-->
बजटमा दार्जीलिङ प्रति भाजपाले कुनै उत्तरदायित्व नदेखाएकोमा जनता हताश छन – मुनिस तामङ

बजटमा दार्जीलिङ प्रति भाजपाले कुनै उत्तरदायित्व नदेखाएकोमा जनता हताश छन – मुनिस तामङ

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 11 जुलाई । 30 बर्षको इतिहासमा भारतवर्षमा अत्याधिक पूर्ण बहुमत प्राप्त गरेर पहिलोचोटी भारतीय जन्ता पार्टीले मोदि सरकारको झण्डा गाड़ेपछि सम्पूर्ण भारतमा नै सबै भारतियको मनमा आम बजेट अनि रेल बजेटमा मुख्य रुपले ध्यान टिकेको थियो । हिजो घोषणा भएको आम बजेटले खासै निम्न स्तरमा रहने जनतालाई लाभ नहुने देखिएकोछ । 
यसै क्रममा जन आवाजका प्रमुख मुनिस तामङ्ले बताए कि बर्तमान समयमा भाजपा पार्टीको सत्ता देशमा छ, जसमा दार्जीलिङको जनताले पनि गर्व गरेकोछ किनभने दार्जीलिङका सांसद भाजपाको केन्द्रीय उपाध्क्ष हुन यो दार्जीलिङको जनताको निम्ति सम्मानजनक कुरो हो । तिनले भने यस क्षेत्रमा यति ठूलो केन्द्र स्तरको हेबिवेट सांसद रहदा रहदै पनि रेल बजेट अनि आम बजेटमा केन्द्र सरकारले दार्जीलिङको निम्ति केहि नसोचेको देख्दा जनआवाज लगायत सम्पूर्ण जनता दुखित छन । 
तिनले भने दार्जीलिङ पहाड़को रानी वा विश्व पर्यटन क्षेत्रको एक प्रमुख क्षेत्र रहदा रहदै पनि आम बजेटमा पर्यटनको निम्ति बजट दार्जीलिङको निम्ति किन केही योजना बनाइएन, तिनले प्रश्न तेर्स्याए । तिनले अझै भने कि दार्जीलिङ क्षेत्रमा बर्तमान प्रधान मंत्री नरेन्द्र मोदी स्वयँले चुनाउको समयमा भ्रमण गरेका हुन तरै पनि उनले किन दार्जीलिङ प्रति किन कनै प्रस्तावना या प्रकल्प राखेनन । 
 तिनले भने प्रधान मंत्रीले गोर्खाको सपना मेरो सपना भनि घोषणा पनि गरेका हुन तर आज किन त्यसमा उनि चुके त भनि उनले प्रश्न राखे । यस पहाड़की रानीको राष्ट्रीय अमानतको दर्जा पाउने दार्जीलिङ हिमालयन रेल्वे (डिएचआर) हो जो अहिले सोचनिय अवस्थामा छ, जसमाथी जन आवाजले आफनो मेनोफेस्टोमा अघिवाटै डिएचआरलाई स्पेसल ग्राण्ट् प्रदान हुनु पर्छ साथै यो दार्जीलिङ हिमालय रेलको देखरेख केन्द्रवाट नै हुन पर्ने माग उठाइसकेको छ् । 
दार्जीलिङको नाम त बिगत दिन मै फिल्म क्षेत्र वा बलिउडले पनि बिभिन्न चलचित्रहरुमा दार्जीलिङ पर्यटन स्थल हो भन्ने प्रमाणीत गरी सकेको छ तर आज केन्द्रको भाजपा उपाध्यक्ष नै सांसद रहदा रहदै पनि किन यस्तो अवहेलना गरिएको हो भनि तिनले प्रश्न राखे। 
यता यस सम्बन्धमा दार्जीलिङका सांसद एसएस अहलुवालियासंग जानकारी लिदाँ तिनले भने भाजपाले दार्जीलिहको निम्ति विकाश गर्ने रचनात्मक योजना बारे सोचिसकेको छ । मोदिले चुनाउको समयमा नै गोर्खाको बारेमा भन्नु पर्ने कुरा भनिसकेका छन् । 
यस बजेटमा भाजपाले दार्जीलिङ पनि देशको एउटा पर्यटन स्थल भएको कारणले पाँच सरकिट मध्ये एउटा भित्र यसलाई गाभेको छ । दार्जीलिङ हिमालयन रेलको निम्ति पनि केन्द्रले घोषणा नगरेता पनि केही सोचेको तिनले संकेत दिए । तिनले अझै भने केन्द्रले दार्जीलिङ अनि गोर्खाहरुको निम्ति धेरै सोचेको छ, कसले भन्छ केही सोचेको छैन त्यो निराधार कुरा हो ।

Related Posts

0 Response to "बजटमा दार्जीलिङ प्रति भाजपाले कुनै उत्तरदायित्व नदेखाएकोमा जनता हताश छन – मुनिस तामङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.