-->
भागोपमा भएको हैकमबादी नीतिको सदस्यहरुद्वारा विरोध

भागोपमा भएको हैकमबादी नीतिको सदस्यहरुद्वारा विरोध

कालिमन्युज, कालेबुङ, 23 सितम्बर 2014: कतिपय संघ संस्था जस्तै भारतिय गोर्खा परिसंघको सिद्धांत, दर्शन, नीति एकातिर अनि कार्यवाही अर्कोतिर् हुदै आएको देखिएकोछ् । यो पनि हैकमबादी नीतिबाट अक्षुष्ण छैन । यस्ता आरोप लगाउने तर आफ्नो नाम समयमा मात्रै प्रकाशमा ल्याउन चाहने सदस्यहरुले आफ्नो थप मन्तव्य आज प्रकाशित भागोपसंग सम्बन्धित समाचारबारे पोखेका छन।
यस्तै कुनै कारणले भागोपबाट राजिनामा दिने पमुख पदाधिकारीहरु मध्ये प्रथम राष्ट्रिय महासचिव कालेबुङ्का प्रभाकर देवान हुन। देवानले भागोपका नेत्रृत्ववृन्दले राजनैतिक दलदरुसंग राजनैतिक क्रियाकलापमा संलग्न हुनु हुदैन, विशेष गरि अध्यक्ष रेभ डा एनोसदास प्रधानले आफ्नो राजनैतिक क्रिया कलाप बन्द गर्दै भागोपलाई राजनितीदेखि अक्षुष्ण राख्नु पर्छ भन्ने सुझाव र प्रस्तावना राखेका थिए। कति प्रयास पछि पनि यसको सुनवाइ नहुदा तिनले राजिनामा दिएका थिए जसलाई धेरै समय पछि मात्रै ग्रहण गरिएको थियो।
देवान लगायत अरुहरुले पछिबाट पनि भागोप गैर राजनैतिक संगठन द्ल भएको कारण राजनैतिक माग मागेता पनि यसले राजनैतिक दललाई सघाएर चुनावमा भाग लिन उचित नभएको तर्क पेश गरेका थिए तर त्यसलाई हैकमबाद चलाएर दबाएको आरोप लगाएका छन विक्षुव्ध सदस्यहरुले।
यता राजीनामा दिनेहरुमा राष्ट्रिय उपाध्यक्ष नारायण भट्टराई पनि अर्का व्यक्ति हुन।
यस्तै कुराहरुको विरोध गरेकोले महासचिव (संगठन) प्रविण खालिङ, महासचिव (कार्यक्रम) मुनिस तामङ, महासचिव (प्रशासन) के बी कार्की लगायत राष्ट्रिय प्रवक्ता जोएल राई, राष्ट्रिय उपाध्यक्ष अरुण उपाध्याय र राष्ट्रिय कार्यकारी अध्यक्ष सीपी गिरीलाई निष्कासन गरिएको बताइएता पनि उनिहरु आफूले भने यस्तो आसयको पत्र आजसम्म नपाएको बताउछन । उनिहरु भन्छन, “हामीलाई कुनै सुचना बिना कसरी निष्कासन गरियो अनि फेरि आम सहमति नलिई कसरी नया पदाधिकारीहरु चुनियो।“
यस वर्ष भएको सासदको चुनावमा डा महेन्द्र पी लामालाई चुनाव लड्न सघाउ पुर्‍याउने प्रस्तावनाको विरोध भागोप भित्रैबाट भएको थियो तरै पनि यो निर्णय भागोपले सर्व सहमतिमा लिएको भनि प्रेस कंफरेंस गरि अध्यक्ष डा प्रधानले जनाएका थिए। पछिबाट राष्ट्रिय कार्यकारी अध्यक्ष सीपी गिरी लगायत महासचिव (संगठन) प्रविण खालिङले यसको विरोध नाएर विज्ञप्ति पनि प्रेषित गरेका थिए। यसलाई राष्ट्रिय उपाध्यक्ष अरुण उपाध्यायले पनि विरोध जनाएका थिए।
भागोपकै कतिपय राज्य र क्षेत्रिय (जोन) सुत्रानुसार डा प्रधानलाई 2012को भागोपको चुनावमा अध्यक्षको पदमा चुन्न सहमति जनाउने धेरैले पनि सांसदको चुनावमा डा लामालाई सोझै सघाउने प्रस्तावनाको विरोध जनाएका थिए। 
उक्त सांसदलाई सघाउने निर्णयको विरोध गर्ने सदस्यहरुले लगाएको आरोप अनुसार डा लामालाई चुनावमा हराएर भारतिय गोर्खाहरुको परिचयको निम्ति निर्मित परिसंघलाई नै लाजमा पार्ने यो षड्यंत्र भएको उनिहरुले ठानेका छन। यसमा संलग्न नेताहरुले आफ्नो स्वार्थको निम्ति परिसंघलाई चलाईरहेको र यसको दुरुपयोग गर्दै बदनाम पनि गरेको थप आरोप लगाएका छन ।

0 Response to "भागोपमा भएको हैकमबादी नीतिको सदस्यहरुद्वारा विरोध"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.