-->
Connecting the Likhubhir Teesta road on war footing...राष्ट्रिय राजमार्गमा यातायात सुचारू गर्न बेली ब्रिज निर्माण ..17 जुलाई 5 बजेदेखी राजमार्ग खुल्ला राखिने।

Connecting the Likhubhir Teesta road on war footing...राष्ट्रिय राजमार्गमा यातायात सुचारू गर्न बेली ब्रिज निर्माण ..17 जुलाई 5 बजेदेखी राजमार्ग खुल्ला राखिने।

डी के वाइबा, दैनन्दिनी समाचार, कालिमन्युज, 16 जुलाई 2014 । राष्ट्रिय राजमार्ग 31 ए मा यातायात सुचारू गर्न बेली ब्रिज निर्माण युद्ध स्तरमा चलिरहेकोछ । बेली ब्रिज आज रातीसम्ममा पूर्ण हुने बीडीआरएफबाट् जानकारी प्राप्त भएकोछ। यस पुल भएर 40 टन बजन बोकेका वाहनहरू मात्र गुड्न पाउनेछन। अन्य वाहनहरुले अन्य वैकल्पीक मार्ग भएर चल्नुपर्नेछ। 40 टन भन्दा बेसी बजन बोक्ने वाहनहरूलाई अझ 15 दिनसम्म रोक लाग्नेछ ।
भोली 17 जुलाई 5 बजे विहानदेखी यस राजमार्गलाई खुल्ला राखिनेछ। 


डी के वाइबा, दैनन्दिनी समाचार, कालिमन्युज, 16 जुलाई 2014 । सिक्किम राज्यको एकमात्र जीवन रेखा मानिने 31 ए राष्ट्रिय राजमार्गको अवस्था सोंचनिय बनेको छ। यहाँको लिखुभिरमा पैह्रो गएको कारण सिक्किम राज्यको सम्बन्ध सिलगडीसंग बिच्छिन्न हुने सम्भावना बृद्धि भएको छ। बिशेष गरेर 27 माईलमा टिस्टा जलबिद्युत परियोजनाको कारण अहिलेघरी टिस्टाको जलस्तर बृद्धि भएको छ। 
यसैक्रममा टिस्टाको जलस्तर बृद्धि भएर लिखुभिरमा राष्ट्रिय राजमार्ग टिस्टामा बिलिन हुँदै गईरहेको छ। यसरी पैह्रो गएर राजमार्ग नदीमा डुब्दै गरेको घट्नालाई केन्द्र गरेर आज लिखुभिरमा एउटा अस्थायी बेली ब्रिज निर्माणको कार्य गरियो। गत केहीदिनको लगातार वर्षाको कारण लिखुभिर भएर वाहनहरुको चलाचल पूर्णरुपले बन्द रहेको थियो। उक्त पैह्रो गएको ठाउँमा आज बेली ब्रिज निर्माण गरिने कार्यले गर्दा आज कालेबुङबाट सिलगडी जाने वाहनहरु लाभा, मङ्पू अनि दार्जीलिङ हुँदै गएको थियो भने सिक्किमबाट सिलगडी जाने वाहनहरू लेप्चु पेशोक, मङ्पू हुँदै जाने कार्य भएको थियो। 
अर्कोतर्फ राष्ट्रिय राजमार्गलाई सुचारु गर्न आज बोर्डर रोड अर्गनाईजेसनका कर्मीहरू बिहानै देखी लागीपरेका थिए। यस अवसरमा बीआरडीएफ कमाण्डर नविन कुमार, लगायत सेनाका ईञ्जिनियरिङ बिभागका कर्मीहरु पनि उक्त बेली ब्रिज निर्माणमा युद्ध स्तरममा लागी परेका थिए। उक्त बेली ब्रिज 60 फिट लामो छ जसमा 6 वटा प्यानल राखिएको छ। पूल पूर्ण रूपमा निर्माण भएपछि प्रायः भारी ट्रकहरू पनि हिँड्न सक्नेछन। यद्यपि, 40 टनसम्म भारी भएको ट्रकलाई कुद्ने अनुमति दिइएको छ। यद्यपी धेर भारी भएका गाडीहरूलाई भने अझ लगभग 15 दिनसम्म रोक लगाउनसक्ने कुमारले बताएका छन्। 
 यता आजको बन्दमा चालकहरूले बदमाशी गर्दै यात्रीहरूलाई असुविधामा पारेको गुनासो पनि अघि आएको छ। राजमार्गमा आज बेली ब्रिज निर्माण गरिने कुरालाई मध्यनजर 24 घण्टा उक्त बाटोभएर वाहनहरूको चलाचल बन्द हुने घोषणा गरे पनि कतिपय चालकवर्गले भने यात्रेहरुलाई कुनै जानकारी नगराई पैह्रोग्रस्त ठाउँमा ल्याएर छोडी दिएको गुनासोहरु अघि आएको छ। 
यसक्रममा आसामबाट कुनै विशेष कामले गान्तोक गइरहेका पाचजनाको टोलीलाई राजमार्ग बन्द भएकोबारे जानकारी थिएन। उनीहरू सिलगढीबाट गाडी चडेर राजमार्ग हुँदै आउँदा अघिको बाटो बन्द रहेको भन्दै चालकहरूले आधा बाटोमा नै उतारिदिएकोले आफूहरू अलपत्र परेको राजिव दत्तले बताए। 
अर्कोतर्फ यसअवधि कोलकाताबाट आएकी ममता चौधरीले सडक भत्किएको तीन किलोमिटर टाडादेखि नै बाहनहरू अघि बढ्न नदिएको अनि प्रशासनले यात्रीहरूको असुविधालाई अनदेखा गरेको आरोप लगाइन्। आफू विरामी भएको कारणले गर्दा विभागका अधिकारीहरूसित गाडी अघि बढाउने आग्रह गर्दासमेत आफ्नो पतिसित अभद्र व्यवहार गरेको उनले आरोप लगाइन्।

Dainandini News, KalimNews, 16 July 2014: BRO personnel and manual workers and technical experts are working on war footing to constryct a bailey bridge at Likhubhir about 18 km away from Kalimpong. The road is delinked due to a cave- in and to reconnect it the bridge is being constructed. It is more or less confirmed that by the night of 16th July it will be in operable condition and vehicles weighing or carrying goods upto 40 tonne . vehicles carrying more than this will have to take alternative routes. This prohibition will continue for a fortnight. The road will be open from 5 am of 17th July.   

0 Response to "Connecting the Likhubhir Teesta road on war footing...राष्ट्रिय राजमार्गमा यातायात सुचारू गर्न बेली ब्रिज निर्माण ..17 जुलाई 5 बजेदेखी राजमार्ग खुल्ला राखिने।"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.