
भाजपाले बंगालमा पनि 2016 को विधान सभा चुनाउको निम्ति रुपरेखा तैयार गरने
राजेश शर्मा, कालिमन्युज, जयगाँउ 7 सितम्बर । दिल्लीमा भारतीय जनता पार्टीले खिताब कायम गर्दै सत्ता ह्त्याए पछि अब देशको बिभिन्न प्रान्तहरुमा पनि आफ्नो सरकार गठन गर्ने प्रयास आरम्भ गरेको आज भाजपा केन्द्रिय पार्टी अध्यक्ष अमित शाहले आज भएको राज्य स्तरिय बैठकमा घोषणा गरे ।
दुई दिने भाजपाको सान्गठनिक बैठकमा भागलिन आएका केन्द्रिय अध्यक्ष अमित शाहले 2014 मा भएको लोकसभा चुनाँउमा बंगालमा मात्र 2 वटा सांसद बिजय भएकोमा बंगालको पार्टी कार्यक्रताहरुलाई सुझाव दिदै एंव बंगालमा आउदो 2016 मा हुने विधान सभा चुनाँउमा राज्यमा सरकार बनाउनु पर्ने माथी पार्टीको रणनितिबारे अवगत गराए ।
पार्टी समर्थकहरुको उपस्थितिमा तिनले बंगालमा बर्तमान सरकारको गलत नितिको शिकार भाजपाको कार्यकर्ताहरु भइ रहेको छ जसको अन्त बंगालमा भाजपाको सरकार स्थापित भएपछि मात्र यो सम्भव हुने बताए। पार्टी कार्यकर्ताहरुलाई आउदो विधान सभा चुनाउमा बिजय प्राप्तको निम्ति अहिले देखीनै कार्य गर्नु पर्ने माथी जोड़ दिएको पार्टी सुत्रले जानकारी दिएको छ ।
तिनले भने आउदो 2015मा हुने नगरपालिकाको चुनाउमा पार्टीले विजय प्राप्त गर्नेकुरोमा आशाबादी रहेको तिनले बताए । तिनले भने आजको यस सभामा पश्चिम बंगालको भाजपा पार्टी अध्यक्ष राहुल सिन्हा उपस्थिति छन् अनि आज भएको चितरंज महेस्वरी भवनबाट घोषणा गर्दै भने अब तृणमूलपार्टीको दमन नितिको उत्तर दिन भाजपाले पनि अघि आउन पर्छ ।
तिनले भने ममता सरकारको दमन नितिलाई उखालेर फ्याकनको निम्ति पार्टीले आउदो महिना देखी नयाँ पार्टी कार्यकर्ताहरुको चयन गर्ने काम हुने छ भन्दै आजको बैठकमा भाजपा पार्टीको नयाँ नितिमा सारदा काण्डको विषयहरुलाई लिएर बिभिन्न प्रान्तको विरोध गर्नु पर्ने निर्णय पारीत गरेर भाजपाले आज भएको प्रदेश भाजपा अध्यक्ष राहुल सिन्हाको सभाध्यक्षतामा आज घोषणा गरेको सुत्र बाट थाहा लागेको छ । आजको बैठकले 2016 मा हुने विधान सभा चुनाउको निम्ति आगामी 1 अक्टुबरदेखी नयाँ कमिटि गठन हुने छ अनि 2016लाई मध्य नजरमा राख्दै चुनाउ बोर्ड कमिटि बनाउने साथ –साथै बोर्ड् रक्षक कमिटि पनि बनाउनु पर्ने निर्णैय पारित गरिनेछ ।
भाजपाको केन्द्र बंगाल प्रभारी सिधार्थ शाहाको खास उपस्थीति सभामा रहेको थियो भने आजको यस बैठकमा दार्जीलिङका सांसद एसएस आलुवाहलिया, राहुल सिन्हा, डुवर्सवाट मनोज टिग्गा, बिरेन्द्र बारा, सन्दीप एक्का, पासङ लामा, पंकज तिर्की, सुजित बारा, गुरुधर दास शंकर सिना, मनिस शाहा, कौसल चेटर्जी, हेमन्तो रोय अदिले यस बैठकमा भाग लिएको भाजपा सुत्रले जानकारी दिएको छ ।
दार्जीलिङ जिल्लाबाट खासै पदाधिकारीहरुको उपस्थिति नरहेता पनि मनोज देवान दार्जीलिङको इनचार्जको रुपमा सहभागी थिए भने थप दुइ चार व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो । आजको यस बैठक बिहानको 11 बजे देखी आरम्भ भएर 2 बजे सम्म चलेको थियो अनि र्याली निकाले र जनसभा पनि गरेको पनि थियो । आजको बैठकमा दार्जीलिङको समस्याबारे खासै कुराकानी नभएको पार्टी सुत्रबाट थाहा लागेको छ ।
0 Response to "भाजपाले बंगालमा पनि 2016 को विधान सभा चुनाउको निम्ति रुपरेखा तैयार गरने "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.