६८ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा लाल किल्लाको प्राचीरबाट राष्ट्रलाई सम्बोधन ‘राष्ट्रिय चरित्र निर्माण गर्ने अवसर हो’
- भारतीयहरूलाई सशक्त तुल्याउन डिजिटल पूर्वाधारलाई प्राथमिकता
- अक्टोबर २ को दिन स्वच्छ भारत पहल शुरु गरिने
यस वर्षभित्र सबै स्कूलमा शौचालय निर्माण गरिने
- संसद आदर्श ग्राम योजना शुरु गरिने
- योजना आयोगको स्थानमा नयाँ संस्थान स्थापित गरिने
प्रधानमन्त्री नरेन्द्र मोदीले आज नागरिकहरूलाई राष्ट्रिय चरित्र निर्माणको निम्ति योगदान दिन अपील गरे। प्रथमपटक लाल किल्लाको प्राचीरबाट ६८ औं स्वतन्त्रता दिवसलाई सम्बोधन गर्दै उनले राष्ट्रिय हितमा आफ्नो कार्य अनि गतिविधिले कतिको योगदान पुर्याउन सक्दछ भन्ने कुराको आत्म आलोचना गर्नुपर्ने बताए। सबै कार्य राष्ट्र हितमा हुनुपर्ने तथा त्यसलाई राष्ट्र निर्माण तर्फको योगदानको रूपमा लिनुपर्ने प्रधानमन्त्रीले आहवान जनाए।
स्वतन्त्रता दिवसको अवसरमा देशवासीलाई अभिवादन टक्राउँदै आफूले ‘प्रधानमन्त्री’को रूपमा नभएर ‘प्रधान सेवक’को रूपमा देशवासीलाई सम्बोधित गरिरहेको बताए।
आम जनतालाई सशक्त तुल्याउनका साथै भारतीय युवा जमातको क्षमतश प्रवर्तित गर्ने अनेकौं घोषणा पनि प्रधानमन्त्री नरेन्द्र मोदीले गरे।
प्रमुख नयाँ योजनामध्ये वित्तीय समावेशन कार्यक्रम तथा ब्याङिक् सेवासम्म सर्वव्यापी रूपमा पहुँच सुनिश्चित गर्नु लगायत प्रधानमन्त्रीले प्रधानमन्त्री जनधन योजना पनि घोषणा गरे जसले गरीब परिवारलाई ब्याङ्क् खाताका साथमा एक लाख बराबरको बीमा अनि डेबिट कार्ड प्रदान गरिने बताए।
राष्ट्रव्यापी ‘सीप भारत’ आन्दोलन शुरु गरिने जसले सुनिश्चित रोजगारको निम्ति कौशल बढाउनमाथि ध्यान दिने। यसका साथै प्रधानमन्त्रीले पश्चिमी मुलुकका निर्माताहरूलाई आट्ठान जनाउँदै ‘भारत निर्माणको निम्ति आमन्त्रण’को परिकल्पना पनि घोषित गरे, जसले भारतीय उद्योग जगतको विकास अनि वृद्धिमा टेवा पुर्याउनेछ। भारतीय युवाहरूलाई आफ्नो उद्यमी जोश प्रवर्तित अनि उजागर गर्दै भारतद्वारा आयात गरिने कैयौं वस्तुको विनिर्माणमा योगदान पुर्याउन आहवान गरे। भारतलाई श्रेष्ठताको पर्याय बनाउन उनले अपील गरे।
डिजिटल पूर्वाधार नागरिकहरूको उत्थान अनि सशक्तिकरणका लागि प्राथमिकता रहेको कुरा रेखाति गर्देै आफ्नो सरकार डिजिटल भारत निर्माणको निम्ति प्रतिबद्ध रहेको जसले समयबद्ध अनि प्रभावी तरिकाले नागरिकहरूलाई सूचना अनि सेवा उपलब्ध गराउने बताए।
स्वच्छतामाथि विशेष जोड दिँदै प्रधानमन्त्रीले यसै वर्षको २ अक्टोबरको दिन स्वच्छ भारत अभियान शुरु गरिने र यसलाई महात्मा गान्धीको १५० औं पुण्यतिथिमा पूरा गर्ने सल्प रहेको पनि बताए। यसै सम्बन्धमा प्रधानमन्त्रीले स्वच्छ भारतको निम्ति प्रथम पहल अन्तर्गत स्कूलहरूमा शौचालय र विशेष गरी बालिकाहरूका लागि अलग शौचालयको प्रावधान यसै वर्षसम्म उपलब्ध गराउने प्रतिबद्धताका साथ शुरु गरिने जनाए।
प्रधानमन्त्रीद्वारा सांसद आदर्श ग्राम योजनाको पनि घोषणा गरियो, जस अन्तर्गत प्रत्येक संसद सदस्यलाई आफ्नो निर्वाचन क्षेत्रमा कम्तिको पनि एउटा आदर्श गाउँ २०१६ सम्म पूरा गर्न अनुरोध गरिनेछ। यस योजनाको निम्ति सम्पूर्ण परिकल्पना जयप्रकाश नारायणको पुण्यतिथिको अवसरमा ११ अक्टोबरको दिन घोषणा गरिने जनाए।
योजना आयोगको स्थानमा नयाँ संस्थान स्थापित गरिने पनि प्रधानमन्त्रीद्वारा घोषणा गरियो। नयाँ संस्थानले राष्ट्रको सङ्घीय अवधारणालाई सम्मान गर्ने उनले जोड दिए।
संसदको सकारात्मक सत्र सम्पन्न हुनसकेकोमा प्रतिपक्षका साथ सबै संसद सदस्यप्रति आभार व्यक्त गर्दै आफ्नो सरकार आम सहमतिको आधारमा अघि बढ्ने कुरामा विश्वास गर्ने बताए। आफूले प्रधानमन्त्रीको पदभार सम्हाले उपरान्त केन्द्र सरकारको कार्य संस्कारमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दै त्यस्तो समाचार सुन्न पाउनु आश्चर्यको कुरा रहेको कारण कर्मनिष्ठाका साथ काम गर्नु सरकारी सेवकहरूको कर्तव्य रहेको बताए। यस प्रकारको समाचार उजागर हुनुले सामूहिक जिम्मेवारीबोध अनि मापदण्ड कति निम्न स्तरको थिएछ भन्ने कुरा दर्शाउने बताए। ‘मेरो के, मलाई के’ भन्ने जस्तो स्वार्थी मनोभावना समाजले त्याग्नुपर्ने पनि उनले आट्ठान जनाए।
पदभार सम्हालेपछि विभिन्न सरकारी मन्त्रालय अनि विभागबीच विवाद अनि अकर्मण्यता देख्दा आफू स्तब्ध बनेको उेख भारत सरकार एकत्रित एकाइको रूपमा नभएर एक एकाइको रूपमा काम गर्ने किसिमको बनाउन यस मामिलाको निर्क्योल निकाल्ने उनले आश्वासन दिए। राष्ट्रलाई अग्रगामी दिशामा अग्रसर गराउन विकास अनि सुशासन मात्र दुइ कुरा रहेको उनले बताए।
देशमा बढ्दो बलात्कारका घटनाहरूप्रति खेद व्यक्त गर्दै परिवारमा छोरीहरूलाई धेरै प्रश्न गर्ने गरिएको तर अब अभिभावकहरूले आफ्ना छोराहरूलाई पनि त्यस्तै प्रश्न गर्नुपर्ने र उनीहरूको गतिविधिमाथि नजर राख्नुपर्ने बताए। बलात्कारी पनि कसैको छोरा रहेको उल्लेख गर्दै आतंकवाद अनि उग्रवादको मार्गमा अघि बढिरहेका दिग्भ्रमित युवाहरूलाई पनि हिंसा त्यागी राष्ट्रिय मूलधारामा फर्की आउन उनले अपील गरे।
भारतलाई ‘जगत् गुरु’को रूपमा हेर्न चाहने ऋषि अरोविन्दो अनि स्वामी विवेकानन्दको सपना रहेको उेख गर्दै ती महापुरुषहरूको यस परिकल्पनालाई साकार तुल्याउन सबै भारतवासीलाई उनले आहवान जनाए।
0 Response to "६८ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा लाल किल्लाको प्राचीरबाट राष्ट्रलाई सम्बोधन ‘राष्ट्रिय चरित्र निर्माण गर्ने अवसर हो’"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.