ममताले ममतामयी जल दिने .. पहाड विकाशको निम्ति योजनाहरुको घोषणा...
राजेश शर्मा, कालिमन्युज, दार्जीलिङ, 17 जुलाई 2014 । 16औ लोकसभा चुनावमा आफ्नो पार्टीले हारको नतिजा भोग्नु परेता पनि राज्यका मुख्य मंत्रीको हैशियतमा ममता ब्यानर्जीले तिनवटा परियोजनाको उद्घाटन गरिन । दार्जीलिङ भ्रमणको समय मुख्य मंत्रीले आज दार्जीलिङ्को चौरस्तामा आयोजित एक सरकारी कार्यक्रममा रिमोट कन्ट्रोलको माध्यमबाट सो उद्घाटन गरिन ।
बालासन जल परियोजना, तामांग डेभलपमेन्ट बोर्ड गठनको घोषणा अनि सुकुनामा सफरी पार्क निर्माणको घोषणा गर्दै मुख्यमंत्री ब्यानर्जीले आफ्नो सम्बोधनको समय स्पष्ट शब्दहरुमा भनिन कि विकाश कार्यमा राजनीति अघि ल्याउनु उचित होइन, किनभने राजनीति अघि आउदा विकाश कार्यमा रूकावट उत्पन्न हुनेछ । उनले अघि अझै भनिन दार्जीलिगमा पेय जलको समस्या छ उक्त विषयहरुलाई ध्यानमा राखदै बालासन जल परियोजनाको शुरूवात गरिएको हो।
बालसन जल परियोजना पुरा हुन अझै 3 महिना लाग्ने सम्भावना छ त्यसपछि दार्जीलिङ्को पानिको समस्या धेरै हल हुनेछ। यता कालेबुग क्षेत्रमा पनि हाम्रो सरकारले पेय जलको समस्या समाधान गरि सकेकोछ। यसै तरहले खर्साग क्षेत्रको पेय जलको समसया पनि समाधान गरिनेछ, मुख्यमंत्री ब्यानर्जीले बताइन! राज्यमा हाम्रो सरकार आए पश्चात दार्जीलिग पार्वत्य क्षेत्रको रोहिणी रोडलाई जगमगाउने काम पूरा भइ सकेकोछ । यसै तरह खर्साङ् शहर क्षेत्रको बाटोको मरम्मती गर्ने काम शीध्र गरिनेछ।
दार्जीलिग जोरबंग्ला क्षेत्रको वरिपरिको जर्जर रोड पनि मरम्मत गरिनेछ मुख्यमंत्री ममता ब्यानर्जीले भनिन!मुख्यमंत्री ममता ब्यानर्जीले आफ्नो सम्बोधनमा भनिन कि लेप्चा समुदायको विकाश गर्न 10 करोड रूपियाॅको चेक लेप्चा डेभलपमेन्ट बोर्डका चेयरपर्सनलाई प्रदान गरिएकोछ। यसरीनै तामांग डेभलपमेन्ट बोर्ड गठनको पनि घोषणा गर्दै मुख्यमंत्री ब्यानर्जीले विकाश राशी प्रदान गरिन! तिनले भनिन कि राई, मंगर, भूजेल, गुरूग, नेवार, जोगी, खस, सुनार र थामी लगायत 11 समुदायहरुलाई जनजातीको दर्जा दिन केन्द्र सरकारसंग बातचित गरिनेछ !
सम्बोधनको क्रममा मुख्यमंत्री ब्यानर्जीले दार्जीलिगको सुन्दरताको प्रसंशा गर्दै भनिन कि दार्जीलिग आइ रहेको समय वर्षा भैरहेको थियो तरै पनि मैले दार्जीलिगबाट् कन्चनजंगाको दर्शन गर्न सकेँ। तिनले अझै भनिन, "आजको समारोहमा सबैलाई आमंत्रित किया गरिएको थियो परन्तु जीटीए चीफ विमल गुरूग उनको जन्म दिवस भएको कारण आउन सकेनन तिनलाई मैले पत्र लेखेर जन्म दिनको वधाई पठाएकोछु। "
"दार्जीलिगका मानिसहरु अति नै असल छन, यहाका भाई बहिनीहरुले आफ्नो सस्कृति प्रदर्शन गर्दछन जो अति उत्तम कुरो हो। दार्जीलिगसंग म आफ्नो सम्बंन्ध मजबुद बनाउन चाहन्छु, म यहाका सबै दुकान पाट खुल्ला देख्न चाहन्छु, म दार्जीलिगलाई नयाॅ दार्जीलिगको रूपमा हेर्न चाहन्छु, यसरीनै कालेबुंग,मिरिक खर्साग आदि क्षेत्रको पनि विकाश म गर्नेछु । हर्कसहरुको जो समस्या छ त्यो म जान्दछु " तिनले भनिन।
मुख्यमंत्री ब्यानर्जीले यस अघि लेप्चा समुदायको निम्ति 1000 घर निर्माणको निम्ति 20 करोड रूपियाॅ दिएकी थिइन यसरीनै अझै एक हजार घर निर्माण गर्ने मुख्यमंत्री ब्यानर्जीले घोषणा गरिन । बन्द चिया बगानको संदर्भमा मुख्यमंत्री ब्यानर्जीले स्पष्ट शब्दमा भनिन कि जति पनि बन्द चिया बगान छन ति सबै चिया बगान नखुलिंजेल, प्रत्येक श्रमिकलाई 15 सय रूपियाॅ प्रति महिनाको दरमा भत्ता दिइनेछ् तथा उक्त बन्द चिया बगानहरुमा सय दिने रोजगार काम शुरु गरिनेछ।
मुख्यमंत्री ब्यानर्जीले भनिन कि "यहाका युवा युवतीहरुलाई खेलमा उत्साहित गर्न स्पोर्टस डेभलपमेन्ट काउन्सिल गठन गरिनेछ! यसरीनै श्रमिक भवनको पनि निर्माण गरिनेछ! ब्यानर्जीले दार्जीलिगको सुकनाको 261 एकर जमीनमा सफारी पार्क बनाउने जानकारी दिदै बताइन कि उक्त कार्य दुई साल भित्र पूरा हुनेछ । तिनले अझै भनिन कि राज्य सरकारले पेय जलको निम्ति आज सम्मा सात सय करोड खर्च गरिसकेकोछ, यसरीनै शनिबार स्थानीय जिल्लापाल कार्यलयमा प्रशासनिक बैंठक बसनेछ, उक्त बैठकमा जीटीएका प्रतिनिधिगण,विधायकगण अनि प्रशासनिक अधिकारीगण विशेष रूपमा उपस्थित हुनेछन । उक्त बैंठकमा आज सम्मा विकाश का काम कति भए सबै विषयमा चर्चा परिचर्चा गरिनेछ। रोजगारको संदर्भमा दार्जीलिगका 7 सय युवा एंव युवतीहरुलाई पुलिसमा भर्ना गरिसकेकोछ । "
सम्बोधनको क्रममा तिनले बताइन "राज्य सरकारले जीटीएलाई 90 प्रतिशत विभाग दिइसकेकोछ्, यस क्षेत्रको विकाशको निम्ति राज्य सरकारले पनि आफ्नो तर्फबाट् विकाशको काम गर्नेछ । एस सी विधार्थीहरुलाई 7सय 50 रूपियाॅ अनि एसटी विधार्थीहरुलाई प्रति वर्ष 8 सय रू0 रूपियाॅ भत्ता दिइनेछ ।" हिमालयन पर्वत आरोहणाको समय लापता भएका दार्जीलिगको धूम जोरबंग्लाका दावा शेर्पाका पत्नीलाई एक लाख रूपियाॅको चेक प्रदान गर्दै राज्य सरकारको तर्फबाट् दार्जीलिग वार्टर टेस्टींग ल्याबोरेटोरीमा काम दिने घोषणा मुख्य मंत्रीले गरिन । दावा शेर्पाको पत्नीले चार महिना उक्त कार्यमा तालिम पर्ने पनि तिनले थप बताइन। दावा शेर्पाका परिवारले मुख्यमंत्री ममता ब्यानर्जी प्रति आभार प्रकट गरेका छन ।
आजको समारोहमा राज्यका पीएचई मंत्री सुव्रतो मुखर्जी,गौतम देव, मुख्यसचिव संजय मित्र लगायत अन्य अधिकारीगण विशेष रूपमा उपस्थित थिए ।

0 Response to "ममताले ममतामयी जल दिने .. पहाड विकाशको निम्ति योजनाहरुको घोषणा..."
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.