-->
‘मिड-डे मिल’ धाँधलीबारे बिभागले आफ्नो मौनता तोड्यो

‘मिड-डे मिल’ धाँधलीबारे बिभागले आफ्नो मौनता तोड्यो

डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 जून 2014। कालेबुङ शहरदेखी केवल एक किलोमिटर टाडामा अवस्थित चम्पामाया प्राथमिक पाठशालामा एक वर्षदेखी ‘मिड-डे मिल’ नानीहरुलाई बितरण नगरेको घटना प्रकाशमा आएको 48 घण्टा पछि मह्कुमाको क्षेत्रिय विध्यालय निरिक्षक कार्यालयले आफ्नो मौनता तोडेको छ। 
वर्ष 2013को कुनै पनि दिन पाठशालामा ‘मिड-डे मिल’ वितरण नगरेको घटना सोम्बार सर्बजनिक भएको थियो। हाल 36 जना अध्ययनरत बिद्यार्थीवर्गले एकवर्ष भन्दा अधिक समय देखी मध्यान्न भोजन खान नपाए पनि हप्ता दिन देखी भने मध्यान्न भोजनको स्वाद लिन पाईरहेका छन। यसरी मध्यान्न भोजन बितरण नभएको घट्ना सार्बजनिक भएर पनि मौन बसेका कालेबुङ महकुमाका क्षेत्रिय स्कूल निरिक्षक जिग्मी शेर्पालाई आज पत्रकारहरुले तिनकै कार्यलयमा भेटघाट गर्दा घटनाबारे जिल्ला पाठशाला निरिक्षकलाई जानकारी गराएको बताएका छन। 
“पाठशालाका नानीहरुलाई मिड-डे मिल बितरण नगरेको सिकायत प्राप्त भएको थियो। यसबारे पाठशालामा गएर जाँच गर्दा उक्त सिकायत सत्य रहेको पायौँ। यसबारे बिद्यालयका प्रधान अध्यापकलाई सोकस नोटिस पठएका थियौँ। उक्त नोटिसको हामीलाई सन्तोषजनक उत्तर प्राप्त भएन” स्कूल निरिक्षक जिग्मी शेर्पाले भने। 
कुराकानीको क्रममा एकवर्ष देखी पाठशालाका नानीहरुलाई मध्यान्न भोजन बितरण नगर्दा किन कार्वाही गरिएन भनि प्रश्न गर्दा यसबारे आफूलाई कसैले सूचित नगरेको स्पष्टिकरण दिएका छन। “कम्युनिकेशनको कमिले हामीले घटनाको ढिलो जानकारी पाएका हौँ” तिनले भने। 
यसैक्रममा शेर्पाले कुनै पनि पाठशालाहरुमा यस प्रकारका घटनाहरु यदि भईरहेको छ भने बिभागलाई सूचित गरिदिनुपर्ने आह्वान गरेका छन। 
“हामीले प्रत्येक बिद्यालयहरुमा कमिटि गठन गरेका छौँ। यदि कुनै पनि बिद्यालयमा मिड-डे मिल बितरण भएको छैन भने कमिटि अथवा बिद्यालयकै शिक्षक-शिक्षिकावर्गले जानकारी दिए हामी कार्वाही गर्नेछौँ। यो बिभागको माग कार्य नभएर सबैको जिम्मेवारी हो” शेर्पाले अझ भने। चम्पामाया प्राथमिक पाठशालामा मध्याना भोजन बितरण नभएको जानकारी प्राप्त भए पछि आफूले बिद्यालयमा गएर जाँच गरेर उच्च अधिकारीलाई अवगत गराईसकेको बताउँदै उच्च अधिकारीबाट जे निर्देश प्राप्त हुनेछ त्यस अनुरुप कार्वाही गरिने स्पष्टिकरण दिएका छन। यसका साथै यसप्रकारका घटनाहरु जतिपनि पाठशाहरुमा भईरहेको छ भन्ने सूचना प्रात भईरहेको छ उक्त पाठशालाहरुमा गएर जाँच कार्य गरिरहेको पनि तिनले बताएका छन। 
स्मरण रहोस, कालेबुङ शहरदेखी केवल एक किलोमिटर टाडोमा अवस्थित चम्पामाया पाठशालामा एक वर्ष देखी मध्यान्न भोजन बितरण नगरेको खुलासा सोम्बार भएको थियो। पाठशालामा प्रधान अध्यापक भिम बस्नेतले पाठशालामा मध्यान्न भोजन नानिहरुलाई वितरण नगरेको स्कूल सञ्चालन समिति, गाउँलेहरु अनि मोदर टिचर्स एसोसिएसनले आरोप लगाएको थियो। 
यसबारे मौन बसेका स्कूल निरिक्षकले आज बिभागीय स्पष्टिकरण दिए पनि प्राथमिक टिचर्स एसोसिएसन भने अझै मौन बसेको छ। भारत सरकारले नानीहरुलाई पौष्टिक खाद्यन्न बितरण गर्न सन 1995 देखी मिड-डे मिल योजना सञ्चालन गर्दै आईरहेको छ। तर पहाडका अधिकांश विद्यालयहरुमा भने मध्यान्न भोजन अनियमित भईरहेको खबर बारम्बार प्रकाशमा आईरहेको छ। यस्तो अवस्थामा बिद्यार्थीवर्गको हित चाहने संगठनहरुको मौनताले भने अनेकौ प्रश्न खडा गरेको छ।

0 Response to "‘मिड-डे मिल’ धाँधलीबारे बिभागले आफ्नो मौनता तोड्यो"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.