-->
शहिदको आँशु र् गोर्खाल्याण्डको सपना

शहिदको आँशु र् गोर्खाल्याण्डको सपना

राजेश शर्मा, कालिमन्युज : गोर्खाल्याण्ड गोर्खा जातीलाई एकताको सुत्रमा बाध्ने मुलमंत्र हो, यसैको नाउमा गोर्खा राष्ट्रीय मुक्ती मोर्चाको जन्म दिएर सुवास घिसिङले सन् 1986 मा छुट्टै राज्यको आन्दोलनले प्राम्भ गरेका हुन। गोर्खाहरुलाई जाती प्रति माया गर्ने छुट्टै राज्यको सपना देखाएर् आफ्नो ज्यान सम्म दिन पछि नहट्ने घिसिङ्ले बनाएका थिए।
27 जुलाई 1986 को दिन कालेबुगको मेला ग्राउण्ड्मा भएको घटना र धेरै जना एकैसाथ शहिद भएको इतिहासलाई कसैले भूल्न सक्तैन । यसै दिनको घटनाले गोर्खाहरुमा गोर्खल्याण्डको मांगलाई फते बनाउने सपना झन उर्लिएर आएको हो। डुवर्स,लगायत पहाड़का गोर्खाहरुले आफ्नो ज्यानको आहुति दिदा 1200 जना शहिद भए। यसैको फलस्वरुप 22 अगस्त 1988मा सुवास घिसिङले पहाड़को तिनवटा महकुमालाई लिएर दार्जीलिङ गोर्खा पार्वतीय परिषद(दागोपाप) गठन गरेर लग-भग 21 बर्ष शासंन गरे। 
पुन 5 दिसम्बर् 2005 मा सुवास घिसिङले छैटौ अनुसुचि गठन गर्न आवस्यक छ भनि अर्को आयाम थप्ने कोशिष गरे। तर पहाड्मा घिसिङ र छैटौ अनुसुचिको विरोध हुदा बिमल गुरुङको अगुवाईमा 2007 को अक्टुवरमा गोर्खा जनमुक्ती मोर्चा पार्टीको जन्म भयो। 22 बर्ष बोल्न नसकेका गोर्खाहरुलाई एउटै मंचमा ल्याउन र् पुन गोर्खाल्याण्डको माग अघि बडाउन अघि आए। डुवर्स–तराई अनि पहाड़मा पुन प्रारम्भ भएको आन्दोलनले बंगाल सरकारको चिंता बडायो। 
गान्धीवादीको नारामा यो आन्दोलन चलेता पनि 2007 देखी 2011 सम्म पाँच जनाले गोर्खाल्याण्डको सपना पुरा गर्न, बंगालको दासत्वदेखी मुक्ती दिलाउन आफ्नो प्राणको आहुति दिए। प्राम्भमा गोर्खा जातिको निम्ति गोर्खाल्याण्ड नै अन्तीम लक्ष्य हो भन्नेहरु बंगभंग हुदैन भन्नेहरुको प्रलोभनमा परे । 2007मा प्रारम्भ भएको गोर्खाल्याण्डको आन्दोलनमा 25 जुलाई 2008 मा प्रमिला शर्मा शहिद भएकी थिइन। 03 फरवरी 1968 मा दार्जीलिङको हरिदास हट्टामा पिता स्वर्गीय टंक प्रसाद शर्मा माता श्रीमती गंगा शर्माको पुत्री थिइन। 
 उसरी नै यसचोटि डुवर्समा पनि शुरु भएको आन्दोलनमा अकबर लामा 7 फरवरी 2009को दिन शहिद भएका थिए। 
अर्कोतिर डुवर्स चलो अभियानले पहाड़देखी सुनकोस अभियानको क्रममा बिमल गुरुङको अगुवाईमा अर्को चरणको आन्दोलन छेड़ीएको थियो । यसैक्रममा डुवर्सको शिब्सुमा 8 फरवरी 2011को दिन बिमला राई, निता खवास अनि बिक्कि लामा शहिद हुन पर्यो। कालेबुङ्को सुदूरवर्ती गाउँ 24 नम्बर् समष्टीको खानीमा गरुध्वज राई अनि माता सुकमाया राईको कोखबाट 20 मार्च 1987 मा जन्म लिएकी बिमला राई गोर्खा जातीको निम्ति केही गर्ने उमंग लिएर जीएलपिमा भर्ती भएकी थिइ । जातीको निम्ति केही गर्नु पर्छ भनेर् प्राणको वलिदान दिने क्रममा पछि नहटने निता खवास 1982 को 25 दिसम्बरमा पिता राम बहादुर खवास माता स्वर्गीय मैया खवासको कोखबाट तुरुक बस्तीको बागगोड़ा सिटंग खरसांङमा जन्म लिएकी थिइ । 
निताले पनि 2009 मा जीएलपीमा भर्ना भएर बिमल गुरुङकै साथ गोर्खा जातीको सपनालाई साकार बनाउने अठोट लिएकी थिइ। डुवर्सको कालचिनी ब्लकको रागामाटीको डिभिजन लाइन चिया बगान सेंट्रल डुवर्सका पिता राम लामा अनि माता श्रीमती सेतीमाया लामाको कोखबाट 04 अगस्त 1993 मा बिक्की लामाले गोर्खा जातीको सपना साकार बनाउने मनमा अठोट लिएर सिब्सु हिड़ेको बिक्कीले 18 वर्षमा शहिद बन्न पुगे। 
 यी शहिदहरुले बोकेको सपना गोर्खाल्याण्डको साटो गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन(जीटीए)18 जुलाई 2011 मा हस्ताक्षर गरी 4 अगस्त 2012मा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन(जीटीए)गठन गरेको 3 बर्ष पूर्ण भैसकेकोछ । तर गोर्खाल्य़ाण्डको निम्ति शहिद हुनेहरुको सपना पुरा कहिले हुने हो । बिमल गुरुङ, सुवास घिसीङ र अन्य गोर्खे नेताहरुले के ती सपना पुरा गर्लान????

Related Posts

0 Response to "शहिदको आँशु र् गोर्खाल्याण्डको सपना "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.