प्राथमिक पाठशालामा ‘मिड-डे मिल’ धाँधली भएको खुलासा
डी के वाइबा, कालिमन्युज, कालेबुङ 9 जून 2014। भारत सरकारले देशभरीका आठौ श्रेणीसम्मका विद्यार्थीवर्गलाई पौष्टिक खाद्यन्न प्रदान गर्ने उदेश्य राखेर 15 अगष्ट 1995 देखी ‘मिड-डे मिल’ योजना आरम्भ गरेको हो। सरकारले शुरु गरेको यस योजना दार्जीलिङ पहाडमा भने अहिलेसम्म भ्रष्टचारकै शिकार बन्दै आईरहेको छ। दार्जीलिङ पहाडका मोठ 750 वटा प्राथमिक पाठशालाहरुमा यो योजना सन 1996 देखी आरम्भ भएको हो भने सन 2005मा लाक्पा रिङ्देनले 5 सय 50 करोड रुपीया घोटाला गरेको उजागर भए पछि अहिलेसम्म यस योजनामा धाँधली भईरहको समाचार बारम्बार प्रकाशमा आईरहेको छ। यसैक्रममा कालेबुङ शहरदेखी लगभग एक किलोमिटर टाडो भालूखोप लमिनी गाउँ स्थित चम्पमाया प्राथमिक पाठशालामा नानीहरुलाई प्रदान गरिने ‘मिड-डे मिल’ योजना बिद्यालयका प्रधान अध्यापकले धाँधली गरेको सार्बजनिक भएको छ।
चम्पामाया प्राथमिक पाठशालामा अहिलेघरी मोठ 36 जना बिद्यार्थीवर्ग अध्ययनरत छन। चारजना स्थायी शिकक्षवर्ग रहेको उक्त पाठशालामा दुईजना मिड-डे मिल पकाउने कर्मचारीहरु छन। तर कस्तो बिडम्बना छ भने सन 2013 देखी बिद्यालयमा अध्ययनरत बिद्यार्थीवर्गले सरकारले प्रदान गर्ने पौष्टिक आहार ‘मिड-डे मिल’ आजसम्म पाएकै छैनन्। वर्ष 2013को कुनै पनि दिन बिद्यार्थीवर्गले मिड मिल पाएनन तर वर्ष 2014को आधा वर्ष बितेर जान लाग्दा मात्र विद्यार्थीवर्गले मिड-डे मिलको स्वाद लिन थालेका छन। गाउँलेहरुले वर्षभरी मिड डे-मिल बिद्यालयमा बितरण नगरेको बिरोध गर्न थालेपछि हप्ता दिन अघिदेखी मात्र अहिले उक्त मिड डे मिल बितरण भईरहेको जानकारी प्राप्त भएको छ।
‘मिड-डे मिल’ वर्ष दिन भन्दा अधिक समसयसम्म नानीहरुलाई वितरण नभएको अभिभावकवर्गले थाह पाए पछि आज उक्त प्राथमिक पाठशालामा स्थानीय मानिसहरु अनि अभिभावगवर्ग पुगेका थिए। बिद्यालयका प्रधान अध्यापक भिम बस्नेतले आज विद्यालय सञ्चालन समिति गठनको निम्ति एक सभा डाकेका थिए। यसक्रममा अघिबाटै पाठशालामा मिड-डे मिल वितरण नभएको थाह पाएका गाउँलेवर्ग अनि अभिभावकवर्गले उक्त समिति अहिलेनै गठन गर्न नहुने माग गर्दै सभा नै बन्द गरिदिए। पाठशालामा मिड-डे मिल पकाउँने कर्मचारी गंगा छेत्री अनि हर्कमाया थापालाई प्रश्न गर्दा उनीहरुले वर्षदिन भन्दा अधिक समय देखी पाठशालामा मिड डे मिल नबनिको स्पष्ट पारेका छन। “प्रधान अध्यापक भिम बस्नेतले सन 2013 देखी पाठशालामा मिड डे मिल खाना पकाउँन बन्द गरेका छन। तिनले यस योजनामा घोटाला गरेका छन। नानीहरुलाई खाना मात्र होईन खाना पकाउँनेहरुकै पैसा समेत नियमित रुपले दिएका छैनन। वर्ष 2013 मा एक दिन पनि खाना पाकेन, खाना पकाउँनेहरुको पैसा समेत दिएको छैन। अहिले हप्ता दिन अघिदेखी मात्र खाना पाक्न थालेको छ” – मिड डे मिल पकाउँने कर्मचारी हर्कमाया थापाले भनि। यसक्रममा केही दिन अघि स्कूल निरिक्षक आएर प्रधान अध्यापकलाई कडा निर्देश दिए पछि मात्र मिड डे मिल पकाउँन थालेको पनि तिनले बताएका छन।
“पाठशाला सञ्चालन ठिक भएको छैन। यसभन्दा अघिका प्रधान अध्यापिकाले पाठशाला सही सञ्चालन गरिरहेकी थिईन। तर अहिले सबै व्यवस्था ठिक छैन, प्रधान अध्यापकले मनमानी गरिरहेका छन। यहाँ पठन पाठन पनि सही भएको छैन। शिक्षाको गुणस्तर अत्यन्तै खराब छ। बिद्यार्थीवर्गले मिड डे वर्ष दिन भन्दा अधिक समयसम्म नपाउँनु सरासर धाँधली हो” स्थानिय बासिन्दा अनि पूर्व विद्यार्थी गौतम छेत्रीले भने। यसैक्रममा कालेबुङ कृषक कल्याण संगठनका महासचिव बिष्णु छेत्रीले उक्त प्राथमिक पाठशालामा कृषकवर्गको नानीहरु अध्ययन गरिरहेको बताउँदै वर्ष दिन देखि नानीहरुलाई खाना नदिएको आफूलाई जानकारी भए पछि यसबारे पाठशाला कर्तृपक्ष अनि स्कूल निरिक्षकलाई लिखित जानकारी मागेको बताएका छन। “एकवर्ष मिड-डे मिल पाकेन भने त्यस वर्षको राशन अनि पैसा कहाँ गयो ? यसबारे स्कूल निरिक्षकले स्पष्ट पार्नपर्छ” बिष्णु छेत्रीले भने। अर्कोतर्फ उक्त मिड डे मिल वितरणमा भईरहेको अनियमितत्तालाई केन्द्र गरेर कृषक कल्याण संगठनले ‘नेसनल कमिसन फर प्रोटेक्सन अफ चाईल्ड राईट्स’लाई पत्रचार गरेकोपनि छेत्रीले जानकारी गराउँदै नानीनहरुको अधिकार खोस्नेहरु बिरुद्ध कठोर कानुनी कार्वाही हुनपर्ने माग गरेका छन।
यता मदर टिचर्स एसोसिएसनकी सोनी राईले पनि पाठशालामा एक वर्षदेखी मिड डे मिल वितरण नभएको बताउँदै यसको जिम्मेवारी प्रधान अध्यापक हुन भनि आरोप लगाईन। “मिड डे मिल वितरण भएको छ छैन भनेर मैले जतिचोटी जानकारी लिएँ त्यत्तिनै पल्ट वितरण नभएको जानकारी प्राप्त भयो। यसबारे प्रधान अध्यापकसंग जान्न चाहँदा तिनले दार्जीलिङ पहाड बन्द चलेको समय बिद्यालय बन्द रहेको कारण नानीहरुलाई खाध्यान्न वितरण नभएको स्पष्टिकरण दिए। यसै अवधी तिनले एकचोटी ब्याङ्कबाट पैसा निकाल्न भनि चेक दिएका थिए। मैले सोंचे अब नानीहरुलाई खाध्यान्न वितरण हुनेरहेछ भनेर तर खाध्यान्न भने वितरण भएन” सोनी राईले भनिन।
अर्कोतर्फ चम्पामाया प्राथमिक पाठशामामा भएको मिड-डे मिल बितरण अनियमितताबारे पाठशालाका प्रधान अध्यापक भिम बस्नेतलाई प्रश्न गर्दा तिनले वर्ष 2013मा खाद्यन्न वितरण नगरेको स्वीकार गरे। “वर्ष 2013मा पहाड बन्दको कारण पाठशाला पनि बन्द रहेको थियो। यता पहाड बन्द खुलेपछि दशै तिहारको छुट्टी भयो अनि पछि परिक्षा सम्पन्न भएर शिताकालीन बिदाले पाठशाला बन्द भएको थियो। यसकारण नानीहरुलाई मिड डे मिल भोजन वितरण गरिएन” प्रधान अध्यपक भिम बस्नेतल स्पष्टिकरण दिदै भने। तिनले मिड डे मिल सम्बन्धी आफूले कुनै धाँधली नगरेको स्पष्टिकरण दिदै खाना पकाउँने कर्मचारीहरुलाई खाना पकाउँने निर्देश दिदा पिउँने पानीको समस्या देखाएर खाना नपकाएको उल्टै आरोप लगाएका छन। “मैले कुनै धाँधली गरेको छैन। जति पनि पैसा प्रयोग भएको छ त्यसको सम्पूर्ण ओरिजिनल भाऊचर यहाँ उपलब्ध छ। रहल पैसा सबै ब्याङ्कको खातामा सुरक्षित छ” प्रधान अध्यपक बस्नेतले अझ भने। यसैक्रममा तिनले बिगतका दिनहरुमा खाध्यान्न सुचारु बितरण नहुनमा बिभागबाटै नियमित खाध्यान्न अनि पैसा उपलब्ध नभएको पनि बताएका छन।

0 Response to "प्राथमिक पाठशालामा ‘मिड-डे मिल’ धाँधली भएको खुलासा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.