
सारदा घोटालाको आरोपीत देबजनी मुखर्जीलाई कालेबुङ न्यायलयमा पेश
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 9 अक्टोबर 2014। चिटफण्ड कम्पनि सारदा घोटालाको मुख्य आरोपीतहरू मध्ये देबजनी मुखर्जीलाई आज यहाँको न्यायलयमा पेश गरियो।
कालेबुङ एडिसनल चिफ जुडिसियल म्याजिस्ट्रेट राजेश चक्रवर्तीको सामु तिनलाई पेश गरिएको थियो। यहाँको छिबो बस्ति निवासी उत्तम शङ्खरले 22 अप्रेल 2013को दिन कालेबुङ थानामा सारदा घोटाला बारे दर्ता गरेको प्राथमिकीको आधारमा आज तिनलाई न्यायलयमा पेश गरिएको थियो। उनीबिरुद्ध धोकाधडी गरेको आरोपमा पुलिसले भारतीय दण्ड संहिताको धार 420 अन्तर्गत मुद्दा दर्ता लगाएको थियो।
यस अवधी न्यायलयमा आरोपीत देवजनी मुखर्जीको पक्षमा मुद्दा लड्ने कुनै अधिवक्ता नभएको कारण उनी आफैले न्यायलयमा वकालती गरेकी थिइन्। पश्चिम बङ्गाल राज्यको बिभिन्न पुलिस थानाहरूमा सारदा घोटाला बारे प्राथमिकी दर्ता गरिएको कारण तिनलाई पुलिसले बिभिन्न न्यायलयमा उभ्याउँदै पेशी गरिरहेको छ भने यसैक्रममा आज कालेबुङ न्यायलयमा पनि तिनलाई पेशीको निम्ति ल्याईपुर्याएको हो।
न्यायलयमा आफ्नो पक्षमा वकालती गर्ने क्रममा तिनले भारतको सर्वोच्च न्यायलयले सारदा घोटाला बिषयमा सम्पूर्ण मुद्दाहरू एउटै न्यायलयमा सुनवाई गर्नुपर्ने आदेश दिएको न्यायलयलाई स्मरण गराएकी सुत्रले बताएको छ। यसै क्रममा गत सोह्र महिनादेखि बन्दि अवस्थामा बस्न परेको कारण कालेबुङ न्यायलयले आफूलाई जमानत दिने अर्जी चडाएपछि तिनको अर्जीलाई स्वीकार गर्दै जमानत दिएको छ।
यसको साथै तिनलाई आगामी 22 अक्टोबरको दिन पुन: न्यायलयमा उपस्थिति दिनुपर्ने आदेश दिएको छ।
अर्कोतिर यता कालेबुङमा सारदा घोटालाबारे अर्को एउटा मुद्दा सीबीआईले जाँच गरिरहेको थाह लागेको छ। कालेबुङ न्यायलयमा चलिरहेको उक्त मुद्दा पुलिसले सीबीआईलाई सुम्पिए पछि उक्त मुद्दाको सम्पूर्ण जाँच सीबीआईले गरिरहेको थाह लागेको छ।
0 Response to "सारदा घोटालाको आरोपीत देबजनी मुखर्जीलाई कालेबुङ न्यायलयमा पेश "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.