
मुख्यमन्त्री ममता ब्यानर्जीलाई बिधायक डा हर्कबहादुर छेत्रीले एक्लै भेटे घरी घरी दिल्ली नगएर कोलकोता जानु उचित – डा हर्कबहादुर छेत्री
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 2 सितम्बर। “राज्य सरकारसंग सौहार्दपूर्ण वातावरण बनाएको राम्रो। सबै कामकाज राज्य सरकारबाटै हुन्छ। घरी घरी दिल्ली नगएर कोलकोता जानु उचित हो। मैले यसबारे गोजमुमो नेताहरूलाई अघिबाटै भनेको हो” उक्त बयान कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले दिएका हुन्।
गोजमुमो महासचिव रोशन गिरीको नेतृत्वमा रहेको प्रतिनिधी टोलीले मुख्यमन्त्री ममता ब्यानर्जीसंग यहाँको डेलो टुरिष्ट लजमा बैठक गरेर उक्त टोली फर्केपछि कालेबुङका बिधायक एंव मोर्चा प्रवक्ता डा हर्कबहादुर छेत्री मुख्य मन्त्री ममता ब्यानर्जीलाई भेट्न एक्लै डेलो टुरिष्ट लज आईपुगेका थिए। गोजमुमो प्रतिनिधी टोलीमा सामेल भएर आउनुको सट्टा तिनी एकलै मुख्यमन्त्री ममता ब्यानर्जीलाई भेट्न डेलो टुरिष्ट लजमा आईपुग्दा सबै अवाक भएका थिए।
तिनले मुख्यमन्त्रीलाई एकलै भेटेर केहीबेरसम्म कुराकानी गरे। यसरी अचानक मोर्चाको प्रतिनिधी टोलीमा सामेल बनेर मुख्यमन्त्रीलाई भेटन एकलै आएका डा हर्कबहादुर छेत्रीलाई पत्रकारहरूले प्रश्न गर्दा तिनले राज्य सरकारसंग सम्बन्ध राम्रो बनाउँनुपर्छ भन्ने बयान दिए। यसक्रममा मुख्यमन्त्री संग कुराकानी भएको बताउँदै ममता ब्यानर्जीले कुनै समस्या भए नवन्नामा आउनु भनेको छेत्रीले बताए।
“पहाडका कुनै समस्या छ भने कोलकोताको नवन्नामा आउँनु त्यहीँबाट सबै समस्याको समाधान गरिनेछ” मुख्यमन्त्री ममता ब्यानर्जीले भनेका छन् भनि डा छेत्रीले पत्रकारहरूलाई बताए। “मुख्यमन्त्रीले पहाड बिकास गर्न चाहन्छन्। यसकारण पहाडमा झमेला हुँदा पनि तिनी पहाड आईरहेकी छन्। यसबाट हामीले फाईदा लिनुपर्छ” डा हर्कबहादुर छेत्रीले स्पष्ट भने।
स्मरण रहोस गोजमुमो पार्टीलाई प्रतिनिधी गरेर बिभिन्न बैठकहरूमा भाग लिने कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीलाई केही समय यतागोजमुमो पार्टीले बिभिन्न बैठकहरूमा प्रतिनिधी टोलीमा सामेल गराएको छैन। राज्य सरकार र गोजमुमो पार्टीको सम्बन्ध बिग्रेको समयमा पनि खुबै कुशल भूमीका निर्वाह गरेर पुन: राज्य अनि गोजमुमो पार्टीको सम्बन्ध स्थापित गराउँने डा छेत्री अहिले घरी साहित्यिक कार्यक्रमहरूमा खुल्ला रूपले सत्ता पक्षकै आलोचना गर्न चुक्दैनन्।
जीटीएको बिषयहरूमा बोल्न परिहाले तिनले आफैलाई टाडा राखेर ‘यसबारे जीटीएकै साथीहरूलाई राम्ररी ज्ञान छ’ भन्दै आफैलाई जीटीए अनि मोर्चाकै कार्यक्रमहरूबाट टाडा राख्ने गरेका छन्। यता गोजमुमो पार्टीको दिल्ली यात्रामा पनि उनी प्रतिनिधी टोलीको रूपमा जान पाएका छैनन भने आज सम्पन्न भएको द्वीपक्षिय वार्तामा पनि तिनलाई जीटीएको प्रतिनिधी टोलीमा सामेल गरिएन। यस्तो अवस्थामा बिधायक डा छेत्रीले मुख्य मन्त्री ममता ब्यानर्जीलाई एक्लै भेटेर सबैलाई आश्चर्यचकित पारेका छन्।
0 Response to "मुख्यमन्त्री ममता ब्यानर्जीलाई बिधायक डा हर्कबहादुर छेत्रीले एक्लै भेटे घरी घरी दिल्ली नगएर कोलकोता जानु उचित – डा हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.