-->
दिल्लीमुखी आन्दोलन गोजमुमोको निम्ति सहज छैन – महेन्द्र पी लामा

दिल्लीमुखी आन्दोलन गोजमुमोको निम्ति सहज छैन – महेन्द्र पी लामा

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 22 जुलाई 2014 । पहाड़मा बर्खा याममा घरि घरि पानि परेको झै आज दार्जीलिङमा पनि गोर्खा जातीको मांग अचानक उठछ पुन सेलाउछ । गोजमुमोको लक्ष्य, क्षमता लगायत इमानदारितामा कमि भएकोले नै आज पहाड़का गोर्खा सन्तानले यस्तो अवस्थासंग जुझन परेको हो भनि डा महेन्द्र पी लामाले एक फोन वार्तामा बताए । 
तिनले भने बारम्बार पश्चिम बंगालका मुख्य मंत्री ममता बेनर्जीले उत्तर बंगालसंगनै दार्जीलिङमा पनि पहाड़को निम्ति योजनाहरु घोषणा गरि रहेछन । काम आजसम्म केही हुने नाम निसाना पनि छैन । ममता बेनर्जीले मुखैले दार्जीलिङलाई स्विजरल्याण्ड् बनाइसकेता पनि केही भएको छैन ।ममता बेनर्जीले पहाड़का जनताको निम्ति योजना नबनाइ केही नसोची अचानक पहाड़मा आएर घोषणा मात्र गरी रहेकी छ्न् । यसमा पहाड़का जनता पनि ममताको घोषणा र बोलीमा मक्ख परेर 2014 को लोक सभा चुनाउमा तृणमूललाई मत खसालेकै हो। पहाड़को जनताले आफ्नो जाति र चिन्हारीको मागलाई उनिहरुको हातमा बन्दकीको रुपमा सौपिन तैयार् भएको थियो, पहाड़को जनताको निम्ति यो भन्दा ठूलो अर्को अभाग्य वा दुखी कुरो हुन नै सक्दैन भनि डा लामाले बताए ।
तिनले भने लोकसभाको चुनाउ हुदाँ गोजमुमो अनि भाजपाको निर्दलीय उम्मेव्दारले यस प्रकारको भ्रम फैलाए कि आफू निर्दलीय सासद भए 16 मिनट मात्र बोल्न पाउनेछ तर पार्टीको उम्मेद्वार भए धेरै अवधि बोल्न पाइने छ । आज पहाड़को सांसद एसएस आह्लुवालियाले पहाड़को निम्ति के कति आवाज उठाए? देशको महत्वपूर्ण आम बजेट अनि रेलवे बजेटमा दार्जीलिङको जनता प्रति किन आवाज उठाउन सकेनन? लामाले प्रश्न् राखे । 
डा महेन्द्र पी लामाले अझै भने कि पहाडको निम्ति हुन लागेको सेंन्ट्रल यूनिभरसिटि आदि योजनाहरु उत्तरखण्ड तिर पुराएर पहाड़को जनतालाई निरासाको मुख देखाएर् जनताले अब आफ्नो जाति चिन्हारीको मागको निम्ति एकताको मूल मंत्रलाई अपनाएर गोजमुमो, भाजपा, वा तृणमूलको लोभले पूर्ण भाषणमा नफस्ने आवहान गरे। 
अर्कोतिर तिनले भने गोजमुमोले जनतालाई छक्काइ रहेको छ गोजमुमोले बारम्बार अब दिल्ली मुखि आन्दोलन हुने घोषणा मात्र गर्छ तर ममता आए पछि राज्य सरकारसग मिलाप गर्नेहरुले जनताको मांगलाई कसरी दिल्ली मुखी बनाउन सक्छ भनि प्रश्न तेर्साउदै तिनले भने दिल्लीमा आन्दोलन गर्नु सहज छैन दिल्लीमा आन्दोलन गर्नुको निम्ति दिमाग, बुद्धि, लगायत ज्ञानी व्यक्तिहरुको आवस्यकता पर्छ तर दुर्भाग्यको कुरो गोजमुमोमा त्यस्तो केही कोही पनि छैन । दिल्लीमुखी आन्दोलनको साटो कलकत्तामा आन्दोलन गरुन तिनले थप सल्लाह् दिए । 
तिनले भने गोजमुमोको विधायकहरुले आज सम्मा जिटिएको चिफ अर्थात केबिनेट मंत्रीको दर्जा पाएका अध्यक्षलाई सुरक्षा कर्मी दिनु पर्ने मांगबारे विधान सभामा धरी त आवाज उठाएर् फरकाएर् ल्याउन सक्षम भएका छैनन । तिनले भने दिल्लीमा बसेर मेरो प्रधान मंत्री लगायत धेरै मंत्री समक्ष भेटघाट् चलि रहेको छ, प्रधान मंत्री समक्ष ज्ञापनपत्रसम्म पेश गरि सकेको छु ।
डा महेन्द्र पी लामाले खरसाङको रेन्जर्स कलेज बन्दको कुरो खुलासा गर्दै भने यस रेंजर्स कलेजलाई बन्द गर्ने जुन प्रयास भई रहेको छ त्यसलाई रोक्नको निम्ति बन बिभागको अधिकारी लगायत बन बिभागसंग मैले बातचित गरी रहेको छु सायद् गोजमुमोलाई यो बारे थाहा पनि छैन होला |

Related Posts

0 Response to "दिल्लीमुखी आन्दोलन गोजमुमोको निम्ति सहज छैन – महेन्द्र पी लामा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.