
जनताको सेवा गर्न जात-धर्म हेर्नेछुईन – एस एस आहलुवालीया
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 27 जून 2014। “अब म तपाईँहरुको प्रतिनिधी भएको छु। यसकारण म आपतकालिन सेवामा खटिएका डाक्टर जस्तै काम गर्नेछु। यहाँका सम्पूर्ण जनताहरुको निम्ति हरेक प्रकारका कार्यहरु गर्नेछु। जसरी आपतकालीन सेवामा तैनाथ डाक्टरले काम गर्दा कसैको जात, धर्म अनि राजनैतिक झण्डा सोद्धैनन् त्यसरी नै म पनि जनप्रतिनिधी भएको नातामा जनताको सेवा गर्नेछु” उक्त कुरा दार्जीलिङ लोकसभा समष्टिका सांसद एस एस आहलुवालीयाले भनेका हुन।
लोकसभा चुनाव पछि सांसद चुनिएर पहिलोपल्ट कालेबुङ आईपुगेका सांसद एस एस आहलुवालीयाले आज कालेबुङका जनतालाई धन्यवाद ज्ञापन गरे।
“म केवल तपाईहरुलाई धन्यवाद दिन आएको छु। यसकारण मलाई भोट दिने मात्र होईन नदिनेहरुलाई पनि म धन्यवाद दिदँछु” आहलुवालीयाले भने। यहाँको रामकृष्ण रंगमञ्चमा आयोजित उक्त धन्यवाद ज्ञापन कार्यक्रममा कालेबुङका मोर्चा सभासदहरु लगायत पूर्व बिधायीका रेणुलीणा सुब्बा, पी आर प्रधान आदिको पनि बिशेष उपस्थिति रहेको थियो।
यसक्रममा जनताले आफूलाई ‘पब्लिक सर्भेन्ट’ बनाएको बताउँदै जनताको सेवाको निम्ति हरेक समय तयार रहेको बताए। आफ्नो सम्बोधनको क्रममा तिनले छुट्टै राज्य गोर्खाल्याण्डको कुरा भने तिनले उठाएनन्। यद्यपी गोर्खाहरुको सपना पुरा गर्न आफूले कार्य गर्ने दाबी भने गर्न तिनी चुकेनन।
“भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले ‘गोर्खाको सपना मेरो सपना’ भनिसकेका छन। तिनले गोर्खाहरुको समस्या राम्ररी बुझेका छन। यसकारण आगामी दिनको निश्चय नै गोर्खाहरुको सपना पुरा हुनेछ’ अहलुवालीयाले गोर्खाल्याण्डको नाउँ नलिई भने।
“गोर्खाहरू बफादार, ईमान्दार र जिम्मेवार हुन्छन। चाहे सिमानामा होस अथवा गाउँमा होस, उनीहरु सधै यी तीनवटा गुणहरु लिएर बाँचेका हुन्छन्” तिनले गोर्खाहरुको प्रशंसा गर्दै भने। यस अघि चुनाव प्रचारको क्रममा हाल प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले गोर्खाहरुलाई ‘चौकिदार’ भन्यो भनेर बिभिन्न नकारात्मक टिप्पणीहरु भएको बताउँदै मानिसहरुमा भ्रम सृजना गर्न केवल शब्दको अपव्याख्या गरेको आरोप लगाए।
तिनले आफ्नो सम्बोधनको क्रममा गोर्खाहरुको धेरै चाहना, सपना रहेको बताउँदै उक्त चाहना, सपना पूरा गर्न संविधान संशोधनको आवश्यक्ता रहेको दाबी समेत गरे।
“गोर्खाहरुको सपना पुरा गर्न हामी रणनीति तयार पार्छौँ। समाचार पत्रहरुमा छाउँनको निम्ति ठूलै कुरा गर्न सकिन्छ, तर त्यसो भनेर केही हुँदैन। जब कुनै बिल संसदमा पेश गरिन्छ त्यो बिल लोकसभा र राज्यसभा दुवै ठाउँमा पारित हुनपर्छ। यस्तो कार्यको निम्ति समय कालको प्रतिक्षा गर्नपर्छ। निश्चय नै गोर्खाहरु निराश बन्न पर्दैन” एस एस आहलुवालीयाले भने।
यहाँक़ो रामकृष्ण रङ्गमञ्चमा आयोजित उक्त धन्यवाद कार्यक्रममा सभासद डा आर बी भुजेलले स्वागत सम्बोधन राखेका थिए। यस अवसरमा बिभिन्न सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो।
0 Response to "जनताको सेवा गर्न जात-धर्म हेर्नेछुईन – एस एस आहलुवालीया"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.