
भारतिय गोर्खा परिसंघ नेत्रृत्व आरोपको घेरोमा
कालिमन्युज, 18 सितम्बर 2014: भारतिय गोर्खाहरूलाई राष्ट्रिय मूलधारामा उभाइकन अरू भारतियहरुझै गोर्खाहरुपनि एक समान हुन अनि अरुले झै समान अधिकार र सुविधा प्राप्त गर्ने अवसर गोर्खाहरुलाई पनि उपलब्ध गराउन पर्छ भन्ने आवाज लिएर अघि आउने संघ संस्था र राजनैतिक दलहरुमध्ये एक भारतिय गोर्खा परिसंघ पनि हो। आफैलाई गैर राजनैतिक संस्था ठान्ने यो सर्वभारतिय संस्थाको तृणमूल स्तरमा सांगठ्निक सदस्यहरु उति नभए पनि यो माथिल्लो तहसम्म पहुँच भएको संस्था हो ।
धेरै संख्यामा बौद्धिक र विभिन्न क्षेत्रमा उच्च पद र स्तरमा रहेका प्रमुख व्यक्तिहरुको जमात रहेको यस परिसंघले आफ्नो क्षमताको कारणले नै केही सर्वभारतिय स्तरको उल्लेखनिय कार्यहरू पनि गर्न सक्षम भएको छ। ती मध्ये स्वतन्त्र सेनानी शहिद मेजर दुर्गा मल्लको शालिग संसद भवन परिसरमा निर्माण हो ।यस बाहेक प्नि यसले विभिन्न राज्यमा र परिस्थितीमा गोर्खाहरुको सुरक्षा र अधिकारको निम्ति यसले उल्लेखनिय भूमिका निभाएको छ।
तर धेरैचोटी नेत्रित्वकै कारणले यो केही अप्ठ्यारो परिस्थितिमा पनि पर्न गएको छ भने नेत्रित्वकै कारणले यसभित्र अन्तरकलह पनि नभएको होइन। जसको कारण कतिजनाले रिसाएर कतिले आफुले सम्झेको भन्दा यसमा बेग्लै र आफ्नो सिद्धान्तको प्रतिकूल पाएर परिसंघ छोडेका पनि छन। भनिन्छ कतिले परिसंघ विरोधी कार्य पनि गरे त्यसमा कतिलाई कार्यवाही भयो भने कतिलाई केवल पद्च्यूत मात्रै गरियो।
जसरी अरु संघ संस्था सोह्रै आना ठीक पाइन्न यसमा पनि यस्तै अनियमितता, अन्योलता र मनोमालिन्य पाइएको कुरो स्वीकार् गर्छन यसका केही वर्तमानका र केही परिसंघ छोडेका पूर्वसदस्यहरु।
वर्तमान समयमा यस्तै रोगले पिडित भागोप अहिले पनि नेत्रृत्वकै कारण मनोमालिन्यको शिकार बनेको छ।
हालमा भागोपका केही सक्रिय व्यक्तिहरु निष्क्रिय बनेका छन भने कति नेत्रृत्व परिवर्तन भए मात्रै परिसंघमा फर्कने कुरा गर्छन।
हालमा भित्र भित्रै आगो सल्किसकेको परिसंघमा सबैको तारो वर्तमानका अध्यक्ष रहेका छन । उनिमाथि संघको सल्लाह, सुझाव र कुनै निर्णय बिनानै आफु खुशी काम गरेको आरोप लागेकोछ।
उनिमाथि लागेको आरोप देशको साधारण निर्वाचनको समय एक स्वतन्त्र उम्मेद्वारलाई सांसदको चुनावमा समर्थन गरेपछि चुलिएको बताइन्छ। गत एक सालदेखिनै तिनको कार्यकलापमा संतुष्ट नभएर नै केही होनहार र असल पदाधिकारीहरुले भागोपमा नबस्ने निर्णय लिएको बताइन्छ भने कतिलाई भने पदच्युत पनि गरिएको आरोप लागेकोछ।
उनिहरुमध्ये मुख्य हुन राष्ट्रिय कार्यकारी अध्यक्ष सी पी गिरी, राष्ट्रिय प्रवक्ता जोएल राई। यसबाहेक अन्य केन्द्रिय र क्षेत्रिय सचिव आदिहरु पनि छन। भागोपमाझ भैरहेको यस आंतरिक मामिलालाई सुल्झाउने प्रयास केही सदस्यहरुद्वारा भैरहेकोछ भने कति सदस्यहरु मूक दर्शक भएर बस्नु बाहेक अर्को विकल्प नभएको बताउँछन।
“भागोपमा भएका कुतत्वहरुलाई निकालेर, कुविचारहरुमा सुधार ल्याएर अनि पूर्ण गणतांत्रिक ढंगमा लिनु पर्ने निर्णयहरु लिएर यो 14 वर्षे पुरानो राष्ट्रिय संस्थालाई बचाउनुपर्छ” भन्छन केही पुराना सदस्यहरु । अर्कोथरीका सदस्यहरु प्रश्न सोध्छन “किन सबै नेताहरु अह्म र मपनाले ग्रस्त भएका? किन अरु संस्था र यसमा कुनै पार्थक्य देखिदैन जबकि यसको सिद्धान्त र लक्ष्य खुबै आदर्शलेपूर्ण छ?”
भागोप भित्र भएको अन्तरकलहबारे प्रश्न गर्दा केन्द्रिय सचिव मुनिस तामाङ कुनै समस्या या व्यक्तिको नाँउ नलिई भन्छन “सबै दलभित्र समस्या हुन्छनै हाम्रोमा भएको समस्या पनि यस्तै एक हो जो सांगठनिक रुपमा समाधान हुनेछ।“
यसबारे अध्यक्ष डा एनोसदास प्रधान भन्नुहुन्छ- "अहिलेसम्म मलाई हाम्रो परिसंघ भित्र त्यस्तो कुनै समस्या भएको या मनोमालिन्य भएको थाहा भएन नत यस्तो कुरोको उठान कसैले हाम्रो कुनै सभामा गरेको पनि छैन।
के भागोपको समस्या अर्को राष्ट्रिय स्तरको केन्द्रिय समितिको चुनाव 2015 मा नभैंजेलसम्म यतिकै रहने र यो अझै टुक्रिन्दै जाने हो या अझै थप समस्याहरु यसले झेल्नै पर्ने हो? के यो कुराको उठान कुनै सभामा हुनेछ या फेरि सबैले मौन साँध्नेछन?
किन यतिका पडेलेखेका व्यक्तिहरु माझ भएको यो अनियमितता या समस्या नियमपूर्वक समाधान गर्न नसकिएको हो त? गैर राजनैतिक संस्थामा त यस्तो अंतरकलह हुन्छ भने अरुको त के आशा गर्नु। हाम्रो उत्थान नभएको पनि यस्तै कारणहरुले नै हुन सक्छ। यस्ता प्रश्नहरु, मन्तव्यहरु जनमानस माझ उठिरहेको छ | के यसले अर्को कुनै संकेत त् दिइरहेको छैन ? सबैको उत्तरको निम्ति भोलिको प्रतिक्षामा सबै छन, अरु त केवल अनुमान मात्र लगाउन सकिन्छ।
0 Response to "भारतिय गोर्खा परिसंघ नेत्रृत्व आरोपको घेरोमा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.