गोक्षेप्रका पदाधिकारी लगायत अन्य उच्च अधिकारीहरुसंग मुख्यमंत्री ममताको बैठक सम्पन्न
रिभ्यू मिटिंगमा राज्यको मुख्यमंत्री ममता ब्यानर्जी विशेष रूपमा उपस्थित रहेका थिए भने राज्यको पंचायत मन्त्री सुव्रतो मुखर्जी, उत्तर बंगाल विकाश मंत्री गौतम देव, मुख्यसचिव संजय मित्र, गृहसचिव बासुदेव ब्यानर्जी, जीटीए सभा अध्यक्ष प्रदीप प्रधान, जीटीए सभासद रोशन गिरी, दार्जीलिङ् कालेबुङ र खर्साङ् विधानसभा क्षेत्रका विधायक त्रिलोक कुमार देवान, डा. हर्क बहादुर छेत्री, डा रोहित शर्मा, नगरपालिका नगराध्यक्ष दार्जीलिङ्का अमरसिंग राई, खर्साङ्का समरदीप ब्लोन, दार्जीलिङ् जिल्लापाल पूनित यादव, पुलिस अधिक्षक अखिलेश चतूर्बेदी अनि अन्य प्रशासनिक अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो थियो |
एक घण्टा भन्दा अधिक समयसम्म चलेको उक्त रिभ्यू मिटिंगपछि मुख्यमंत्री ब्यानर्जीले स्पष्ट शब्दमा बताइन कि दार्जीलिङ् पार्वत्य क्षेत्र भएको कारणले गर्दा यहा पैह्रोजस्ता प्राकृतिक प्रकोपहरू भई नै रहन्छ, त्यसरी नै दार्जीलिङ् भूकम्प क्षेत्र पनि रहेको कारणले गर्दा यहा भूइचालो जस्ता प्राकृतिक घटनाहरू भई नै बस्छ तर देशको उतर पूर्वी राज्यहरूमा पनि पार्वतीय क्षेत्रहरू भएको कारणले गर्दा त्यहा पनि पैह्रो भुइचालो जस्ता घटनाहरू घटी नै बस्छ तर केन्द्र सरकारले उतर पूर्वी राज्यहरूको प्राकृतिक प्रकोपको निम्ति प्याकेज एंव फण्डहरू पठाउने र अनुदान दिने गर्छ।
यता दार्जीलिङ्को निम्ति भने त्यस्तो सुविधाहरूको कुनै ब्यवस्था केन्द्र सरकारले मिलाएको छैन, त्यसकारण दार्जीलिङ्को निम्ति पनि प्याकेज एंव फ्ण्डको मांग गर्दै मुख्यमंत्री ब्यानर्जीले केन्द्र सरकारलाई पत्र लेख्ने भएको जानकारी दिइन। त्यसरी नै अन्य समस्याहरूको समाधानको निम्ति पहिला दुई स्तरीय वार्ता गरेपछि त्रिपक्षीय वार्ता गरिने जानकारी मुख्यमंत्री ब्यानर्जीले दिइन।
तिनले अझै भनिन दार्जीलिङ्लाई अझ सुन्दर बनाउॅनको निम्ति मास्टर प्लान बनाइने जानकारी छ, वेस्ट मेनेजमेन्टको निम्ति 30 करोड रूपियाको धनराशी पारित गरिएकोछ, त्यसरी नै शिक्षा ब्यवस्थाबारे बायोकेट आदि स्थापनाको निम्ति प्रपोजल पठाउॅने पर्ने पनि तिनले बताइन।
यहाको बेरोजगारीमा धेरै हदसम्म लगाम लगाउॅनको निम्ति एक सय पच्चास पर्मिट टयाक्सी शुरू गर्ने बताइन जसमा एक सय वटा दार्जीलिङ् अनि 50 वटा कालेबुङ्को निम्ति हुनेछ। त्यसरी नै 28 वटा नया बस सेवा सिलगढीदेखि दार्जीलिङ् शुरू गर्ने जानकारी दिदै आगामी 3 महिनाभित्र 16 वटा बस सेवा शुरू भई सक्ने छ अनि बाकी 12 वटा बस सेवा पछिबाट शुरू गरिने मुख्य मंत्रिले बताइन। सेरीकल्चर हर्टिकल्चर आदिको बडोतरी गर्नलाई सेन्टरहरूको स्थापना गरिने बताइन । यसै संदर्भमा विधायक डा. हर्क बाहदूर छेत्रीसंग सम्पर्क गर्दा तिनले स्पष्ट शब्दमा भने कि विकाश यहाको जनताको माग र चाह हो।
0 Response to "गोक्षेप्रका पदाधिकारी लगायत अन्य उच्च अधिकारीहरुसंग मुख्यमंत्री ममताको बैठक सम्पन्न"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.