-->
गोरामुमो पार्टीको राजनैतिक कसरत : दागोपाप काम लाग्दैन देखी फर्काईदेऊसम्म

गोरामुमो पार्टीको राजनैतिक कसरत : दागोपाप काम लाग्दैन देखी फर्काईदेऊसम्म

डीं के वाइबा, कालिमन्युज, कालेबुङ, 2 जुलाई 2014। “दागोपाप काम नलाग्ने भयो, यसलाई अब ग्यारेजमा थन्काउँनुपर्छ” भनेर गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष सुवास घिसिङले छैटौँ अनुसूचीको आन्दोलन शुरु गरेका थिए। आखिरमा तिनी छैटौँ अनुसूचीकै मुद्दाले पहाडबाट बिस्तापित बन्न परेको थियो। ‘गोर्खाल्याण्ड’को मुद्दा अघि सारेर गोर्खा जनमुक्ति मोर्चाको उदय पछि पहाडमा गोरामुमो पार्टीको अस्तित्व समेत संकटमा पर्न गएको थियो। यद्यपी गोजमुमो पार्टीले पनि गोर्खाल्याण्ड ल्याउँनको साटो जीटीएमा सम्झौता गरेपछि पुन: गोरामुमो छैटौँ अनुसूचीकै मुद्दा बोकेर बौरीन थालेको हो।
यस्तो अवस्थामा लोकसभा चुनावको अवसर पारेर गोरामुमो अध्यक्ष सुवास घिसिङ पहाड भित्रिसकेका छन भने गोरामुमो पार्टीको बिस्तार कार्य ठाउँ ठाउँमा भईरहेको छ। तर पार्टी प्रमुख घिसिङ भने पार्टीको स्पष्ट रुपरेखा तयार पारेर मैदानमा ओर्लनुको साटो आफ्नै घरमा मौनब्रत अप्नाएर बसेका छन। यसरी पार्टीका अध्यक्षले मौन ब्रत अप्नाएर बसे पनि पार्टी समर्थकहरु भने मौन बस्न सकिरहेका छैनन।
दलका अध्यक्षले कुनै निर्देश नदिए पनि कार्यकर्ताहरु भने छैटौँ अनुसूचीको मुद्दालाई अघि सार्दै पहाडमा पार्टीको आधार बलियो पार्ने प्रयास गरिरहेका छन। गोरामुमो अध्यक्ष सुवास घिसिङले मौनता अप्नाएर बसे पछि आखिरमा तिनका समर्थकहरु भने संगठनलाई प्रभावसाली पार्न राजनैतिक क्रियाकलाप अघि बडाउँन थालेका छन। यसक्रमा गोरामुमो अध्यक्ष सुवास घिसिङले छैटौँ अनुसूचीको मुद्दा उठाउँन अघि “दागोपाप काम नलाग्ने भयो” भने पनि अहिलेघरी तिनका कार्यकर्ताहरु भने पुन: ‘दागोपाप फर्काईदेऊ’ भन्न थालेका छन।
गोरामुमो पार्टीको नारी संगठन गोरानामोले आज कालेबुङ शहरमा एउटा पर्चा बितरण गरेर “दागोपाप फर्काईदेऊ’ भनेको छ। यहाँको बिभिन्न स्थानहरुमा बसेर नारी मोर्चाका कार्यकर्ताहरुले “दागोपाप फर्काईदेऊ” लेखिएको पर्चा बितरण गरिरहेका थिए। दिउँसो 11 बजीतिर 10-12 जनाको संख्यामा रहेको गोरानामो नेतृत्वहरू अनि केही युवा समर्थकहरूले शहरका बटुवाहरूलाई दलको पर्चा वितरण गरे। जबसम्म छैटौं अनुसूचीको बिल लोकसभा र राज्यसभामा पारित हुँदैन तबसम्मको लागि भारतको केन्द्र सरकार र पश्चिम बंगाल राज्य सरकारले दागोपापलाई सम्मानसाथ पुन: स्थापित गर्नुपर्ने माग उक्त पर्चामा गरिएको छ।
पहाड़का गोर्खाहरूले खुन पसिना एक गरेर ल्याएको उक्त व्यवस्थालाई सरकारले चॉंडो भन्दा चॉंडो स्थापना गर्नुपर्ने माग सहित दागोपाप संवैधानिक सुरक्षा भएको शक्तिशाली व्यवस्था रहेको दावी पनि पर्चामा गरिएको छ। गोरामुमो पार्टीको राजनैतिक कार्यक्रम लेखिएको उक्त पर्चालाई केन्द्र गरेर आज बिहानैदेखि कालेबुङ पुलिसले विशेष सतर्कता अप्नाएको थियो।
पर्चा वितरणलाई केन्द्र गरेर शहरमा केन्द्रिय अर्द्ध सैनिक बलहरु तैनाथ गरिएको थियो। जसको कारण कुनै राजनैतिक संघर्षको घटना भने हुन पाएन। यसक्रममा शहरमा कुनै अवरोध बिना गोरामुमो कार्यकर्ताहरूले यहॉंको डम्बर चोक, मेनरोड, मोटर स्ट्याण्ड आदि स्थानहरूमा पर्चा बितरण गरे।

Related Posts

0 Response to "गोरामुमो पार्टीको राजनैतिक कसरत : दागोपाप काम लाग्दैन देखी फर्काईदेऊसम्म"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.