-->
आठ देशको प्रधान मंत्रीहरुको सुरक्षा भन्दा भारतीय प्रधान मंत्री नरेन्द्र मोदी माथी नेपाल गृह मंत्री चिन्तित ... सार्कका तीन केन्द्र बन्द गर्न अर्जी

आठ देशको प्रधान मंत्रीहरुको सुरक्षा भन्दा भारतीय प्रधान मंत्री नरेन्द्र मोदी माथी नेपाल गृह मंत्री चिन्तित ... सार्कका तीन केन्द्र बन्द गर्न अर्जी

काठमाण्ड़ु सार्क देखी राजेश शर्मा, कालिमन्युज, काठमाण्डु 23 नोभेम्बर 2014। 18 औँ सार्क शिखर सम्मेलनका गत 22 तारीख देखी आरम्भ भएता पनि भारतको मित्र राष्ट्र नेपालमा भने अहिले घरि भारतको प्रधान मंत्री नरेन्द्र मोदीको आउने चर्चालाई लिएर भारतीय नागरीकको एक अलगै चासोको खबर गुंजन लागेको छ।
१८औँ सार्क शिखर सम्मेलनको आयोजक कमिटि एंव नेपालको गृह मन्त्रालयले सुरक्षा तयारी गर्नुमा भने कार्य तीव्र पारेपछि खबरलाई लिएर स्थानिय जन्ता अलमलमा परेको खबरले पनि नेपालमा अहिले घरि एउटा अलगै स्थान ओखटेको छ । यसै सम्बधमा भने भारतीय प्रधान मंत्री नरेन्द्र मोदीको स्वागतलाई लिएर नेपाल सरकार एंव सार्क शिखर कमिटि लगायत गृहमंत्रीको सुरक्षका कर्मीले धेरै तयारीमा होमिएका खबर देखा परेको छ । काठमाण्डुमा यस हुन लागेको 18 औँ सार्क शिखर सम्मेलनका अवसरमा भारतको प्रधानमन्त्री मोदीको भ्रमणलाई लक्ष्य गर्दै महोत्तरीमा सुरक्षा निगरानी कड़ा रुपमा बढाइएको छ ।
मोदी पटना हुँदै सीमावर्ती सुरसण्डमा मङ्गलबार हेलिकप्टरमा आउने कार्यक्रम रहेको र त्यसपछि सडक मार्गबाट नेपाल प्रवेश गरी महोत्तरीको प्रकौलीस्थित नेपाली सेनाको शेरगण सम्म पुग्ने बताइएकाले ती मार्गमा सुरक्षा सतर्कता लिएको खबरले अहिले घरि भारको महत्व अलगै दोखा परेको छ ।नेपालको गृह मन्त्रालयले वरिष्ठ पुलिस अदिरिक्षक रमेश खरेल नेतृत्वको टोलीहरुले नेपालको ति स्थानहरुमा कड़ा सुरक्षा तैनाथ गरेको वा खटाएको काठमाण्ड़ु परिसरमा देखा परेको छ।

भारतको प्रधान मंत्रीको भ्रमणको धेरै महत्व
काठमाण्डु देखी राजेश शर्मा काठमाण्डु 23 नोभेम्बर । दक्षिण एसियाली राष्ट्रहरुको क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को अठारौ सम्मेलनमा भाग लिन आउने विभिन्न देशका राष्ट्रप्रमुख÷सरकार प्रमुखमध्ये सिद्धार्थ गौतम जन्मस्थल लुम्बिनीको भ्रमणमा भारतीय प्रधान मंत्री नरेन्द्रमोदी आउने भए पछि यसक्षेत्रमा निक्कै उत्साह देखिएको छ ।भारतीय पक्षबाट लुम्बिनीमा प्रधानमन्त्रीस्तरको जस्तो उच्च तहको नेतृत्वले अहिलेसम्म भ्रमण नगरेको लुम्बिनीमा लामो समय पुरातात्विक क्षेत्रमा काम गरी हालै अवकाश लिनुभएका पुरातत्वविद् वसन्त बिँडारी बताउनुहुन्छ ।
करिब दुई हजार 300 वर्ष अघि अर्थात् इपू 249 मा तत्कालीन मौर्य सम्राट् अशोकले आफ्नो राज्याभिषेकको करिब 20 वर्षपछि आफ्ना मन्त्री उपगुप्तसहित लुम्बिनीको भ्रमण गरी अशोकस्तम्भ खडा गरेका थियो। उक्त स्तम्भमा भगवान बुद्धको जन्मस्थल लुम्बिनी पवित्रस्थल भनी ब्राह्मी लिपीमा लेखिएको छ ।
यसको साथै बुद्ध जन्मेको पवित्र भूमि लुम्बिनीग्राममा आठौँ भागमा लिइने गरेको भूमि करसमेत जनतालाई छुट गरिएको मानिन्छ ।तत्कालीन अवस्थामा अशोकले लुम्बिनीको विकासमा थुप्रै पूर्वाधार निर्माण गर्न लगाएको र रु एक लाख स्वर्ण मुद्रा दान गरेको विभिन्न ग्रन्थमा उल्लेख छ । उनले त्यस समयमा निर्माण गरेका पूर्वाधार प्राकृतिक वा विभिन्न कारणले भत्किएर लोप हुन पुगेको त्यहाँको उत्खननका क्रममा भेटिएका अवशेषबाट प्रस्ट हुन्छ ।
यस कारणले पनि लुम्बिनीको विकास र संरक्षणमा भारतीय सहयोग तथा लगानी मौर्यकालदेखि नै रहिआएको मान्न सकिन्छ ।भारतीय प्रधानमन्त्रीको आगामी भ्रमणमा लुम्बिनीको विकासमा महत्वपूर्ण कार्यक्रमको घोषणा हुने विश्वास पूर्वसंस्कृति मन्त्री दीपकुमार उपाध्यायको छ । उहाँले भारतीय पक्षबाट यति उच्च तहविकास कोषका उपाध्यक्ष आचार्य कर्मा याङ्बो शेर्पा पनि भारतीय तहबाट यति उच्च तहको भ्रमण हुन लागेको को लुम्बिनी भ्रमण भएको आफ्नो 40 वर्षको अवधिमा सम्भवतः पहिलो नै भएको बताउनुभयो ।
“मोदीको भ्रमणमा भारतीय पक्षबाट लुम्बिनीको विकासका लागि गुरुयोजना अनुरुपको ऊ थान्त स्मृति सभागृह निर्माणको घोषणा, अत्याधुनिक प्रकाश र ध्वनि जडानसँगै अधुरो रहेको लुम्बिनी गुरुयोजनाको पूर्णताका लागि महत्वपूर्ण घोषणा हुन सक्ने सम्भावना छ” उहाँले भन्नुभयो ।
भारत र नेपाल सरकार बीच सभागृह तथा प्रकाश र ध्वनि जडान परियोजनाका लागि लुम्बिनी विकास कोषसँग पहिले नै सम्झौता भए पनि नेपाल सरकारका तर्फबाट सो योजना अगाडि बढ्न सकेको छैन ।
मोदीको लुम्बिनी भ्रमणबारे खबरसँगै लुम्बिनीमा विशेष चासो र तयारीलाई तीव्रता दिइएको छ । लुम्बिनी आफूले पहिलोपटक थाहा पाएको बताउनुहुन्छ ।
यसअघि भारतीय पक्षबाट लुम्बिनीमा निर्माण गरिएको सङ्ग्रहालयको उद्घाटनमा मन्त्रिस्तरीय प्रतिनिधित्व भए पनि प्रधानमन्त्रीस्तरको भ्रमण पहिलो हुने जनाइएको छ । मोदीको लुम्बिनी भ्रमण केही पाउनेभन्दा पनि दुई देशका बौद्ध धामलाई जोड्न र थप विकासका लागि फलदायी हुन सक्ने उहाँको बुझाइ छ।

सार्कका तीन केन्द्र बन्द गर्न अर्जी
राजेश शर्मा, काठमाण्डु 23 नोभेम्बर । शनिबार भएको सार्कका सहसचिवहरूको बैठकले सार्क सूचना केन्द्र, सार्क डकुमेन्टेसन केन्द्र र मानव संसाधन तथा विकास केन्द्र खारेज गर्न सिफारिस गरेको हो । 
सूचना केन्द्र काठमाण्डुमा, डकुमेन्टेसन केन्द्र नयाँ दिल्लीमा तथा मानव संसाधन तथा विकास केन्द्र पाकिस्तानमा छन् ।कार्यक्रम समितिको 49औँ बैठकले सार्कका 11 केन्द्रमध्ये चारवटालाई गाभेर एउटै केन्द्र बनाउन पनि सिफारिस गरेको छ । ढाकाको जलवायु केन्द्र, नयाँदिल्लीको दैवीप्रकोप व्यवस्थापन केन्द्र, माल्दिभ्सको तटीय क्षेत्र व्यवस्थापन केन्द्र र भुटानको वन केन्द्रलाई गाभेर दैवीप्रकोप उद्धार केन्द्र बनाउने सिफारिस उद्धार केन्द्र बनाउने सिफारिस बैठकको छ । तर, गाभिएको केन्द्रको कार्यालय कहाँ राख्ने भन्ने निर्णय भने भएको छैन ।केन्द्र राख्न भारत, पाकिस्तान, मादिप्स, भुटान र बंगलादेशले रुचि देखाएका छन् । यसबारे अर्कोपटक बस्ने कार्यक्रम समितिको बैठकले निर्णय गर्नेछ । यसबाहेक सार्कका केन्द्रमा अब ढाकामा कृषि केन्द्र, काठमाडौंमा क्षयरोग केन्द्र, पाकिस्तानमा ऊर्जा केन्द्र र श्रीलंकामा सांस्कृतिक केन्द्र रहने भएका छन् ।बिदेश मन्त्रालयका अनुसार खारेज भएका केन्द्रका कर्मचारीलाई क्षतिपूर्ति दिइनेछ भने कार्यालयका सामग्री सम्बन्धित देशले नै राख्नेछन् । खारेज गरिएका केन्द्रका कर्मचारीका लागि एकमुष्ट क्षतिपूर्ति रकम दिन सदस्य राष्ट्र सहमत भएका छन् । ...

Related Posts

0 Response to "आठ देशको प्रधान मंत्रीहरुको सुरक्षा भन्दा भारतीय प्रधान मंत्री नरेन्द्र मोदी माथी नेपाल गृह मंत्री चिन्तित ... सार्कका तीन केन्द्र बन्द गर्न अर्जी "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.