
हामी अनि हाम्रो पार्टी यस समय कुन बिन्दुमा खडा छ – हर्कबहादुर छेत्री
छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउँने जनतासामु प्रतिबद्धता गर्दै राजनैतिक कार्यकर्ताबाट बिधायक बनेका डा छेत्रीले अहिलेघरी गोर्खाल्याण्डको मुद्दाबारे कमै बोल्ने गरेका छन्। गोजमुमो पार्टीको संकट मोचकका रूपमा कार्य गर्ने डा छेत्रीले केही समय यता मोर्चालाई कठघरामा उभ्याउँदै भाषण दिने गरेका छन्। मोर्चाको भूलहरू देखाउनु नै अहिलेघरी उनको कार्य बनेको छ।
‘डा हर्कबहादुर छेत्रीलाई पाठकहरूले चाँडै पुरानै अवतारमा पाउँनेछन्’ भनि तिनले आफ्नो पुस्तक ‘परिधिभित्र’को बिमोचनमा घोषणा गरे पनि उनी पुरानो अवतारमा भने अझसम्म देखा परेका छैनन्। यद्यपी तिनले आफ्नो पुरानो आलोचनात्मक व्यवहार भने समय समयमा राजनैतिक मञ्चदेखि साहित्यिक मञ्चहरूबाट देखाउँदै आईरहेका छन्।
यस्तो सिलसिलामा तिनले गत 7 अक्टोबरको दिन कालेबुङको रामकृष्ण रङ्गमञ्चबाट गोजमुमो पार्टीको स्थापना दिवसलाई सम्बोधन गर्दै गोजमुमो पार्टीलाई नै कठघरामा उभ्याएर जीटीए र मोर्चाको हर्कबडाई गर्नको साटो ‘उपलब्धि थोपिन असफलताबारे मन्थन गर्नुपर्नेछ’ भनि बयान दिएका थिए।
सुरु सुरुमा जीटीएनै गोर्खाल्याण्ड पुग्ने सिँढी र पहाडवासिका निम्ति सम्पूर्णता हो भन्ने छेत्रीले अहिले जीटीएको बडीबडाई गर्न छाडेका छन। यसको सट्टामा तिनले घरी घरी मोर्चालाई नै कठघरमा उभ्याएको कारण मोर्चा अनि बिधायक छेत्रीको दुरी बडीरहेको अनुमान गरिरहेका छन्। यद्यपी डा छेत्रीले गोजमुमो पार्टीलाई कटाक्ष गरे पनि समय समयमा पार्टीको कार्यक्रममा सहभागी बनेर पार्टीसंग बडीरहेको दुरी जनताको भ्रम मात्र हो भन्ने सन्देश पनि दिने गरेका छन्।
यस्तो अवस्थामा गोजमुमो प्रवक्ता एंव कालेबुङका बिधायक डा छेत्रीले अहिले समाजिक सञ्जाल ‘फेसबुक’ को माध्यमबाटा आफ्नै पार्टीलाई प्रश्न गरेका छन्। डा छेत्रीले पार्टीलाई प्रश्न गर्न अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बयानलाई अघि सारेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रमा चुनाव प्रचारको समय ‘महाराष्ट्रलाई बिभाजन गरिनेछैन’ भनि बयान दिएका थिए।
डा छेत्रीले प्रधानमन्त्री मोदीको उक्त बयानलाई आधार गर्दै ‘भारतीय जनता पार्टीले ससाना राज्य गठनलाई समर्थन गर्छ’ भन्ने बयानको बिरुद्धमा आएको उक्त बयानले आफू अस्पष्ट बनेको लेखेका छन्। यस्तो अवस्थामा गोर्खा जनमुक्ति मोर्चा जसले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा भाजपालाई समर्थन गरेको थियो अनि यसै पार्टीको आफू बिधायक बनेको कारण उक्त बयानले भ्रम सृजना गरेको तिनले लेखेका छन्।
“हामी अनि हाम्रो पार्टी यस समय कुन बिन्दुमा खडा छ ? मोदीले सिलगडीको चुनावी प्रचारमा गोर्खाको सपना पुरा गर्नेछु भनि दिएको बयान पुरा गर्नेछन्’ डा हर्कबहादुर छेत्रीले समाजिक सञ्जालबाटै प्रश्न गरेका छन्।
0 Response to "हामी अनि हाम्रो पार्टी यस समय कुन बिन्दुमा खडा छ – हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.