-->
प्रधानमन्त्रीको नेपाल दौडाहाको क्रममा जारी संयुक्त प्रेस बयान

प्रधानमन्त्रीको नेपाल दौडाहाको क्रममा जारी संयुक्त प्रेस बयान

पीआइबी, गान्तोक: १. भारतका प्रधानमन्त्री, सम्माननीय नरेन्द्र मोदीले ३-४ अगस्त, २०१४ नेपालका प्रधानमन्त्री माननीय सुशील कोइरालाको निमन्त्रणामा नेपालको आधिकारिक दौडाहा गरे। भारतका प्रधानमन्त्रीका साथमा राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजीत दोभल, परराष्ट्र सचिव सुजाता सिंह अनि भारत सरकारका वरिष्ठ अधिकारीहरू लगायत सञ्चारकर्मीहरू रहेका थिए। हवाई अड्डामा नेपालका प्रधानमन्त्रीद्वारा प्रधानमन्त्रीलाई औपचारिक स्वागत जनाइएको थियो। 
२. प्रधानमन्त्रीले नेपालका राष्ट्रपति महामहिम डा. रामवरन यादवसँग पनि भेटवार्ता गरे। महामहिम राष्ट्रपतिद्वारा भारतका प्रधानमन्त्रीको सम्मानमा दीवाभोज आयोजन गरिएको थियो। 
३. भारतका प्रधानमन्त्रीद्वारा नेपालको संविधानसभा अनि संसदलाई सम्बोधन गरियो भने यसअघि उनले संविधानसभाका अध्यक्ष माननीय सुवासचन्द्र नेम्बाङसँग पनि भेटवार्ता गरे। 
४. नेपालका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, संसदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिष्ट पार्टीका (युएमएल) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस पार्टी लगायत मधेसी दलका नेताहरूका साथै नेपालका कारोबारी समुदायका प्रतिनिधिहरूसँग पनि प्रधानमन्त्रीले भेटवार्ता गरे। 
५.  भारतका प्रधानमन्त्री नेपालका प्रधानमन्त्रीसँग बैठकपछि शिष्ट मण्डली स्तरको वार्ता सम्पन्न भयो। यी वार्ताहरू सौहार्दपूर्ण परिवेशमा सम्पन्न भएको थियो, जसमा मैत्री अनि पारस्परिक समझदारीको भावना रहेको थियो भने यिनै बुँदाहरूले दुइ राष्ट्रबीच निकटको सम्बन्ध रहेको दर्शाउँदछ। भारतका प्रधानमन्त्रीको सम्मानमा नेपालका प्रधानमन्त्रीद्वारा रात्रिभोज पनि आयोजन गरिएको थियो। 
६. दुवै प्रधानमन्त्रीले सरकार अनि जनताबीच गहिरो रूपमा कायम राजनीतिक, अर्थनीति, सामाजिक अनि सांस्कृतिक सम्बन्धको बृहत्तर आयाम समेट्ने भारत-नेपालबीच उत्तम सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरे। दुवै प्रधानमन्त्रीले वाणिज्य, लेनदेन, सम्पर्क अनि जलविद्युतको क्षेत्रमा अरू व्यापक आञ्चलिक सहयोगका मार्गहरू खोजी गर्नुपर्ने आवश्यकता रेखाङ्कित गरे। दुवै राष्ट्रबीच निकट अनि सुमधुर सम्बन्धलाई अरू धेरै गति प्रदान गर्न उच्च स्तरीय दौडाहाहरू महत्त्वपूर्ण रहेको कुरा पनि रेखाङ्कित गरे। नयाँ सरकारद्वारा छिमेकी मुलुकहरूसँग भारतको सम्बन्धलाई प्राथमिकता दिएकोमा नेपालका प्रधानमन्त्रीले सराहना गरे, जुन कुरा २६ मईका दिन नयाँ प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सार्क मुलुकका नेतृत्त्वहरूलाई निमन्त्रणासँग दर्शिएको थियो। उक्त निमन्त्रणाले राजनीतिक स्तरमा अर्थपूर्ण वार्ताका साथमा सार्कको संरचना अन्तर्गत छिमेकी मुलुकहरूसँग आञ्चलिक सहकार्य अघि बढाउने अवसर प्रदान गरेको थियो। 
७. नेपालका प्रधानमन्त्रीले आफनो ध्यान संविधानसभाको माध्यमद्वारा नयाँ संविधानको खाका तयार पार्न नेपाल केन्द्रित रहेको, जसद्वारा देशलाई स्थिरता अनि समृद्धिको मार्गमा अग्रसर गराइने बताए। वर्ष २०२२ भित्र नेपाललाई अल्प विकसितदेखि विकसित राष्ट्रको स्तरमा पुर्याउने आफ्नो परिकल्पना रहेको नेपालका प्रधानमन्त्रीले बताए। भारत सरकार अनि जनताका तर्फबाट प्रधानमन्त्रीले नयाँ संविधान आगामी वर्षभित्र तयार पार्ने सङ्कल्प अनि प्रतिबद्धताप्रति शुभकामना व्यक्त गरे। 
८. दुवै प्रधानमन्त्रीले हर्षका साथ गत एक वर्षको अवधिमा रेकर्ड जनसहभागिताका साथ लोकतान्त्रिक निर्वाचन सम्पन्न गरिएको स्मरण गर्दै लोकतान्त्रिक मूल्य अनि मान्यताप्रति जनताले बिसाएको विश्‍वासप्रति सन्तुष्टि व्यक्त गरे। शान्ति, स्थिरता अनि विकासको निम्ति लोकतान्त्रिक संस्थान अपरिहार्य रहेको कुरा दुवै प्रधानमन्त्रीले औंल्याए। दुवै मुलुकका सरकारसँग आफ्नो जनताको बहुमत रहेको हुँदा द्विदेशीय सम्बन्धलाई व्यावहारिक अनि आशावादी तरिकाले नयाँ उँचाइसम्म पुर्याउँदै दुवै मुलुकका जनताको निम्ति मूर्त लाभ सिर्जना सकिने बताए। 
९. दुवै प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालय स्तरको नेपाल-भारत संयुक्त आयोग पुनर्जीवित हुनसकेकोमा सन्तुष्टि व्यक्त गर्दै काठमाडौंमा २५-२६ जुलाई, २०१४ मा आयोजित तेस्रो बैठकको परिणामको स्वागत जनाए। 
१०. दुवै प्रधानमन्त्रीले सबै द्विदेशीय संस्थागत तन्त्रलाई नियमित रूपमा आयोजन गरी निर्णयहरू शीघ्रातिशीघ्र कार्यान्वयन गर्नुपर्ने कुरामाथि जोड दिए। 
११.  दुवै प्रधानमन्त्रीले १९५० को शान्ति एवं मैत्री सन्धिलगायत अन्य द्विदेशीय सन्धिहरूको समीक्षा समायोजन अनि अद्यतन गर्न स्वीकृति प्रदान गरे। दुइ देशका परराष्ट्र सचिवहरूलाई १९५० को शान्ति एवं मैत्री सन्धिको संशोधन अनि समीक्षा गर्न निर्देशित गर्ने संयुक्त आयोगको विशेष प्रस्तावको स्वागत जनाए भए नेपाल सरकारले पनि यस सम्बन्धमा चाँडै पहल गर्ने बताए। संशोधित सन्धिले वर्तमान वास्तविकताहरू अरू व्यापक रूपमा दर्शाउँदै अग्रगामी रूपमा गहिरो रूपमा स्थापित दुइ देशको सम्बन्धलाई विस्तार एवं सुदृढ तुल्याउने दिशामा काम गर्न राजी भए। 
१२. दुवै प्रधानमन्त्री नेपाल-भारतबीच सीमा विवाद सदाको निम्ति समाधान गर्न पनि राजी भए। ‘नोम्यान्सल्याण्ड’ क्षेत्र खाली गर्ने लगायत अन्य प्राविधिक कार्यसहित सीमा स्तम्भहरूको निर्माण, मरम्मति आदिको निम्ति सीमा कार्यकारी समूह (बीडब्लुजी) गठन गर्ने कुराको पनि स्वागत जनाए। यसका साथै संयुक्त आयोगको परराष्ट्र सचिवहरूलाई थाँतीमा रहेको सीमा विवादलगायत कालापानी अनि सुस्टाको निम्ति बीडब्लुजीबाट आवश्यक प्राविधिक सहयोग प्राप्त गर्ने निर्देशको पनि स्वागत जनाए। भारतीय पक्षले करिब ९८ प्रतिशत मानचित्रमा समझदारी भएको बुँदामाथि हस्ताक्षर गर्ने कुरामाथि जोड दिए। नेपाली पक्षले थाँतीमा रहेको सीमा विवाद चाँडा समाधान गर्नुपर्ने आशय जाहेर गरे। 
१३.  दुवै प्रधानमन्त्रीले भारत नेपाल सम्बन्धलाई स्वतन्त्र, गैर सरकारी परिप्रेक्ष्यबाट हेर्दै दुइ देशबीच कायम बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन लब्धप्रतिष्ठ व्यक्तिहरूको समूह गठन गर्ने निर्णयको पनि स्वागत जनाए। भारत नेपाल सम्बन्धमाथि लब्धप्रतिष्ठ व्यक्तिहरूको समूहलाई समझदारी भएअनुरूप शर्तहरूको आधारमा चाँडै गठन गर्नुपर्ने कुरामाथि दुवैले जोड दिए। 
१४. दुवै प्रधानमन्त्रीले सुरक्षा विषयमा उत्तम सहकार्य रहेको कुरामाथि सन्तुष्टि व्यक्त गर्दै दुवै पक्षका समर्थ प्राधिकारीलाई दुइ राष्ट्रका नागरिकहरूको खुल्ला चलाचल सम्भव तुल्याउने खुल्ला सीमाको असामाजिक तत्त्वहरूले दुरूपयोग गर्दै सुरक्षा सन्दर्भको खतरा सिर्जना नगर्ने दिशामा पहल गर्न निर्देशित गरे। नेपाल अनि भारतले आफ्नो भूमि दुवैका विरुद्ध उपयोग हुन नदिने निधो गरे। दुवै प्रधानमन्त्रीले सम्बन्धित अधिकारीलाई पुलिस एकाडेमीको निम्ति समझदारीमा हस्ताक्षर कार्य चाँडै सम्पादन गर्न निर्देशित गरे। दुवै पक्षले प्रत्यार्पण सन्धि अनि एमएलएटीलाई चाँडै अन्तिम रूप दिन निर्देशित गरे। 
१५.  नेपाल सरकारले प्राथमिकताको रूपमा चिन्हित गरेको ऊर्जा परियोजना अनि पूर्वाधार विकासको निम्ति भारत सरकारद्वारा १ बिलियन अमेरिकी डलर बराबरको निर्ब्याजी ऋण प्रदान गर्ने घोषणा गरियो। 
१६. भारतरका प्रधानमन्त्रीद्वारा पशुपतिनाथ मन्द्रि प्राधिकरणलाई २५ सय केजी चन्दन उपहार स्वरूप प्रदान गरे। भारत सरकारको सहयोग अनुदानमा पशुपतिनाथ मन्दिर धर्मशाला निर्माण गरिने पनि घोषणा गरियो। पशुपतिनाथ मन्दिर परिसरको पुराना धरोहरहरूको संरक्षण गर्न भारत सरकारले सहयोग गर्ने साथै पशुपतिनाथ परिसरको सर-सफाईको निम्ति पनि सहायता प्रदान गर्ने घोषणा गरियो। 
१७. भारत सरकारद्वारा जनकपुर, बराह क्षेत्र अनि लुम्बिनीको विकाससहित नेपाल सरकारको विशेष प्रस्तावअनुरूप लुम्बिनीलाई भारतको बौद्ध तीर्थचक्रसँग जोड्न सहयोग गर्ने घोषणा गरियो। 
१८. भारत सरकारले भारतको विभिन्न संस्थानमा अध्ययनरत नेपाली विद्यार्थी अनि विशेषज्ञहरूका लागि आइटीईसी अनि कोलोम्बो योजनाको कोटा १८० बाट बढाएर २५० बनाउने पनि घोषणा गरियो। नेपाल-भारत मैत्री शिक्षा कार्यक्रम अन्तर्गत भारतको प्रतिष्ठित विश्‍वविद्यालयहरू जस्तै बनारस, कलकत्ता अनि दिल्ली विश्‍वविद्यालयहरूमा नेपाली विद्यार्थीहरूको निम्ति लघुकालीन अध्ययन भ्रमण उपलब्ध गराउने घोषणा गरियो।
१९. दुवै प्रधानमन्त्री पञ्चेश्‍वर विकास प्राधिकरणको विचाराधीन विषयसम्बन्धी विनिमय पत्रमा हस्ताक्षरको साक्षी बने। दुवै सरकारले ६ महिनाभित्र प्राधिकरण गठन गरी पञ्चेश्‍वर विकास प्राधिकरणको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिँदै एक वर्षभित्र परियोजना शुरु गर्ने निधो गरे। दुवै पक्षद्वारा गलगण्ड नियन्त्रण तथा दूरदर्शन अनि नेपाल टेलिभिजनबीच सहकार्य सम्बन्धी समझदारीमा हस्ताक्षर गरियो। 
२०. दुवै प्रधानमन्त्रीद्वारा सम्बन्धित प्राधिकरणलाई नेपाल लगानी बोर्ड अनि भारतको जीएमआर समूहबीच माथिल्लो कर्णाली जलविद्युत परियोजनाको निम्ति परियोजना विकास समझदारीको निम्ति ४५ दिनभित्र कुरालाई निष्कर्षमा पुर्याउन निर्देशित गरियो। यसका साथै ऊर्जा क्षेत्रमा कारोबार सम्बन्धी अन्य विषयबारे कुराको छिनोफानो ४५ दिनभित्र पूरा गर्न निर्देशित गरे। अरुण-३, माथिल्लो मर्स्याङदी अनि तामाकोशी -३ को निम्ति तीनवटा पीडीए चाँडै पूरा गर्नमाथि जोड दिए। यस आकारका परियोजनाको विकास नेपालको अपार जलविद्युत क्षमता विकासको निम्ति प्रेरक बन्ने कुरामाथि उनीहरूले बल दिए। 
२१. नेपाली पक्षको आग्रहमा भारतीय पक्षद्वारा पूर्व-पश्‍चिम राजमार्गलाई सुगम बनाउन महेन्द्रनगरस्थित महाकाली नदीमा मोटर गुड्ने पुल निर्माणको आश्‍वासन दिइयो, जसले नेपालको पश्‍चिमी इलाकालाई उत्तर प्रदेश, दिल्ली अनि उत्तराखण्ड जस्तो भारतीय शहरसँग यातायात सुगम बनाउन सघाउ पुर्याउनेछ। भारतीय पक्षद्वारा झुलाघाट अनि दार्चुला जस्तो सीमा क्षेत्रमा पनि मोटर गुड्ने सडक निर्माण गर्ने तय गरिएको जानकारी गराइयो। 
२२. नेपाल सरकारद्वारा पूर्व क्षेत्रअन्तर्गत मध्य पाहाडी राजमार्ग, जस्तै चिवाभञ्ज्याङ-गणेशचौक-६१ किमि., जोर्साल-तामोर-सङ्क्रान्ति-३५ किमि., सङ्क्रान्ति-म्याङलुङ-६८ किमि., भोजपुर-दिक्तेल-८८ किमि., हलेसी-हिलेपानी - ४० किमि., घुर्मी-खुरखोट-६० किमि. -को काम पूरा गर्न सहयोगको अनुरोधलाई भारत सरकारले  सकारात्मक रूपमा विचार गर्ने बताएको छ। 
२३.  दुवै प्रधानमन्त्रीद्वारा चालू रक्षा सहकार्यप्रति सन्तुष्टि व्यक्त गरियो। यस परिप्रेक्ष्यमा नेपाली पक्षद्वारा नेपाल सरकारद्वारा रक्षा खरिदको सम्बन्धमा भारतलाई तिर्नुपर्ने  बक्यौती मिनाहा गर्न आग्रह गरियो। 
२४. द्विदेशीय आर्थिक सहकार्य अन्तर्गत कैयौं परियोजनाको कार्यान्वयन सुस्त रहेकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीद्वारा सक्षम प्राधिकारीलाई चालू साथै भावी परियोजना द्रूत गतिमा कार्यान्वयन गर्न निर्देशित गरियो। 
२५.  दुवै प्रधानमन्त्रीद्वारा सक्षम प्राधिकारीलाई डाक सडक अनि सहायक सडकको पहिलो चरण (तराई सडक) निर्माण चाँडो पूरा गर्न निर्देशित गरियो। यसका साथै दोस्रो चरण वर्ष दिनभित्र शुरु गर्न निर्देशित गरियो। भारतीय पक्षद्वारा भारतको वित्तीय सहायतामा दोस्रो चरणको परियोजना नेपाली पक्षद्वारा कार्यान्वयन गर्न दिने अनुरोध स्वीकार गरियो। 
२६. प्रधानमन्त्रीद्वयद्वारा संशोधित रेल सेवा समझदारी, मोटर वाहन समझदारी, वाणिज्य एवं पारगमनमाथि विनिमय पत्र बीआइपीपीएको सुधारमा हस्ताक्षरको निम्ति काम गर्न निर्देशित गरियो। 
२७.  दुवै प्रधानमन्त्रीद्वारा सबै पाँचवटा चिन्हित सीमा स्थलमा सीमा पार रेल मार्गको निर्माण र चारवटा एकिकृत सीमा चौकी निर्माण गर्न चाँडो कदम चाल्न निर्देशित गरे, जसद्वारा नेपालबाट निर्यातका साथै तेस्रो मुलुकहरूबाट आयात गर्न सुगम हुनेछ। 
२८. नेपाली पक्षद्वारा रक्सौल-अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको प्रथम चरणको परियोजना ग्रहण गर्दै दोस्रो चरणमा काठमाडौंसम्म विस्तार गर्दै पेट्रोलियम उत्पादको ढुवानी सुगम बनाउने अनुरोधलाई स्वीकार गरिएको छ। 
२९. नेपाली पक्षद्वारा भारतसँगको कारोबारमा देखिएको घाटा प्रकाश पार्दै भारतीय प्रत्यक्ष विदेशी निवेश, गैर शुल्क उपायलगायत कृषि उत्पादको निम्ति एसपीएस मानक, उत्पाद विकासमा सहयोग, नेपाली उत्पादको निम्ति उद्गम स्थलको नियममा छूटसहित महसूलमा मिनाहा, मानकहरूको पारस्परिक मान्यता, अनुसारक मूल्याङ्कन तथा प्रत्यायनमा छूटको सुझाउ राखियो। भारतीय प्राधिकारीद्वारा नेपाली वस्त्र, कत्था अनि अन्य उत्पादलगायत नेपाली निर्यात नेपाली पक्षद्वारा प्रतिकारी शुल्कले भारतमा नेपाली निर्यातमाथि प्रतिकूल असर परिरहेको उल्लेख गर्दै हटाउन आग्रह गरियो। यसका साथै नेपाली पक्षद्वारा चारवटा नेपाली वस्तु जस्तै वनस्पति तेल, काँस्य उत्पाद, एक्राइलिक यार्न र जिङ्क अक्साइडमाथि परिमाणात्मक बन्देज हटाउन अनुरोध गरियो। नेपालको अनुरोधमाथि विचार गरिने भारतीय पक्षद्वारा आश्‍वासन दिइयो। भारतीय पक्षद्वारा पनि वाणिज्य घाटालाई नेपालमा जलविद्युतको विकास अनि अतिरिक्त ऊर्जा भारतमा निर्यातद्वारा कम गर्नसकिने जानकारी गराइयो। 
३०. नेपालको पारगमन अधिकारको महत्त्वलाई मान्यता दिँदै दुवै प्रधानमन्त्रीद्वारा पारगमन सन्धि प्रक्रियालाई सरल बनाउँदै आवागमन सुचारू बनाउने दिशामा पहल गर्न सहमति जनाइयो। यसका साथै पोतान्तरण नियमावलीहरू चाँडै कार्यान्वयन गर्न पनि निर्देशित गरियो। 
३१.  नेपाली पक्षद्वारा जनकपुर, भैरवा अनि नेपालगञ्जबाट तीनवटा अतिरिक्त हवाई प्रवेश विन्दुको अनुमति प्रदान गरी पोखरा, भैरवा, लखनऊबीच आञ्चलिक हवाई सेवा सुगम बनाउन अनुरोध गरियो, जसले हवाई यात्रीहरूको समय बचाउनका साथै भारत र नेपालबीच हवाई सम्पर्कमा सुधार आउने अनुरोध गरियो। दुवै प्रधानमन्त्रीद्वारा सम्बन्धित प्राधिकरणलाई ६ महिनाभित्र बैठक गरी यस लगायत सम्बन्धित हवाई सेवा समझदारीको विषय सल्टाउन निर्देशित गरियो। 
३२. दुवै प्रधानमन्त्रीद्वारा संयुक्त आयोगमा सहमत भएको सीमापार सर्वराह लाइनसित सम्बन्धित काम चाँडो पूरा गर्न निर्देशित गरियो। 
३३. नेपाली पक्षको आग्रहमा भारत सरकारले कोशी पम्प कुलो र कोशी पश्‍चिमी कुलो प्रणालीको पुनर्वासका साथै पश्‍चिम गण्डक कुलो प्रणाली लिफ्ट प्रणालीका साथ नेपाली भूमिमा सिञ्चाई सुगम बनाउन पुनर्वास गराउन सहमति जनाएको छ। नेपाली पक्षले परियोजनाको विवरण उपलब्ध गराउनेछ। 
३४. नेपालको सिन्धुपाल्चोकमा आएको भीषण पैह्रोमा ज्यान-धन गुमाउनेहरूप्रति भारतका प्रधानमन्त्रीले सम्वेदना व्यक्त गरेका छन्। दुवै पक्षले भल-बाढीको समस्यासँग जुझ्न समन्वयन र परामर्शलाई अझ दह्रो बनाउने तय गरेको छ। 
३५. भारतका प्रधानमन्त्रीले अनुकूल समय हेर्दै भारतको आधिकारिक दौडाहामा आउन नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा दिएका छन्। नेपालका प्रधानमन्त्रीले सो निमन्त्रणा स्वीकार गरेका छन्। मित तय गरी त्यसबारे जानकारी कूटनीतिक स्तरमा अवगत गराइनेछ।

Related Posts

0 Response to "प्रधानमन्त्रीको नेपाल दौडाहाको क्रममा जारी संयुक्त प्रेस बयान"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.