-->
भोटाङ्मा जयगाउका भारतिय नागरिकहरुलाई प्रवेशमा वाधा

भोटाङ्मा जयगाउका भारतिय नागरिकहरुलाई प्रवेशमा वाधा

राजेश शर्मा, कालिमन्युज, जयगांउ 14 नोभेम्बर । भोटाङ्संग भारतको एक खास मैत्री संम्बन्ध छ तर आज भोटाङ सरकारको तर्फबाट भारतीय नागरीकहरुलाई उचित व्यवहार नगरिएको आरोप उठिरहेकोछ । गत बुधवार जयगांउ निवासी केदार प्रसाद उनको बिहारबाट आएका आफंत सालो अशोक कुमार गुप्ता भोटाङ्को राजधानी थिम्पू भ्रमण जान निस्के। भोटाङ सरकारको नियम अनूरुप भोटाङ इमिग्रेसन बिभागमा उनले आवेदन पत्र जम्म गरे जसमा उनको भारतीय नागरीक प्रमाण मतदान परिचय पत्रको प्रतिलिपी पनि लिएर पर्मीट हासील गर्न कार्यलय पुगे। उक्त परिचय पत्र हेरेर तिनलाई थिम्पु भोटाङको पर्मीट दिन अधिकारीले इनकार गरे । 
अस्वीकृतिको कारण जान्न चाहदा भोटाङ इमिग्रेन बिभागका एसिसटेन्ट इमिग्रेसन अफिसरले परिवारलाई मात्रै संगै पर्मीट दिइंछ तर मित्र संग दिइन्दैन । तपाई जयगांउ निवासी हुनुहुन्छ तथा भोटाङ सरकारको नियम अनुरुप जयगांउका मानिसलाई पर्यटकको रुपमा पर्मीट दिइन्दैन। अनुरोध पछि अनुरोध गर्दा पनि कुनै सिप नलाग्दा उनिहरुले आफ्नो आवेदन पत्र संगै बुझाएको भारतीय मतदान परिचय पत्रको प्रतिलिपि एंव फोटो फिर्ता दिने माग साथ अनुरोध गरे। तर ति अधिकारीले ठुलो स्वरमा बोल्दै कागजात नफर्काउने कुरो जनाए तथा निजि कमरामा बोलाएर् गाली गलोज गर्दै भने कि जयगांउका मानिसहरुले भोटाङका सोझा मानिसहरुलाई लुटेर् ठुला भएका छन। तिनले उनिहरुलाई जबरजस्ति हात समातेर कम्पूयूटरमा औली को निसान एंव फोटो खिचेर् भोटाङ मा ब्ल्याक्लिस्ट गरिदिए। 
इमिग्रेसन अधिकारीले अझै धम्की दिए कि म भोटाङ पुलिस बोलाएर तिमीहरुलाई जेल पठाउनेछु अनि लात पनि लगाउइनेछु । के जयगाउ निवासी जनता भारतिय होइनन हुन भने किन यस्तो अन्याय ? तिनले प्रश्न गरे। यो भारत सरकारको निम्ति पनि असम्म्मान हो। भोटाङ इमिग्रेसन बिभागका त्यस अधिकारीले दर्शाएको व्यवहारले भारतीय नागरीकहरुको आत्म सम्मानमा चोट लागेकोछ । 
भारत भूटान मैत्री सम्बन्ध सन् 1949मा जवाहर लाल नेहरुको शासन कालदेखि आरम्भ भएको थियो। त्यस समय भूटानका तेस्रो महाराजा जिगमी दोर्जी वागंचुकले भारतीय नागरीकहरुलाई नयां भोटाङ् निर्माणको निम्ति भोटाङ निम्त्याएका थिए । भारत भूटान मैत्रि संधी 1949 लाई 2007मा संसोधित गरेर् आर्टीकल पाँचमा सो उल्लेख गरेकोछ। भोटाङ भारत दुवै देशका नागरिकहरुलाई एकै प्रकारको मान्यता र सुविधा दुवै देश मा प्राप्त हुनुपर्छ। तर भारतीय नागरीकहरुलाई एकै प्रकारको मान्यता दिइएको छैन। त्यस इमिग्रेसन अधिकारीले बर्तमान भोटाङका नरेस एंव भारतीय बर्तमान राष्ट्रपति द्वारा 2007मा हस्ताक्षरित सन्धी अनुसार भारतको कुनै पनि प्रान्तमा जाने कुनै पनि पर्मीट तथा पास लागु नहुने नियमको उल्लंघन गरेको छ । भारतीयहरुलाई भोटाङमा जान किन पर्मीट वा पास लागु गरिन्दैछ ? यो भारत सरकारको बिरोधमा इमिग्रेसन विभागको एक कुटनिति हो भन्ने दर्शाइन्दैछ । 
भारतका बर्तमान प्रधान मंत्री नरेन्द्र भाइ दामोदर मोदीले उनको प्रथम बिदेश यात्राको समय आफ्नो भाषणमा भनेका थिए कि थिम्पू एंव दिल्ली के साथ हि सम्बन्ध असल बनाउन सिमावर्ती क्षेत्रका तमाम भारतीय नागरीकहरुलाई खुल्ला र सहज आवगमनको सहुलियत दिने आवस्यकता रहेको बताएका थिए भन्ने कुरा पनि तिनले पत्रकारहरुलाई स्मरण गराए ।

Related Posts

0 Response to "भोटाङ्मा जयगाउका भारतिय नागरिकहरुलाई प्रवेशमा वाधा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.