-->
पहाडमा यथाशिघ्र त्रीस्तरीय पञ्चायत चुनाव गर्नुपर्छ – गक्रायुमो

पहाडमा यथाशिघ्र त्रीस्तरीय पञ्चायत चुनाव गर्नुपर्छ – गक्रायुमो

डी के वाइबा, कालिमन्युज, कालेबुङ 5 जून। क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीको युवा एकाई गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा (गक्रायुमो)ले पहाडमा त्रिस्तरीय पञ्चायत चुनाव गर्नुपर्ने माग गरेको छ। सन 2005 मा पञ्चायत चुनाव सरकारले गर्न पर्ने भए पनि अझसम्म नगराएको कारण अहिले दार्जीलिङ पहाडको पञ्चायत जनप्रतिनिधीविहीन बनेको छ। जसको कारण साधारण मानिसहरुले धेरै समस्या भोग्न पर्दै आईरहेको छ। 
लोकसभा चुनाव पछि अब पहाडमा पञ्चायत चुनावको हावा तातिन थालेको छ भने क्रामाकपा पार्टीले अघिदेखिनै पहाडमा त्रिस्तरीय पञ्चायत चुनाव गर्नुपर्ने माग गर्दै आईरहेको छ। यसैक्रममा आज गक्रायुमो महासचिव अरुण घतानीले पत्रकारहरुलाई सम्बोधन गर्दै दार्जीलिङ पहाडमा सरकारले त्रीस्तरीय पञ्चायत चुनाव यथाशिघ्र गराउँनुपर्ने माग गरे। 
“पहाडका पञ्चायतहरु लगभग दश वर्षदेखी जनप्रतिनिधीविहीन छन। जसको कारण ग्रामिण क्षेत्रका मानिसहरुले धेरै समस्या भोग्न परिरहेको छ। यदि पश्चिम बङ्गाल सरकार दार्जीलिङ पहाडका जनताप्रति गम्भिर छन भने जनताको हितमा त्रीस्तरीय पञ्चायत चुनाव गराउँनुपर्छ” अरुण घतानीले भने। 
यसैक्रममा तिनले पहाडमा अस्तित्वमा रहेका 8 वटा खण्डहरुलाई बडोत्तरी गरेर 24 वटा अनि 112 वटा ग्राम पञ्चायतहरुलाई 160 वटा ग्राम पञ्चायत बनाउँनुपर्ने माग गरे। 
“दार्जीलिङ जिल्लाको सिलगडी महकुमा क्षेत्रमा पहिला केवल 2वटा खण्ड थियो जसलाई 1989मा बडोत्तरी गरेर 4 वटा बनाएको छ। यता पहाडको तीनवटा महकुमा भित्र रहेका 8वटा खण्डहरुलाई भने सरकारले बडोत्तरी गर्ने कार्य गरेको छैन। यसले पहाडका जनताप्रति सरकार उदासिन रहेको स्पष्ट बनेको छ। यसकारण यसपल्ट सरकारले खण्ड अनि पञ्चायतलाई बडोत्तरी गरेर यथाशिघ्र पञ्चायत चुनाव गर्नुपर्छ” घतानीले अझ भने। 
तिनले दार्जीलिङ पहाडमा पहिला पञ्चायत व्यवस्था सिन्कोना बगान, चियाबगान अनि बनबस्तीहरुमा लागु नभएको बताउँदै उक्त क्षेत्रहरुमा 2000 सालमा पञ्चायत व्यवस्था लागु भए पछि स्वत सरकारले पञ्चायत सङ्ख्या बृद्धि गर्न आवश्यक थियो भनि तिनले दाबी गरे। यद्यपी सरकारले यसकुरालाई कुनै चासो नदिएर पहाडवासी प्रति उदासिन निती अप्नाएको आरोप लगाएका छन। 
“सन 2000 सालमा सिन्कोना बगान, चियाबगान अनि बनबस्तीहरुमा पञ्चायत व्यवस्ता लागु भए पछि भौगोलिक क्षेत्रको बृद्धि संगै जनसङ्ख़्या पनि बडेको हो। सिलगडी महकुमाको दुईवटा खण्डलाई बडोत्तरी गर्ने सरकारले पहाडमा खण्ड अनि पञ्चायतको आजसम्म बडोत्तरी गरेको छैन। यो अन्याय हो” अरुण घतानीले भने। 
सोहीक्रममा तिनले दार्जीलिङ पहाडको तीनवटा महकुमा क्षेत्रमालाई पनि सिलगडीको जस्तै छुट्टा छुट्टै महकुमा परिषद बनाउँन पर्ने माग गरेका छन। “सिलगडी महकुमा परिषद गठन हुन सक्छ भने तीनवटा महकुमा क्षेत्रमा पनि छुट्टा छुट्टै महकुमा परिषद गठन गरिनुपर्छ” घतानीले भने। तिनले ग्रामिण क्षेत्रका जनताले पञ्चायतमा जनप्रतिनिधीहरुको अभावले धेरै समस्या भोग्न परिरहेको बताउँदै एकातिर पञ्चायतमा जनप्रतिनिधीको अभाव त अर्कोतिर कर्मचारीवर्गको अभावले पनि जनताको कार्य हुन नसकिरहेको दाबी गरे। यसतो अवस्थामा सरकारले यथाशिघ्र त्रीस्तरीय पञ्चायत चुनाव गर्नुपर्ने माग गरेका छन। 
यता दार्जीलिङ पहाडमा त्रीस्तरीय पञ्चायत चुनावको माग गर्दै आगमी 12 जूनको दिन गक्रायुमोले दार्जीलिङ जिलापाललाई भेट गरेर ज्ञापन पत्र चडाउँने पनि अरुन घतानीले जाननकारी दिएका छन। अर्कोतर्फ आज कालेबुङ महकुमाको तीनवटा गक्रायुमो समितिलाई भङ्ग गरेको सन्तोष प्रधानले जानकारी दिएका छन। आगमी दिनहरुमा संगठनलाई अझ बलियो अनि सशक्त पार्न पुरानो समितिलाई बिघटन गरिएको बताउँदै चाँडै नयाँ समिति गठन गरिने पनि तिनले जानकारी दिएका छन। यस कार्यको निम्ति तीनजनालाई सयोजक नियुक्ति गरिएको पनि तिनले बताएका छन।

Related Posts

0 Response to "पहाडमा यथाशिघ्र त्रीस्तरीय पञ्चायत चुनाव गर्नुपर्छ – गक्रायुमो"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.