यस अवसरमा प्रा. नरेशचन्द्र खाती, युवा कवि सुधीर छेत्री, निरज थापा, ज्ञानेन्द्र यक्सो, विचन्द्र, सरिता ‘समदर्शी’, वासुदेव पुलामी, प्रवीण खालिङ, डी.के वाइबा आदिले कविता वाचन गरेका थिए। कवि गोष्ठीको समापन पछि पवीण राई ‘जुमेली’ले कविता माथी आफ्नो सम्बोधन राख्दै वास्तवमा लेखकले जत्तिनै सरल लेखे पनि त्यसको दुईवटा यथार्थ हुने गरेको बताए। उनले आफ्नो बिचार व्यक्त गर्दै देखिने यथार्थ र नदेखिने यथार्थ दुवै लेखकले व्यक्त गरेको बताउँदै त्यसलाई पाठकले अनुभूती गर्न सक्नुपर्ने कुरामा जोड दिए।
कार्यक्रमको अन्तमा प्रो डा घनश्याम नेपालले नेपाली साहित्य संस्थानबारे बोल्दै उक्त संस्थानको जन्म हुनमा स्व डा कुमार प्रधानको देन रहेको बताए। डा प्रधानको स्मरण गर्दै उक्त संस्था गठन गर्नुको मुख्य उदेश्य अध्ययन गर्नेहरूलाई सुयोग प्रदान गरेर चर्चा होस भन्ने रहेको बताए।
यसैक्रममा कार्यक्रमबारे बोल्दै ‘एउटै कार्यक्रममा दुईजना बिभूतीहरूलाई सम्झना गर्नु हाम्रा सौभाग्य हुन्। विभूतीहरूको स्मरणले हाम्रो चेतना शुद्धिकरण भएको छ’ प्रो. नेपालले भने। उनले आजका कविहरूले धेरै राम्रा सृजना गरिरहेको बताउँदै उनीहरूका सृजनाबारे चर्चा गर्दा नगर्दा सर्जकले नयाँ सृजना गर्ने गरेको बताए।
‘हामी पाठकहरू सँधै छोडिएका छौँ। यद्यपी कतिपय नामधारी कविहरूबारे बोल्नु हामी पाठक समालोचकका काम हुन्’ प्रो. घनश्याम नेपालले अझ भने। प्रा देवचन्द्र सुब्बाद्वारा सञ्चालित कार्यक्रममा रेमिका थापाले स्वागत सम्बोधन राखेका थिए भने प्रा भुपेन तामाङले धन्यवाद ज्ञापन राखे।
0 Response to "कवि गिरीको 87 औँ जन्म जयन्तिमा ‘भानुभक्तका कृति: द्विशतयीय दृष्टि’-को लोकार्पण"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.