एनबीएसटीसी बन्द सेवा हुने अवस्थामा
29 Jul 2014
Comment
डी के वाइबा, कालिमन्युज, कालेबुङ 29 जुलाई 2014। गोर्खाल्याण्डको मागमा सम्पूर्ण दार्जीलिङ पहाड बन्द डाकेको समय पहाडमा एनबीएसटीसी कुदाउँने बिभागले पहाड खुल्ला भएको समय भने बस सेवा प्रदान गर्न नसक्ने भएको छ। उत्तरबङ्गाल राष्ट्रिय परिवहन निगमको बस सेवा कालेबुङबाट अब चाँडै बन्द हुने स्थितिमा पुगेको छ।
कालेबुङमा अवस्थित एनबीएसटीसीको डिपोमा कर्मचारीहरूको कमीले बस सेवा बन्द हुने स्थितिमा पुगेको हो। कालेबुङबाट एनबीएसटीसीको बस सेवा सिलगडी, जयगाउँ बिहानदेखी बेलुकी सम्म बिभिन्न समयमा कुद्ने गरेको छ। तर अहिलेघरी भने कर्मचारीवर्गको कमीले दिनमा केवल एउटा मात्र बस परिचालन हुँदै आईरहेको जानकारी प्राप्त भएको छ। जसको कारण दैनिक यात्रीहरूले समस्या भोग्न पर्दै आईरहेको छ। यसभन्दा अघि कालेबुङ डिपोबाट सिलगड़ी, पानीट्याङ्की, झोलुङ, जयगॉंउ अनि एनजेपीको निम्ति राज्य परिवहन निगमको बससेवा उपलब्ध थियो। नियमित रुपले चल्ने उक्त बस सेवाको कारण दैनिक यात्रिहरूले सुबिधा प्राप्त गरोइरहेका थिए भने अहिलेभने बिभागले कर्मचारीवर्गको अभावमा केवल सिलगडीसम्मको बस सेवा मात्र परिचालन गर्न सकिरहेको छ।
यस बिषयमा कालेबुङ बस डिपोमा बसमा कन्डक्टरको अभाव रहेको सचिन खातीले बताए। कण्डक्टरहरूका अभावमा जयगाउँ, एनजेपी, पानीट्याङ्की,झोलुङ आदि स्थानहरूमा चल्ने बससेवा अघिबाटै ठप्प भइसकेको छ भने सिलगड़ी जाने बससेवा ठप्प हुने स्थितिमा रहेको तिनले अझ बताएका छन। किनभने हाल कार्यरत कर्मचारीले अघिबाटै छुट्टीको आवेदन गरेको कारण तिनलाई छुट्टी दिनपर्ने भएको छ। हाल कार्यरत कर्मचारीहरुलाई छुट्टी अनुमोदन गर्न साथै एकमात्र सञ्चालन हुँदै आएको बस सेवा पनि पूर्णरूपले ठप्प हुन सक्ने तिनको भनाई रहेको छ।
अर्कोतिर राज्य परिवहन निगमको बससेवा कालेबुङमा बन्द हुने अवस्थामा पुगेको बिषयमा कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीसित प्रश्न गर्दा उनले उक्त विषयमा सम्बन्धित बिभागसंग कुराकानी गर्न बताएका छन। यस समबन्धमा आफूलाई जानकारी नभएको बताउँदै आज आफू कोलकोता प्रस्थान भईरहेको अनि यसबारे सम्बन्धित मन्त्रालय र अधिकारीवर्गलाई कुरा उठाउँने बताए।
स्मरण रहोस दार्जीलिङ पहाडमा गोजमुमो पार्टीले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्दा आखिरमा तृणमूल सरकारले बन्दको समयमा पनि एनबीएसटीसी बस परिचालन गरेको थियो। जनतालाई सुबिधा प्रदान गर्न सरकारले आन्दोलनको समयमा पुलिस बल तैनाथ गरेर सेवा प्रदान गरे पनि अहिलेघरी भने सम्पूर्ण दार्जीलिङ पहाडमा शान्ति शृङ्खला कायम हुँदा भने यता सरकारले जनतालाई सेवा प्रदान गर्ने एनबीएसटीसी भने बन्द हुने अवस्थामा पुगेको छ।
0 Response to "एनबीएसटीसी बन्द सेवा हुने अवस्थामा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.