
पक्राऊ पर्न अघि तीनजना हत्याको प्रमुख आरोपीको मृत्यु
उक्त घट्ना लगभग साँढे चार बजेतिर भएको हो।
प्राप्त जानकारी अनुसार तीनजनाको जघन्या हत्या गर्ने मुख्य आरोपी तेजबहादुर राई हत्या पछी गाउँ नजिकैको भीरमा लुकेर बसेका थिए। दिनभरी भीरमा बसे पनि तिनी रातीको समय भने गाउँकै एक स्कूलमा आएर सुतेको स्कूल खोल्दा पाइएको ब्ल्याङ्केट्बाट पत्तो लागेको मानिसहरुको भनाई छ।
यसरी गाउँकै स्कूलमा सुतेको पत्तो लागे पछि तिनको खोजी अभियान चलाउँदा अचानक सुनार गाउँ नजिकैको भीरमा तिनलाई गाउँलेहरुले देखेको थियो। गाउँलेहरुले तिनी भीरमा लुकेको पत्तो पाएपछि आघिबाटै घट्ना स्थलमा पुगेर आरोपी खोजिरहेको पुलिसको सहयोगमा तिनलाई पक्रने प्रयास गरिएको थियो। तिनलाई पक्राऊको प्रयास गरेपछि आफैलाई बचाएर तिनी जंगलको भीरै भीर भागेको गाउँलेहरुले बताए।
एकैसमय तीनजना हत्या गरेर फरार भएका तेजबहादुर राई आफैलाई बचाएर जंगलमा भाग्न थालेपछि तिनलाई सम्पूर्ण गाउँका मानिसहरु लगायत पुलिसहरुले चारैतिरबाट घेरबन्दी गर्ने कार्य गरेको थियो। मृत गुरुङ दम्पतिको मलामीबाट फर्कदै गरेका स्थानीय मानिसहरुको भिडले तिनी चम्पट कसेको सुनेपछि चारैतर्फबाट पक्रनलाई खेदो गरेका थिए। यस समय तिनी भागेर स्याफ्रुङ भीर पुगेका थिए भने तिनलाई उक्त भीरमा चारैतिरबाट घेराबन्दी गर्दै गर्दा तिनी भाग्ने क्रममा अचानक भीरबाट सोझै लगभग 250 फिट तल झर्दा घट्ना स्थलमा नै मृत्यु भएको स्थानिय मानिसहरुले बताएका छन।
हत्यापछि आफैलाई बचाएर भागेर तेजबहादुर राईलाई चारैतर्फबाट पक्राऊ गर्न मानिसहरुले घेराबन्दि गरेपछि तिनले आफू पक्रा पर्ने डरले भीरबाट हाम फालेर आत्महत्या गरेको हुनसक्ने अनुमान पनि गरिएको छ भने कतिपय मानिसहरुले आतिएको समयमा भीरबाट झरेर ढुङामा झरेर मृत्यु भएको हुनसक्ने अनुमान रहेको पनि बताएका छन।
यसरी अचानक भीरबाट तिनी सोझै भुत्ते खोलामा झरेको अनि सोही स्थानमा तिनको तत्काल मृत्यु भएको मानिसहरुको भनाई रहेको छ। हत्यापछि फरार भई आफैलाई बचाएर भाग्ने क्रममा यसरी मृत्यु भए पछि तिनको शवलाई उद्धार गर्न कालेबुङ थानाका प्रभारी अचिन्ता गुप्त पुलिस बल सहित घट्ना स्थममा पुगेका थिए।
खुबै अप्ठ्यारो ठाउँमा तिनको शव भएको कारण समाचार लेखुञ्जेलसम्म स्थानीय मानिसहरुको सहयोगमा पुलिसले शवलाई उद्धार गर्ने कार्य गरिरहेको थाह लागेको छ।
यता हत्याका मुख्य आरोपीको तेजबहादुर राईको मृत्यु \बारे कालेबुङ पुलिस अतिरिक्त अधिक्षक अञ्जली सिहले पुष्टि गरेका छन। तिनले मृत्युको पुष्टि गर्दै गाउँलेहरुले पक्राऊको निम्ति खेदिरहेको समयमा भिरबाट हाम फालेर मृत्यु भएको बताएका छन।
स्मरण रहोस आरोपी तेजबहादुर राईले बिहिबार राती कृष्णबहादुर गुरुङ(पति), अञ्जना गुरुङ(पत्नि) अनि छिमेकी मनमाया गुरुङको हत्या गरेको आरोप रहेको छ।
अघिबाटै हत्या गर्ने तिनले धम्कि दिईरहेको बिषयमा पिडीत परिवार पक्षले हप्ता दिन अघि कालेबुङ थानामा लिखित प्राथमिकी दर्ता गर्न आउँदा समेत प्राथमिकी स्वीकार गरेर पुलिस कार्वाही नगरेको कारण उक्त हत्या भएको पिडीत पक्षले आरोप लगाएको छ।
हत्या पछि हत्याका प्रमुख आरोपीलाई पक्राऊ गर्न कालेबुङ पुलिस सक्रिय बने पनि आखिरमा आरोपी पुलिसको पञ्जामा पर्न अघिनै मृत्यु भएको छ।
0 Response to "पक्राऊ पर्न अघि तीनजना हत्याको प्रमुख आरोपीको मृत्यु "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.