
गोजमुमो प्रतिनिधी अनि मुख्यमन्त्री ममता ब्यानर्जी माझ बैठक
डी के वाइबा, कालिमन्युज, कालेबुङ 2 सितम्बर 2014। तीन दिने पहाड भ्रमणमा आएकी मुख्यमन्त्री ममता ब्यानर्जी अनि गोर्खा जनमुक्ति मोर्चा माझ आज यहाँको डेलो टुरिष्ट लजमा एक बैठक सम्पन्न भयो। बैठकमा गोजमुमो पार्टीको पक्षमा महासचिव रोशन गिरी, बिधायक त्रिलोक देवान, सभासदहरू बिनय तामाङ अनि डा आर.बी भुजेल उपस्थित रहेका थिए।
लगभग आधाघण्टा बसेको बैठकमा मोर्चाको पक्षबाट मुख्य मन्त्री ममता ब्यानर्जीलाई बिभिन्न मागहरू गरिएको रोशन गिरीले जानकारी दिएका छन्। बैठक पछि पत्रकारहरूलाई सम्बोधन गर्दै रोशन गिरीले बैठक खुबै सौहार्द पूर्व सम्पन्न भएको जानकारी दिए।
“दागोपापको मोठ 119 करोड मध्ये 63 करोड धनराशी अचल भएर बसेको छ। उक्त धनराशी जीटीएलाई हस्तान्तरण गरिनुपर्छ भन्ने माग राखेका छौँ। यसबारे मुख्य मन्त्री ममता ब्यानर्जीले सकारात्मक आश्वाशन दिएका छन्” रोशन गिरीले भने। यसका साथै तिनले ‘दार्जीलिङ, कालेबुङ अनि खर्साङ महकुमाको निम्ति मैला व्यवस्थापन कार्य, खरसाङमा निर्माण हुने मिडीकल कलेज अनि आन्दोलनकालमा मोर्चा कार्यकर्ताहरूलाई लगाईएको बिभिन्न मुद्दाहरू फिर्ता गरिनुपर्छ भनेर माग गरेका छौँ’ भने।
अर्कोतर्फ बैठक पछि मुख्य मन्त्री ममता ब्यानर्जीले पनि पत्रकारहरूलाई सम्बोधन गरिन्। उनले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा मोर्चा प्रतिनिधीहरूसंग बैठक खुबै राम्रो भएको बताईन।
“जीटीएको सम्झौता पत्रमा नै दुईपक्षिय अनि त्रिपक्षिय वार्ता हुने लेखिएको छ। सोही सम्झौता अनुसार आज दुईपक्षिय वार्ता हुनेछ। मोर्चासंग बसेको बैठक खुबै सौहार्दपूर्व वातावरणमा सम्पन्न भयो। म पहाडको शान्ति अनि बिकासको पक्षमा छु। पहाडका मानिसहरूलाई ध्यनमा राखेर चाँडै दार्जीलिङमा एउटा सानो मुख्यमन्त्री कार्यलय निर्माण गरिनेछ” मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन।
उनले बैठकमा खरसाङमा मेडिकल कलेज निर्माण हुने चर्चा भएको बताउँदै उक्त मेडिकल कलेज पब्लिक प्राईभेट पाटनरशिपमा निर्माण गरिने स्पष्ट पारेकी छन।
“पहाडका मानिसहरूलाई बिभिन्न असुबिधाहरू भोग्न परेको जानकारी प्राप्त भएको छ। उक्त असुबिधालाई ध्यानमा राखेर पहाडमा एकजना अधिकारी बस्न सक्ने मुख्यमन्त्री कार्यलय निर्माण गर्नेछु” ममता ब्यानर्जीले अझ भनिन्। पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा तिनले आफू पहाडका मानिसहरू बिभिन्न सहुलियत प्रदान गर्न तथा पहाडवासीसंग भेटघाट गर्न पुन: आगामी दशैं पछि आफू दार्जीलिङ पहाड आउने पनि जानकारी गराएकी छन्।
अर्कोतर्फ यता आज मुख्य मन्त्री ममता ब्यानर्जी अनि एनएचपीसी प्रतिनिधि टोली माझ पनि डेलो टुरिष्ट लजमा छुट्टै बैठक सम्पन्न भयो।
बैठकमा एनएचपीसी सिलगडीका कार्यकारी निर्देशक एस आर रोय लगायत अन्य पद अधिकारीवर्ग उपस्थित रहेका थिए। उक्त बैठकमा राज्य सरकाले टिस्टा नदी, त्रिवेणी अनि रम्माम खोलामा मोठ चारवटा छुट्टा छुट्टै जलबिद्युत परियोजना निर्माण गर्ने भएको बिषयमा चर्चा गरियो। बैठक पछि पत्रकारहरूलाई जानकारी गराउँदै मुख्य मन्त्री ममता ब्यानर्जीले राज्य सरकारले जलबिद्युत परियोजना निर्माण गर्ने योजना बनाएको बिषयमा चर्चा भएको बताईन्।
“टिस्टा नदी, रम्माम आदि ठाउँमा जलबिद्युत परियोजना निर्माण गरिनेछ” ममता ब्यानर्जीले भनिन्। यता उक्त बिषयमा जानकारी गराउँदै एनएचपीसीका कार्यकारी निर्देशक एस आर रोयले मोठ 293 मेगावाट उर्जा उत्पादन गर्ने चारवटा जलबिद्युत परियोजना निर्माण गरिने जानकारी गराए। उक्त जलबिद्युत परियोजना लगभग 25 सय करोड रूपिया लागत खर्चमा निर्माण गरिने पनि तिनले जानकारी दिएका छन्। यसबारे आवश्यक कागजपत्रको पहल केही समय पछि हुने तिनले अझ बताएका छन्।
0 Response to "गोजमुमो प्रतिनिधी अनि मुख्यमन्त्री ममता ब्यानर्जी माझ बैठक"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.