-->
नरेन्द्र मोदीको नेपाल भ्रमण ..... नरेन्द्र मोदीले आज सविधान सभामा दिए  भाषण

नरेन्द्र मोदीको नेपाल भ्रमण ..... नरेन्द्र मोदीले आज सविधान सभामा दिए भाषण

काठमाण्डु देखी राजेश शर्मा, कालिमन्युज, काठमाण्डु 3 जुलाई । भारतको प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइ बिहान 10 बजेर 53 मिनट जादा आइ पुगे । विहान विशेष सुरक्षा र विशेष विमानबाट काठमाडौं आइपुगेका मोदीले आजै विभिन्न भेटघाट तथा संसदलाई सम्वोधन समेत गरेका छन् ।
निर्धारित समय विहान दश बजेर पचास मिनेटमै मोदी विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलगायत सरकारका वरिष्ठ मन्त्रीहरुले मोदीलाई विमानस्थलमा स्वागत गरेका थिए । उनको सम्मानमा राष्ट्रिय धुनसँगै नेपाली सेनाले उन्नाईस तोपको सलामी अर्पण गरेको थियो । नरेन्द्र मोदीको लागी अग्रिम ब्यवस्था गरिएको विशेष कारबाट उनी विमानस्थलको अति विशिष्ट कक्षमा पुग्दा, उनको स्वागतको लागि प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुभास नेम्वाङ लगायत सरकारका मन्त्रीहरु त्यहाँ उपस्थित थिए । 
विमानस्थलको औपचारिकता र भब्य स्वागतपछि मोदी विशेष सुरक्षाका साथ काठमाडौंको बौद्धस्थित हायात होटलमा पुगेका थिए । होटलमा मोदीले आफूसंग आएका धर्मपुत्र जीतवहादुर मगर उनको परिवारको जिम्मा लगाएका थिए । त्यसपछि मोदीले नेपालका पररराष्ट मन्त्री महेन्द्र पाण्डेले मोदीको भ्रमण तालिकाको वारेमा जानकारी गराएका थिए । सो अवसरमा जलश्रोत, उर्जा तथा मैत्री सम्वन्धका वारेमा पनि छलफल भयो ।
केही वेरको होटल वसाइपछि दिउसो मोदी सिंहदरवार पुगेका थिए । सिंहदरवारमा मोदीले नेपाली समकक्षी सुशील कोइरालासंग भेटवार्ता गरेका थिए । दुई समकक्षीबीच भएको कुराकानीमा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीस्तरिय संझौतामा दुई देशका सरकारी सन्चारमाध्यमबीच सहकार्यका लागि संझौता पत्रमा हस्ताक्षर भएको थियो । सो अवसरमा सुचना आदानप्रदान, पर्यटन, स्वास्थ्य लगायतका विषयमा पनि सम्झौता भएको छ ।
सिंहदरवारपछि अपरान्ह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संविधानसभा भवन नयाँ वानेश्वर पुगेका थिए । जहाँ सभामुख सुवास नेम्वाङले उनको स्वागत गरेका थिए । संविधानसभा भवनमा सभामुख नेम्वाङसंगको केही वेरको औपचारिक भेटवार्तापछि मोदीले नेपालको संसदलाई सम्वोधन गरेका थिए ।
संसदलाई सम्वोधन गरेपछि मोदी पुनः होटल हयाततर्फ गएका थिए । जहाँ अहिले साँझ भारतीय राजदुतावासले उनको स्वागतमा रिसेप्सन राखेको थियो । त्यस लगत्तै मोदी प्रधानमन्त्री सुशील कोइरालाले आयोजना गरेको रात्रीभोजमा सहभागी हुन सोल्टी होटल तर्फ लागेका थिए ।
मोदी आज विहान साढे नौ बजे नयाँ दिल्लीको इन्दिरागान्धी विमानस्थलबाट नेपालका लागि उडेका थिए । नयाँ दिल्लीबाट नेपाल प्रस्थान गर्नु अघि इन्दिरागान्धी विमानस्थलमा भारतका लागि नेपालका कार्यवहाक राजदुत खगराज अधिकारीले मोदीलाई विदाइ गरेका थिए ।।

नरेन्द्र मोदीले आज सविधान सभामा दिए  भाषण
नेपालमा आउन पाएकोमा अत्यन्तै हर्षित छु । धेरै वर्ष पहिले म यहा एक तीर्थालुका रुपमा आएको थिए“ । प्रथमत यति सुन्दर देशमा फेरि फकिर्आएको छु । प्रधानमन्त्री हैसियतमा पुनः आउन पाउदा वास्तवमा मैले भाग्यशाली महसुस गर्छु । यो यस्तो यात्रा थियो मैले प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्ने बित्तिकै आउन चाहन्थे । मेरो प्राथमिकता नेपाल थियो । निमन्त्रणा गरेकोमा सरकार र जनतालाई धन्यवाद दिन्छु । 1 सौ 25करोड भारतीय जनताको शुभकामना लिएर आएको छु । 
तपाई कल्पना गर्नसक्नु हुन्छ कि भोलि मेरो लागि कति महत्वपूर्ण छ । तपाईको सदनमा म पहिलो पाहुना हु जसलाई बोलाउनुभएको छ । यो सम्मान प्रधानमन्त्री मोदीको नभई करोडौ भारतीय जनताका लागि पनि हो । त्यसका लागि म आभारी छु । नेपालसगको सम्बन्ध सदियौ“ पुरानो छ । हाम्रो सम्बन्ध कागजको टुक्रामा नभई जनजनको मनको भावनाबाट बढ्छ । हामी एकै सास लिन्छौ“ ।
सोमनाथदेखि काशी विश्वनाथ हुदै आज पशुपतिनाथको चरणमा आइपुगेको छु । विश्वलाई अचम्मित पार्ने गौतम बुद्धको जन्मभूमिमा म काशीको प्रतिनिधिका रुपमा आएको छु । काशीमा नेपाली पुजारी हुन्छ भने पशुपतिमा भारतीय पूजारी छ । यति अटूट नाता छ । भारतले कुनै लडाइ लडेको छैन जसमा नेपालीको सहभागिता र सहादत नभएको होस् । भारतको स्वाधीनता र स्वाभिमानका लागि नेपालीले मर्न मार्न तयार भइआएका छन् । भारतीय सेनाको एक फिल्ड मार्सलले भनेका थिए, म मर्न कसैसग डराउदिन भन्यो भने झुट हुने छ तर नेपाली सेनाले भनेमा त्यो साचो हो । 
नेपालको लोकतन्त्रमा विश्वास गर्ने विश्वले आज तपाईहरुलाई बढी आशाका साथ हेरिरहेको छ । तपाईहरु संविधान निर्माणको बारेमा चर्चा गरिरहेको हुनुहुन्छ । संविधान निर्माणकर्ताको रुपमा तपाईले यो सौभाग्य पाउनु भएको छ । तपाईको जीवनमा राष्ट्रका लागि संविधान निर्माण गरी नया जीवन दिने काम हुनेछ । यो सौभाग्य तपाईले पाउनु भएकोमा बधाई । संविधान निर्माणको लागि ऋषि मन हुन जरुरी छ । त्यस्तो मन जसले टाढासम्म देख्न र समस्याको अन्दाज गरी समाजलाई सय वर्षसम्म अगाडि बढाउन सक्छ । त्यस्तो कार्यका लागि तपाईलाइ नमन गर्दछु । 
संविधान किताब होइन । संविधानले विगत र वर्तमानलाई जोड्छ । भारतको संविधानले रेगिस्तानदेखि हिमालयसम्मका सवा अर्ब जनताको मनलाई जोड्छ । नेपालीे जनताका लागि मात्रै होइन दुनियाका लागि पनि तपाईहरुको संविधानको उत्तिकै महत्व रहनेछ । तपाईको संविधान नेपालका लागि मात्रै होइन, विश्वका लागि पनि हो । राजा अशोक युद्धपछि शान्तिको खोजी गरे झैं त्यस्तै नेपालमा पनि खराव मार्ग अर्थात बुलेट छाडी जनता शान्तिमा आएका छन । युद्धको यात्रा छाडेर तपाइहरु सदनमा आउनु भएको छ । यो सदनमार्फत यस्तो संविधान बनउदै हुनुहुन्छ जसले कोटिकोटि जीवनको आशालाई भर दिनेछ । नेपाले हिंसामा विश्वास गर्ने, बमबन्दुक र पेस्तोलमा विश्वास गर्नेलाई एउटा नया“ सन्देश दिनेछ ।
युद्धलाइ छाडी बुद्धको माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने सन्देश विश्वलाई बुद्धको भूमिले दिनेछ । संविधान कसको लागि हो ? भारतले प्रारम्भदेखि भन्दै आएको छ कि हाम्रो काम तपाईको काममा दखल गर्ने होइन, आवश्यक परे सहजता प्रदान गरि दिने मात्र हो । तपाईलाई गन्तव्यमा लाने काम भारतको होइन । नेपाल सार्वभौम राष्ट्र हो । नेपाललाइ विश्वले हेरी गौरव गरोस् भन्ने हामी चाहन्छौ । गरिब धनी, शिक्षित, गाउ, सहर सबै नेपालीलाई संविधान आउनु पर्छ सबैलाई सम्बोधन भएको हुनुपर्छ । 
तपाई यस्तो संविधान बनाउनु हुनेछ कि सबै नेपालीले आफनो महसुस गर्न सकोस् । संविधान सर्वजन हिताय सर्वजन सुखाय होस् । संविधानले कहिल्यै तोड्दैन, संविधानले त जोड्छ । त्यसले विवादलाई संवादको माध्यमबाट समाधान तिर लान्छ । संविधानले जोड्ने काम गर्छ तोड्ने होइन । संविधान वर्तमानको दबाबबाट निर्माण हुन हुदैन । भविष्यलाई गहन रुपले सोची भोलीका पुस्तालाई हेरि संविधान बनाइन्छ । आजको कमा, पूर्णविराम पनि आगामी पचास, सय वर्ष सम्म पनि नेपालको लागि मान्य हुनुपर्छ ।
बुद्धको भुमीमा बस्ने तपाईहरु शस्त्र छाडी शास्त्रको भरमा अघि बढने राम्रो काम गर्दै हुनुहुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको कल्पना गरेकोमा भारत स्वागत गर्छ । हाम्रो प्रतिक्षा छ कि यो चाडोभन्दा चाडो पूरा होस् । 
थोरै हावा चलेमा हामीलाइ पनि शितल मिल्छ । यहा तनाव भए हामी शान्त भएर बस्न सक्दैनौ । नेपाली भोको बस्दा म कसरी खुशी हुन सक्छु । तपाईको जस्तै मलाइ पनि कोशीको बाढीको चिन्ता छ । तपाईहरुको चिन्ता मेरो पनि हो । नेपाल जहा बुद्ध जन्मिएका थिए उनले मनको अध्यारो तोडी मानव जातिलाई चेतना दिए । नेपालको पानीको शक्तिले भारतको अन्धकार अन्त्य गर्न सक्छ । तर हामी बिजुली सित्तै चाहदैनौ । खरिद गर्न चाहन्छौ । पानी पनि त्यसै होइन ।
पानी र जवानी कहिल्यै पहाडको काम आउदैन । तर हामीले यो कथन बदल्नु छ । भारत र नेपाल युवाको देश हो । यी नव युवालाई काम दिन सके हामी प्राकृतिक स्रोतको उपयोग गरी विकास मार्ग अगाडि बढ्न सक्छौ । प्राकृतिक स्रोतको बारेमा निर्णय तपाई गर्नुहोस् हामी तपाईलाई साथ दिन तयार छौ ।
यहा पेट्रोलियम पदार्थ पाइपलाइनबाट ल्याउने कुरामा हामी सहयोग गर्छौं । यहाको शिक्षामा पनि छात्रबृत्ति बढाएर बढीभन्दा बढीलाई विद्यार्थी लाभान्वित होस भन्ने चाहन्छु म । लक्ष्मण मुर्छित भएपछि हनुमान यहा“ आएका थिए । हर्बल औषधीको भण्डार रहेको यो राष्ट्रलाई पर्याप्त विकास गर्न सकिन्छ । भारत काधमा काध मिलाइ काम गर्न चाहन्छ । पर्यटनको विषयमा सवा करोड जनता छिमेकी छन् र उनीहर जुन सुकै बेला पनि पशुपति आउन चाहेका हुन्छन ।
यसैगरी पर्यटन क्षेत्रको विकासका लागि नेपालभन्दा राम्रो गन्तब्य अन्य कुनै छैन ।एडभेन्चर पर्यटनका लागि नेपालको हिमालयभन्दा अर्को उपयुक्त कुन ठा“उ हुन सक्छ ? विश्वका लागि नेपालको हिमालको छुट्टै महत्व छ ।
एच्आइटी (हाइवेज, आइवेज र ट्रान्सवेज) तीन वटा कुरामा सहकार्य गर्ने चाहना छ । आज भारतले दिएको छ, अब को दश वर्षमा नेपालले डब्बल सहयोग गरी भारतको अध्यारो अन्त्य गर्नेछ । नेपालले चाडै यस क्षेत्रमा काम शूरु गर्नेछ ।
महाकाली नदीमा पुल बनाउन सके हामीबीच दुरी कम हुने छ । यसैगरी सीमालाई अवरोध होइन, पुल बनाउन चाहन्छौं ।
नेपाल आफै बढ्न सक्नुपर्छ । हामी मिलेर अगाडि बढ्न सक्छौं । मानवजातिको कल्याणका लागि हामी मिलेर काम गरौँ । अमेरिका फोन गर्न सस्तो, नेपालमा महंगो किन भन्ने लाग्छ । नेपालका लाखौ नागरिक भारतमा काम गर्छन् र फोन गर्दा नमस्ते भनी फोन राख्छन् । यो देशका जनताले कम खर्चमा लाइभ कम्युनिकेसन बढाए मात्रै हाम्रोे सम्बन्ध मजबुत हुनेछ । 
मलाई लाग्छ कि सार्क देश मिलेर गरिवीको विरुद्धको लडाई लड्न सक्छौ । हामी सार्क देशको विकास यात्रामा सार्क सेटेलाइट स्थापना गरी लाभान्वित हुन सक्नेछौं ।पछिल्लो 17 वर्षमा हामीबीच भेटघाट हुन सकेन, तर अब म वाचा गर्छु अब त्यस्तो हुनेछैन । म फेरी आउनेछु ।
सार्क सम्मेलन ताका आउदा जनकपुर र लुम्बिनी जानेछु । पञ्चेश्वर परियोजनालाई एक वर्षभित्र काम अगाडि बढाउनेतर्फ लाग्नेछौं । पाच गुणा बढी विजुलीले नेपाललाई ठूलो राहत मिल्ने छ । हर्बल मेडिसिन जस्तै अर्गाेनिक कृषिको पनि नेपालमा प्रसस्त सम्भावना छ । अर्गेनिक खेतीको क्षेत्रमा सिक्किमले ठुलो फडको मारेको छ । नेपालमा पनि त्यसका लागि हामी मद्दत गर्ने छौं ।
अहिले भारतमा किसानको लागि कस्तो औषधी, मल चाहिन्छ भनी काम गरे जस्तै नेपालका किसानलाई पनि आधुनिक र वैज्ञानिक बनाउन हामी उपयोगी हुन सक्छौ ।
नेपाललाई 10 हजार करोड सहुलियतपूर्ण ऋण दिने घोषणा गर्न चाहन्छु । तपाई सही लगानी गर्नुहोस । थप किस्ता पनि आउनेछ ।
अहिले विश्वले तपाईलाई हेरिरहेको छ । ऋषि मन र शास्त्रको बाटोमामा लागेकामा सयौं वर्षसम्म पनि तपाइहरुलाई सबैले सम्झने छ । भगवान बद्धको भूमिमा विचार र संकल्पको कमी छैन । म यही भन्छु भारत नेपाल मैत्री सम्बन्ध युगयुग रहोस्, हिमालभन्दा बढी अग्लो होस।

0 Response to "नरेन्द्र मोदीको नेपाल भ्रमण ..... नरेन्द्र मोदीले आज सविधान सभामा दिए भाषण"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.