-->
दिल्लीमुखी गोर्खाल्याण्डको मांग नै वास्तविक् आन्दोलन – रुस्तम छेत्री

दिल्लीमुखी गोर्खाल्याण्डको मांग नै वास्तविक् आन्दोलन – रुस्तम छेत्री

राजेश शर्मा. कालिमन्युज, जयगाँउ 12 अक्टुबर 2014। गोर्खा जातीको चिन्हारी एंव अस्मीताको लड़ाई नै गोर्खाल्याण्डको माग हो ।
गोर्खा जातीको चिन्हारी एंव अस्मीताको लड़ाई लगभग 100 बर्ष भन्दा पुरानो भएता पनि सन् 1986 मा सुभाष घिसिङको गोर्खा राष्ट्रीय मुक्ती मोर्चा ( गोरामुमो) ले बृहत आन्दोलन गरी पहाड़को तिनवटा महकुमा मिलाएर दार्जीलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप) प्राप्त गरेको लगभग 22 बर्ष पछि 2007 मा बिमल गुरुङको अगुवाइमा पुन गोर्खाल्याण्डको आवाजले डुवर्स-तराई एंव पहाड़मा बृहतरुपमा आन्दोलन छेड़ीएको थियो ।
तर 18 जुलाई 2011 मा सिलगड़ीको पिन्टेल भिलेजमा केन्द्र, राज्य, एंव गोजमुमोको माझमा त्रिपक्ष वार्ता गरि गोर्खाल्याण्ड क्षेत्रीय प्रसाशन (जिटिए) गरेपछि गोर्खाल्याण्डको आवाजले बिराम पाएको थियो। 
केही दिन अघि मात्र गोजमुमो प्रमुख वा पार्टी अध्यक्ष बिमल गुरुङले गोर्खाल्याण्डको आवाज अब दिल्ली मुखी गर्ने घोषणा गरेपछी भारतको राजधानीमा रहेको गोजमुमो शाखाले पनि आन्दोलनलाई सहायता पर्यागउन कम्मर कसेको छ भनि आज दिल्ली गोजमुमो शाखाको महासचिव रुस्तम छेत्रीले जानकारी दिएका छन । तिनले भने गोर्खा जातीको चिन्हारी एंव अस्मिताको मांगको सुनवाई हुन्छ भने बिमल गुरुङको अगुवाईमा यसपाली आरम्भ भएको दिल्ली मुखी गोर्खाल्याण्डको आन्दोलनले हुने बताए ।
तिनले भने दिल्ली गोजमुमोले आगामी दिसम्बर महिनामा हुनलागेको कार्यक्रमलाई शिरोपर गरि दिल्ली गोजमुमोले प्रशासनिक अनुमति लिइसकेको बताउदै तिनले भने दिल्लीमा हुने कार्यक्रममा बिमल गुरुलले बृहत रुपमा जनता उपस्थित गराई तेलांगाना झै बिना राज्य सरकारको सहमति केन्द्रलाई दवाउ दिएर अलग राज्य बनाउने जुन प्रयास छ त्यसलाई सम्पूर्ण पहाड़ एंव तराइले सफल तुल्याउने प्रयास जोड़तोड़ले गर्नु पर्छ ।
अन्तमा तिनले भने जन्तर मंत्ररमा गोर्खाजातीले जुन आवाज उठाउनेछ त्यसले गोर्खाजातीको आउदो भबिष्य लेख्ने छ भनि तिनले बताए ।

0 Response to "दिल्लीमुखी गोर्खाल्याण्डको मांग नै वास्तविक् आन्दोलन – रुस्तम छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.