
छैटौँ अनुसूचीको मागमा गोरामुमोको जुलुस

डी के वाइबा, कालिमन्युज, कालेबुङ 5 जुलाई 2014। केन्द्र सरकारले छैटौँ अनुसूचीको मुद्दा लोकसभा अनि राज्यसभामा पारित नगरेसम्म दार्जीलिङ पहाडमा पुन: दागोपाप लागु गर्नुपर्ने गोरामुमो पार्टीले माग गरेको छ।
गोरामुमो कालेबुङ ब्राञ्च कमिटिले आज एउटा जुलुस निकालेर जीटीएले गोर्खाहरुको सुरक्षा र अस्तित्व बोक्न नसक्ने दाबी गर्दै छैटौँ अनुसूचीले मात्र गोर्खाहरुको सुरक्षा सुनिश्चित हुने दाबीमा नाराबाजी लगाए। यहाँको टाउनहल परिसरबाट शुरु भएको उक्त जुलुसले छैटौँ अनुसूचीको माग गर्दै सरकारले छैटौँ अनुसूचीको बिल पारित नगरेसम्म एकमात्र संवैधानिक ग्यारेण्टी भएको दागोपाप जीटीएको सट्टामा प्रयोग गर्न पर्ने गोरामुमो समर्थकहरुले माग गर्दै नाराबाजी लगाएका थिए।
जुलुसले बिभिन्न नाराबाजी संगै शहर परिक्रमा गरेपछि यहाँको डम्बर चौकमा आईपुगेर समापन भएको थियो। यस अवसरमा पार्टी समर्थकहरुलाई सम्बोधन गर्दै गोरामुमो कालेबुङ ब्राञ्च कमिटिका अध्यक्ष मौरिस कालिकोटेले 22 अगष्ट 1988मा सम्झौता भएको दागोपाप एकमात्र संवैधानिक ग्यारण्टी भएको व्यवस्था रहेको बताउँदै जीटीए संवैधानिक व्यवस्था नभएको कारण यसले गोर्खाहरुको सुरक्षा गर्न नसक्ने दाबी गरे।
“दागोपाप भारतको संविधानमा लेखिएको व्यवस्था हो। यसलाई कसैले खारेज गर्न सक्दैन। नफल्ने बनतरुल भनेर ढाँट्नेहरूले जनतालाई धेर ढाँट्न हुँदैन। जनताले ढाँटेको थाह पाए झिटीमिटी बोकेर भाग्न भ्याउँने छैन” मौरिस कालिकोटेले भने।
यसक्रममा तिनले अब गोरामुमो पार्टीले छैटौँ अनुसूचीको मागमा धारावाहिक कार्यक्रम अघि बडाउँने पनि बताएका छन। यसक्रममा तिनले कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले ‘छैटौँ अनुसूची नफल्ने बनतरुल’ भनेको बिषयमा टिप्पणी गर्दै गोजमुमोले सबै गोरामुमो पार्टीको मुद्दा चोरेको बताए।
“डा हर्कबहादुर छेत्रीलाई जनताले बिधानसभामा जङ्गल काट्यो र घर भत्कायो भन्ने बिषयमा बोल्न पठाएको होईन। तिनलाई गोर्खाल्याण्डको कुरा उठान गर्न पठाएको हो। यसकारण गोर्खाल्याण्डको कुरा उठाउँनुपर्छ” मौरिस कालिकोटेले बिधायक डा हर्कबहादुर छेत्री प्रति कटाक्ष गर्दै भने।
0 Response to "छैटौँ अनुसूचीको मागमा गोरामुमोको जुलुस"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.