असममा हतियार संगै पक्रा पर्ने युवक जीएलपी रहेको खबरले सनसनी
डी. के वाइबा, कालिमन्युज, कालेबुङ, 12 नोभेम्बर 2014। असम राज्यमा एकाधिक मात्रमा हतियार सहित पक्रा परेका डुवर्स निवासी उमेश कामी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)ले छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समयमा तयार पारेको जी.एल.पी क्याडर रहेको समाचार प्रकाशमा आएपछि दार्जीलिङ पहाडभरी नै सनसनी छाएको छ भने अहिलेघरी शहरमा सबैको चर्चाको बिषय बनेको छ।
उक्त पक्रा पर्ने उमेश कामीले मोर्चाद्वारा गोरूबथान खण्डको बडा फागुमा जी.एल.पी क्याडरहरूलाई प्रदान गरिएको ट्रेनिङमा भाग लिएको केन्द्रिय गुप्तचर सुत्र अनुसार थाह लागेको एक चर्चित अङ्ग्रेजी दैनिकले दाबी गरेको छ।
यता असममा पक्रा परेको घटनालाई केन्द्र गरेर गोजमुमो युवा मोर्चा उपाध्यक्ष एंव युवा सभासद सञ्जय थुलुङको घरमा पुलिसले बारम्बार छापा मारेको घटनाले झनै शहरमा चर्चा पाएको छ। पार्टीका नेतृत्वहरू यस बिषयमा अहिलेघरी बोल्न कोही अघि आएका छैनन्। उक्त घटनालाई केन्द्र गरेर अहिलेघरी पहाडमा पनि सतर्कता अप्नाएको छ । पक्रा पर्ने व्यक्तिहरूको सम्बन्ध पहाडका हतियारधारी संगठनहरू संग हुनसक्ने सम्भावनालाई केन्द्र गरेर अहिले केन्द्र अनि राज्यको गुप्तचर बिभाग सक्रिय बनेको छ भने यस सम्बन्धमा उनीहरूले खोजी अभियान चलाई रहेको छ। यद्यपी अझसम्म पहाडका हतियारधारी संगठनहरूको नाउँ भने अघि आउन सकेको छैन।
यता घटनाको तार दार्जीलिङ पहाडसंग बिस्तारै जोडिन थालेपछि सबैको ध्यान उक्त घटनामा नै केन्द्रित बनेको छ। एकातिर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँन पहाडका कतिपय व्यक्तिहरूले हतियार भित्राउने कार्य गर्दैछन् कि भन्ने खुफिया बिभागको अनुमान छ भने अर्कोतर्फ बाहिरका हतियारधारी संगठनका सदस्यहरू सुरक्षित स्थान खोज्दै दार्जीलिङ पहाड भित्रिन्दैछन् भने कुराको सम्भावनालाई पनि जाँच एजेन्सिहरूले हेरिरहेको छ। यद्यपी यसबारे अझसम्म कुनै आधिकारिक पुष्टि भएको खबर भने सार्बजनिक भएको छैन तर खुफिया बिभागले खोजी प्रारम्भ गरिसकेको छ।
यस अघि दार्जीलिङ पहाडमा पहिलोपल्ट 24 नोभेम्बर 2004 को दिन युनाइटेड गोर्खा रेभ्युल्युसनरी फ्रण्ट (युजीआरएफ) गठनको ठिक दुईवर्ष पछि सोही संगठनको भातृ संगठन युनाइटेड गोर्खा रेभ्युल्युसनरी आर्मी (युजीआरए)ले 6 सितम्बर 2006 को दिन कालेबुङको बिभिन्न स्थानहरुमा पोष्टर टाँसेर सशस्त्र गोर्खाल्याण्डको आन्दोलनको घोषणा गरेको थियो। एकाएक सशस्त्र आन्दोलनको घोषणा गरेर राता रात चर्चाको शिखरमा पुगेको युजीआरएको अस्तित्व भने अहिलेघरी मेटिसकेको छ। किन भने युजीआएफ अनि युजीआरएका चर्चित नेताहरू क्रमैले अजय दहाल अनि रुद्र आचार्यले आफूहरूले हतियारमा विश्वास नराखेको घोषणा गर्दै अहिलेघरी कुनै पनि राजनैतिक क्रियाकलापहरू गरेका छैनन्। यद्यपी युजीआरएफ नेता अजय दहाल अनि रूद्र आचार्य माथि भने पुलिसले नजर बनाएर राखेको छ।
अर्कोतर्फ पुलिसले अहिलेघरी दार्जीलिङ पहाडमा जङ्गी नेताको नाउँले परिचित छत्र सुब्बा अनि उनको संगठन गोर्खा लिबरेशन अर्गनाइजेसन (जीएलओ) माथी पनि नजर बनाएर राखेको छ। बिशेष गरेर 12 नोभेम्बर 2000 सालको दिन तीनकटहरेमा पुलिस अनि जङ्गीमाझ भएको भएको भिड्न्तमा जीएलओ नेता छत्र सुब्बालाई पुलिसले मुख्य आरोपी बनाएको छ। उक्त घटनालाई केन्द्र गरेर सुब्बाले दार्जीलिङ पहाडमा छुट्टै राज्यको नाउँमा सशस्त्र आन्दोलन गर्न सक्ने सम्भावनालाई केन्द्र गरेर तिनी माथि पनि नजर बनाएर राखेको छ।
यसको साथै अहिलेघरी खुफिया बिभागले असममा हतियारसंगै युवक पक्रिएको घटनालाई लिएर कालेबुङमा एक समय देखा परेको भूमीगत संगठन युएलएको पनि खोजी गरिरहेको छ। भूमीगत संगठन युएलएले कालेबुङको मोटर स्ट्याण्डमा गत 26 जुलाई 2011 स्टोभ बम बिस्फोट गरेको थियो। उक्त स्टोभ बम बिस्फोट पछि युएलए नेता एम थेगिमले घटनाको जिम्मेवार लिएको थियो भने एम थेगिम को हुन् भने कुराको रहस्य भने अझसम्म खोलिएको छैन। यस बिषयलाई अहिलेघरी पुलिस अनि खुफिया बिभागले गम्भिरतापूर्वक लिएर खोजी अभियान चलाइरहेको छ।

0 Response to "असममा हतियार संगै पक्रा पर्ने युवक जीएलपी रहेको खबरले सनसनी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.