-->
सिक्किम एंव उत्तर बंगालमा पासपोर्ट्  कार्यलय चाड़ै हुने - छिरिंग तोब्गे भोटिया

सिक्किम एंव उत्तर बंगालमा पासपोर्ट् कार्यलय चाड़ै हुने - छिरिंग तोब्गे भोटिया

राजेश शर्मा, कालिमन्युज, सिलगड़ी 18 अक्टुबर  2014। दार्जीलिंङ्का सांसद सुरेन्द्र सिह आहलुवालीयाले उत्तर बंगालको मुटू सिलगड़ीको महकुमा परिषदको परिसरमा पासपोर्ट् क्षेत्रीय कार्यलयको दुइ दिने शिविर तथा उत्तर बंगालमा पासपोर्ट् कार्यलय पूर्ण रुपको निर्माण गर्ने हुने घोषणा गरे । 
तिनले पासपोर्ट् का्र्यलयको उदघाटन गर्दै भने यो क्षेत्रमा रहने मानिसहरुको निम्ति कलकत्ता गएर पासपोर्ट् बनाउन मुसकिलको काम हो भन्दै तिनले भने यस क्षेत्रमा सिक्किम, एंव दार्जीलिङका मानिस पहाड़ी क्षेत्रमा बसोबासो गर्दछन । तिनीहरुलाई गर्मीको क्षेत्रमा गएर पासपोर्ट्को निम्ति कलकत्ता जानु धेरै गाह्रो हुने हुनाले तिनले भारत सरकारको बिदेस मंत्री सुषमा स्वराजलाई एउटा पत्रव्दारा निवेदन गरेका थिए जसको फलस्वरूप 7 सेप्टेम्बरमा बिदेश मंत्रालयदेखी सिलगड़ीमा पासपोर्ट कार्यलय हुने स्वीकृति दिइएको थियो। यता पश्चिम बंगालको मुख्य सचिव समक्ष जानकारी गराइ सठिक स्थान तयार गरि पासपोर्ट कार्यलय निर्माण गरिनु पर्ने केन्द्र सरकारको सुझाव थियो तर आज सम्म बंगाल सरकारको तर्फबाट सठिक स्थान नतोकिएको हुदाँ यसरी उक्त पासपोर्ट् कार्यलय बनाउन परेको बताए । 
तिनले भने यो क्षेत्रको मानिसलाई पासपोर्ट्को धेरै आवस्यकता छ किन कि छिमेकी राज्य सिक्किमको नाथुलामा व्यापार केन्द्र छ साथ साथै मानसरोबर जाने नया मार्ग बनिने प्रधान मंत्रीले घोषणा गरि सकेको हुदा यो क्षेत्रको मानिसलाई ती सबै स्थानमा गएर भ्रमण गर्नु आदि कार्य सहज बनाउनको निम्ति यो प्रबन्ध गरिएको तिनले बताए । 
तिनले अझै भने कि तिनको पार्टीले पहाड़ एंव तराई लगायत सिक्किमका जनता अनि पूर्ण बंगालको जनतालाई कतिपय सहुलियत पुर्‍याउने कार्य गरिने योजनाहरु जस्तै यो क्षेत्रमा एम्स अस्पताल बनाउने थियो तर आज सम्म बंगाल सरकारको तर्फबाट उपयूक्त स्थान उपल्बध नगराएको कारणले यस क्षेत्रका मानिसलाई धेरै नोक्सान भएको स्मरण गराउदै आउदो दिनमा उनको पार्टीले सम्पूर्ण योजनाहरु पूर्ण रुपले उपल्ब्ध गराउने आज आयोजित अवसरमा उपस्थित जनतालाई बताए । 
उक्त पासपोर्ट् कार्यलयको प्रमुख अधिकारी छिरिङग तोबगे भोटियाले दिेएको जानकारी अनुसार यो क्षेत्रमा बिदेस मंत्रालयको योजना अनुसार दार्जीलिङ, जलपाइगड़ी, कोचबिहार एंव अलिपूरव्दारको निम्ति एउटा छुटै पासपोर्ट् कार्यलय हुने छ अनि सिक्किमको निम्ति पनि एउटा छुटै पासपोर्ट् कार्यलय हुने योजना छ , आउदो छ महिना भित्र यी पासपोर्ट् कार्यलय निर्माण हुनेछन । तिनले भने सिक्किमको जनताको निम्ति सिक्किम सरकारले केन्द्रलाई स्वीकृती लिन आवस्यक काम बाकी रहेको बताए । 
तिनले भने आज 150 जनाको पासपोर्ट् जम्मा हुनू पर्ने थियो तर कति पय मानिसको पूर्ण कागजात नभएको कारणले केवल 136 जनाको पासपोर्ट् बायोमेट्रीक पध्दतीले पहिलो पल्ट दुइ दिनमा भएको छ । 
आजको यस दुइ दिने पासपोर्ट् का्र्यलयको उदघाटनमा पासपोर्ट् कार्यलयको डिप्टी पासपोर्ट अधिकारी आसिष मिधा एंव छिरिंग तोब्गे भोटिया एंव अन्य पुलिस अधिकारीहरु भाजपा पार्टीको समर्थक अनि जनता उपस्थित थिए।

Related Posts

0 Response to "सिक्किम एंव उत्तर बंगालमा पासपोर्ट् कार्यलय चाड़ै हुने - छिरिंग तोब्गे भोटिया "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.