सडक दुर्घटनाका शिकारहरूलाई नगदबिना उपचार
पीआइबी, नयाँ दिल्ली, २८ अगस्त। केन्द्रिय सडक परिवहन तथा राजमार्गले सडक दुर्घटनाका शिकारका लागि नगदरहित उपचार गराउन दुइवटा अग्रगामी परियोजनाको निम्ति समझदारी पत्रमा हस्ताक्षर गरेको छ। परियोजना अन्तर्गत बडोदरा-मुम्बईबीच राष्ट्रिय राजमार्ग ८ अनि राँची-राडगाउँ-महुलिया (जमशेदपुर) बीच राष्ट्रिय राजमार्ग ३३ यसमा सामेल छ। केन्द्रिय सडक परिवहन तथा राजमार्ग मन्त्री नीतिन गडकरीको उपस्थितिमा यो समझदारीमा हस्ताक्षर गरिएको हो। परियोजना अन्तर्गत १०३३ निःशुल्क नम्बर उपलब्ध गराइएको छ जहाँ सातै दिन, २४ घण्टा यी राजमार्गको कुनै पनि भेकमा दुर्घटनाको सम्बन्धमा कल गर्नसकिनेछ। यसका साथै दुर्घटनाका शिकारलाई नजिकको अस्पतालसम्म पुर्याउन प्रत्येक २५ किलोमिटरको दूरीमा जीपीएसयुक्त एम्बुलेन्स तैनाथ रहनेछ। यदि निजी अस्पतालमा भर्ना गर्नुपरे, प्रथम ४८ घण्टासम्म ३० हजार रुपियाँको सीमासम्म नगदरहित उपचार प्रदान गरिनेछ। एउटा समझदारी इफको टोकियो जेनरल इन्सुरेन्स कम्पनी लिमिटेडसँग बडोदरा मुम्बई राजमार्ग ८ को निम्ति र अर्को आइसीआइसीआइ लोम्बार्ड जेनरल इन्सुरेन्स कम्पनीसँग राँची-राडगाउँ-महुलिया राजमार्ग ३३ को निम्ति गरिएको छ।
सडक परिवहन तथा राजमार्ग मन्त्रालयले भारी उद्योग विभागलाई सडक उपकरबाट यी दुइ राजमार्गमा हुने सडक दुर्घटनाको वैज्ञानिकतम् जाँचको निम्ति धनराशि उपलब्ध गराउन अनुरोध गरेको छ। भारी उद्योग विभागले गुडगाउँ-जयपुर राजमार्गमा यसै प्रकारको जाँच कार्य गर्दै आएको छ। भविष्यमा यस प्रकारको दुर्घटनाको सङ्ख्या घटाउन जाँचको परिणाम वाहनको अभिकल्पमा सुधार, सडकको ज्यामितीमा सुधार ल्याउन उपयोग गरिनेछ।
सडक परिवहन एवं राजमार्ग मन्त्रालयले सोही प्रकारको परियोडना गुडगाउँ-जयपुर राजमार्ग ८ मा आइसीआइसीआइ लोम्बार्डको सहयोगमा गत वर्षको जुलाईदेखि कार्यान्वयन गर्दैआएको छ। परियोजना अन्तर्गत ३१ जुलाई, २०१४ सम्म ३०११ जना दुर्घटनाका शिकार लाभान्वित बनिसकेका छन्। गुडगाउँ-जयपुर परियोजनामा दुर्घटना स्थलमा एम्बुलेन्स पुगी घाइतेहरूलाई नजिकको अस्पताल पुर्याउन औसत २० मिनट लाग्ने गरेको छ। यसमा केही सुधार ल्याउँदै घटना स्थलमा ८ मिनटमा पुग्ने र १५ मिनटभित्र अस्पताल पुर्याइसक्ने बनाइएको छ। परियोजनाको सफलतालाई ध्यानमा राख्दै यो दुइवटा राजमार्गमा पनि यो शुरु गरिएको हो।
यी तीनवटा अग्रगामी परियोजना तथ्याङ्कहरू सङ्कलन गरी दुर्घटनाका शिकारलाई महत्त्वपूर्ण घडीमा समुचित चिकित्सा उपलब्ध गराउनका साथै सडक दुर्घटनाका शिकारलाई देशव्यापी रूपमा नगदरहित उपचार उपलब्ध गराउन विस्तार गर्न परिलक्षित छ। प्रारम्भिक रूपमा सफलतापछि आज यी दुइ परियोजना केन्द्रिय सडक परिवहन एवं राजमार्ग मन्त्रीद्वारा राष्ट्रलाई समर्पण गरिएको छ।
0 Response to "सडक दुर्घटनाका शिकारहरूलाई नगदबिना उपचार"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.