
टिस्टा नदीमा रेस्क्यू अपरेशन बन्द जारी : एनएचपीसी अनि प्रशासन मौन
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 13 नोभेम्बर। टिस्टा नदीमा राफ्टिङ टोलीले रेस्क्यू अपरेशन बन्द गरेको एक महिना बित्न लाग्दा पनि खोलिने कुनै छाँट देखिएको छैन।
राष्ट्रिय जलबिद्युत परियोजनाले टिस्टा नदीमा जलबिद्युत परियोजना निर्माण गरेको कारण साहसिय पर्याटनको रूपमा बिकसित रिभर राफ्टिङ पूर्णरूपले प्रभावित बनेको छ। जसको कारण पर्याटनको मौसममा पनि राफ्टिङ व्यवसायीहरू झिंगा धपाउँदै बस्न परिरहेको छ।
टिस्टा नदीमा राफ्टिङ व्यवसाय चलाएर जीविका उपार्जन गरिरहेका दुई सय भन्दा अधिक मानिसहरू प्रत्यक्ष रूपले प्रभावित बनेपछि एन.एच.पी.सीले राफ्टिङ व्यवसायीहरूलाई क्षतिपुरण दिनुपर्ने माग गर्दै आईरहेको छ। यद्यपी एनएचपीसीले भने राफ्टिङ व्यवासायीहरूलाई क्षतिपुरण नदिए पछि आखिरमा बिरोध गर्दै उनीहरूले टिस्टा नदीमा रम्फु देखि सेवकसम्म पूर्णरूपले रेस्क्यू अपरेशन बन्द गरेको छ। राफ्टिङ टोलीले रेस्क्यू अपरेशन बन्द गरेको एक महिना पुग्न लाग्दा समेत यता प्रशासन अनि एनएचपीसी अधिकारीवर्गले भने बैठक समेत डाकेको छैन। जसको कारण राफ्टिङ व्यवसायीहरू क्षुब्ध बनेको छ।
राफ्टिङ टोलीले नदीमा रेस्क्यू अपरेशन बन्द गरेको कारण अहिलेघरी टिस्टा नदीमा दुर्घटना अवधी उद्धार कार्यमा धेरै समस्या भइरहेको छ। उनीहरूले टिस्टा नदीमा रेस्क्यू अपरेशन बन्द गरे यता एकाधिक दुर्घटनाहरू घटिसकेको छ भने नदीमा डुबेर मृत्यु हुनेहरूको शव उद्धार गर्न अनेकौ समस्या सृजना भइरहेको छ। यतिमात्र होइन कतिपय नदीमा डुबेर मृत्यु भएकाहरूको शव समेत फेला पर्न नसक्दा समेत यता टिस्टा नदीमा धेरै वर्षदेखी रेस्क्यू गर्ने राफ्टिङ टोलीलाई बोलाएर उनीहरूले समस्या बुझ्ने प्रयास स्थानीय प्रशासन अनि एनएचपीसीले गरेको छैन।
राफ्टिङ टोलीले क्षतिपुरण नपाएको बिरोध गर्दै नदीमा रेस्क्यू अपरेशन बन्द गरेर सांकेतिक बिरोध गरिरहेको भए पनि यता उनीहरूको समस्या महिना दिन बित्न लागेपनि स्थानीय प्रशासन अनि एनएचपीसीले बुझ्ने प्रयास नगर्दा आखिरमा राफ्टिङ टोलीले समस्या समाधानको माग गर्दै ठूलो आन्दोलनको तयारी गरिरहेको छ। जलबिद्युत परियोजनाको कारण प्रत्यक्ष प्रभाव परेको राफ्टिङ टोलीले यसपल्टको आन्दोलन सडकमा ओर्लिएर गर्ने योजना तयारी पारिरहेको छ।
यस समबन्धमा राफ्टिङ टोलीका प्रवक्ता सूरज छेत्रीले जानकारी दिएका छन्। ‘हामीले क्षतिपुरण नपाएसम्म बिरोध गर्ने निर्णय लिएका छौँ अनि यो बिरोध जारी रहनेछ। यदि क्षतिपुरण नदिए हामी भावी दिनमा सडक आन्दोलन गर्नेछौँ। यसको निम्ति भावी आन्दोलनको रूपरेखा तयार पारिसकेका छौँ’ सूरज छेत्रीले भने।
0 Response to "टिस्टा नदीमा रेस्क्यू अपरेशन बन्द जारी : एनएचपीसी अनि प्रशासन मौन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.