-->
चार् देशका राजदूतले गरे सिमा क्षेत्रको भ्रमण

चार् देशका राजदूतले गरे सिमा क्षेत्रको भ्रमण

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 10 नोभेम्बर 2014 । अन्तर्राष्ट्रीय भारत भोटाङ सिमा क्षेत्रमा गत आइतबार नेपाल बंगलादेश भोटाङ एंव भारतका हाइकमिस्नर अनि पहिलो बनबिभाग सचिव बंग्लादेश सिमा क्षेत्रको निरक्षणमा पुगिसकेका छन । 
यस संम्वन्धमा भारत भोटाङ सिमा क्षेत्र फुन्छोलिंगमा स्थित भोटाङको एउटा होटलमा आइपुगेका सन्चारकर्मीहरुसंग बातचित गर्दै भारतिय हाइ कमिसनर अफ बंग्लादेशका पंकज सरनले भने कि बर्तमान सरकारको नयाँ रणनितिको वा सरकारको नया नितिले भारतको सिमा क्षेत्रमा रहेका छिमेकी राष्ट्रहरुमाझमा आपसी सम्बन्ध मजबुत बनाउनको निम्ति यो भ्रमण गरिएको हो । 
तिनले भने बंगला देश देखी भारत आउने पर्यटकहरुलाई भ्रमण सहज बनाउन गत बर्ष देखीनै विभिन्न कार्यक्रमहरु आरम्भ गरिएको छ जसको कारण आज भारतमा बंग्ला देशी पर्यटकहरुको आगमणमा बडोत्री भएको छ । तिनले अझै भने कि आज सरकारले बुड़ीमारी बंग्ला देश सिमादेखी फुन्छोलिङ भोटाङसम्म असल बाटो तयार गरेर भारतको छिमेकी राष्ट्र भोटाङका जनता एंव भारतका नागरिकहरु माझ आपस्तको सम्बन्ध बलियो बनाउन ठूलो भूमिकाको निर्वाह गरेको छ । 
भारतले मात्रै यो कदम उठाएको होइन तर चारै राष्ट्रले बराबर कदम उठाएका हुन भन्दै तिनले भने कि आजको यो आधुनिक यूगमा मानिसलाई एक स्थान देखी अर्को स्थान जान यातायात गर्नुमा राम्रो बाटो आवस्यकता पर्छ साथै छिमेकमा रहेका देशहरुमा व्यापार वानिज्य गर्न पनि एक आपस्तमा सम्बन्ध सुमधुर बनाउन जरुरी छ । तिनले भने भारत भएर नेपाल अनि भोटाङले आधुनिक व्यापार प्रारम्भ गरेको छ भने यो व्यापारमा मदत पुर्‍याउन पनि भरतको अन्य देशहरुसंग एक आपस्तमा सम्बन्ध मजबुत हुनू आवस्यक छ । 
अब चाड़ो भन्दा चाड़ो यी चार देशहरुको माझमा मल्टीविशा लागु गरि चारै वटा देशमा घुम्न आउने पर्यटकहरुलाई मदत पुर्‍याउने योजना लागु हुने छ भन्ने तिनले थप बताए ।  यसै सम्बन्धमा बंग्ला देशका निम्ति भोटाङ्को राजदूत श्रीमती पेमा छोडेनले भनिन कि छिमेकी देशहरुमाझ सम्बन्ध सधै राम्रो हुनू जरुरी छ । भोटाङका मानिसहरु बंग्ला देश जाने गर्छन साथै भोटाङ्को जैवखाघ्य सामग्री भारतको बाटो हुदै बंग्ला देशमा निर्यात हुन्छ। यसको निम्ति सार्क रोडको योजनाले  बंग्लादेशको सिमा क्षेत्रदेखी फुन्छोलिङ भोटाङ सम्म बृहत रुपमा यो बाटो निर्माण गर्ने योजनाहरु रहेको हुदाँ नेपाल, बंग्ला देश, भोटाङ अनि भारतको सयूक्त भ्रमण गरिएको तिनले प्रष्ट पारिन । 
यसरी नै नेपालका राजदूत हरि कुमार श्रेष्ठले भने कि व्यापार र् पर्यटनलाई फस्टाउने उद्धेश्यले यो भ्रमण गरिएको हो। नेपाल पर्यटकहरुले भ्रमण गरि रहने र मनोरंजन लिने बिश्वकै एक मुख्य देश हो । 
भारतको सिमाको भद्रपुर हवाइ अड्डा अनि काकरभिट्टादेखी नेपाल भ्रमण जाने बाटो संग सम्बन्धित कति पय कुराहरुमा सुधार ल्याउनु पर्ने अनि नयाँ नियमहरु लागु गर्नु पर्ने योजनाहरु बारेनै आज  सयूक्त भ्रमण आरम्भ गरिएको तिनले बताए । 
यस चारवटा सिमा क्षेत्रको भ्रमणमा भारतको तर्फवाट बंग्ला देशका हाइकमिसनर पंकज सरण, गोपाल बागले, सन्युक्त सचिव दिल्ली,मर्दु पवन पहिलो सचिव हाइकमिसनर ढाका बंग्ला देशका भारतिय कमिश्नर फुन्छोलिङ भोटाङका जितेन्द्र कुमार शर्मा, एस के कोठीदार  भोटाङको राजदूत श्रीमती पेमा छोडेन, एंव वानिज्य बिभागका काउनसिलेट् ढाका लगायत नेपालका राजदूत हरि कुमार श्रेष्ठले भारत अनि भोटाङको इमिग्रेसन, ट्रेड,कस्टम अनि सरकारी अधिकारीहरु संग बैठक गरि नयाँ योजनाहरु लागु गर्ने योजनाहरु माथी बातचित भएको बताए ।
यो टोलिलाई सिमामा सहयोग पुर्‍याउनुमा कन्सुलेट् जे के शर्मा अनि एस के कोठी दारको ठूलो भूमीका रहेको थियो ।

0 Response to "चार् देशका राजदूतले गरे सिमा क्षेत्रको भ्रमण"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.