-->
टिस्टामा सचेतना शिविर सम्पन्न

टिस्टामा सचेतना शिविर सम्पन्न

डी के वाइबा, कालिमन्युज, कालेबुङ 10 जून 2014। बाल बालिकाहरुको सुरक्षा, हक र अधिकार तथा नैतिक शिक्षा, कानुनी सचेतना आदि बिषयहरुमा टिस्टा सामाजिक संघर्ष समिति अनि टिस्टा युथ फोरमको सयुक्त आयोजनामा सचेतना शिविर सम्पन्न भयो। 
बालसुरक्षा अभियानको बिशेष सहयोगमा सम्पन्न भएको उक्त सचेतना शिविरमा अभियानका निर्देशिका सुबेस्ना प्रधान,सिस्टर रेचल छेत्री,बाल मुक्ति अधिकारी तेज कुमार थापाले बिभिन्न मुद्दाहरुमा जानकारी गराएका थिए। 
यस अवसरमा विभिन्न सरकारी,गैर-सरकारी विध्यालयका विध्यार्थीवर्ग, शिक्षिका-शिक्षीकावर्ग, विभिन्न संघ-संस्थाका प्रतिनिधिवर्गको विशेष उपस्थिति रहेको थियो । दुई सत्रमा बिभाजित कार्यक्रममा क्षेत्रका टिस्टा ब्रीज उच्च्तर माध्यामिक विध्यालय, माउण्ट स्टार अकादमी, टिस्टा जुनियर वेशिक स्कूलका विध्यार्थीहरुको सहभागिता रहेको थियो । 
सुरक्षा अभियानका निर्देशिका सुबेस्ना प्रधानले बाल सुरक्षा र अधिकारबारे जानकारी गराईन। समाजमा बड्दो अपराधाका घटनाहरु बृद्धी हुनको कारण अनि यस्ता अपराधानका घटनाहरु रोकथामका निम्ति अप्नाउँनु पर्ने पहलबारे पनि तिनले जानकारी गराईन। 
सोहीक्रममा बड्दो अपराधका घटनाहरु बारे बाल बालिकाहरु कानुनन सचेत बन्न आवश्यक रहेको पनि तिनले बताईन।हाल विभिन्न स्थान र स्तरमा घटिरहेका बालक,बालिकाहरुमाथिको यौन,सामाजिक अपराधहरुमाथि खुलासा गर्दै उपस्थित विध्यार्थीवर्गलाई सतर्कतासंगै जिम्मेवारी वहनका निम्ति तयार रहन पर्ने पनि तिनले जनाईन। अहिलेघरी समाजमा समजिक सञ्जालको गलत प्रयोगका कारण नांरीहरु बिभिन्न समस्याहरुको सम्मुखिन बन्न परिरहेको अवस्थामा यस्ता तक्निकहरुको प्रयोगमा सतर्कता अप्नाउँने पर्ने बिषयमा पनि बिद्यार्थीवर्गलाई अवगत गराईएको थियो।

0 Response to "टिस्टामा सचेतना शिविर सम्पन्न"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.