हत्याको विरोधमा प्रतिवाद जुलुस
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 26 जून 2014। कालेबुङ महकुमाको बियोङमा केही दिन अघि भोटीया दम्पतीको निर्मम हत्यालाई केन्द्र गरेर आज शहरमा एउटा प्रतिवाद जुलुस निकालिएको थियो। यहाँको एसयुएमआई परिसरबाट सम्पन्न भएको उक्त जुलुसमा धेरै संख्यामा मानिसहरुले सहभागिता जनाएका थिए।
बाल अधिकार फोरम कालेबुङ अनि रमल्याङ गीतडाब्लिङ वेलफेयर सोसाइटीको आयोजनामा सम्पन्न भएको उक्त प्रतिवाद जुलुसमा विभिन्न गैर सरकारी संगठनहरूको पनि सहभागितामा रहेको थियो। यसका साथै गीतडाब्लिङ हाई स्कूल अनि सन्त जोसेफ स्कूलका विद्यार्थीहरू अनि शिक्षक शिक्षिकाहरूले पनि प्रतिवाद जुलुसमा भाग लिएका थिए। प्रतिवाद जुलुसमा सहभागि बनेकाहरुले हत्यारालाई कठोर सजाय दिनपर्ने मागहरु प्ला कार्डमा लेखेर बोकेका थिए भने उक्त जुलुसले शहर परिक्रमा गरेर महकुमा अधिकारीलाई एउटा ज्ञापन पत्र बुझाएको थियो। संगठनले बुझाएको उक्त ज्ञापन पत्रमा दम्पति हत्याकाण्डका हत्यारालाई यथाशिघ्र कठोर सजाय दिनपर्ने माग गरेको छ।
“गीतडाब्लिङमा डोमिनिक भोटिया अनि ख्रिष्टिना भोटियाको हत्याराले कठोर सजाय पाउनुपर्छ। यस्तो निर्मम हत्याको संगठन घोर भर्त्सना गर्दछ। आमा बाबु दुवैको हत्या भएपछि बेसाहारा बनेका दुवै नानीहरूको पुर्नवास र सही व्यवस्थापनको निम्ति सरकारबाट पहल गरिनुपर्छ” भनि ज्ञापन पत्रमा लेखिएको छ। उक्त हत्याकाण्डको कारण गाउँका मानिसहरु आतङ्कित बनेको कारण प्रशासनले यथोचित कार्वाही गर्नुपर्ने अनि मानिसहरुलाई भयको वातावरणबाट मुक्त बनाउँनुपर्ने माग गरिएको छ।
सम्पूर्ण गीतडाब्लिङवासीहरूको पक्षमा बाल अधिकार मञ्च यसमा आवद्ध अन्य संगठनहरू वर्ल्ड् भिजन, बाल क्लब, बाल सुरक्षा अभियान, एडीपी हिमालय लगायत स्थानीयवासीले दोषीलाई कानुन बमोजिम कठोर सजायको माग अघि राखेको फोरमका सचिव एन्ड्रु काबोले यस्ता अपराधका घट्नाहरुले मानिसहरु भयभित भएको बताउँदै यथाशिघ्र कार्वाही गरेर प्रशासनले पिडीत पक्षलाई न्याय दिनपर्ने माग गरे।
“हामी गाउँवासीहरु यस्ता घट्नाहरुको बिरोधमा एक नभएका कारण बारम्बार यस्ता घट्नाहरु घटीरहेको छ। अब हामी यस्ता घट्नाहरुको बिरोधमा एकबद्ध भएर सम्पूर्ण संघ संस्था र गाउँलेहरु अघि आएका छौँ” तिनले भने। उनले आमा बाबाको मृत्युपछि असहाय बनेका नानीहरूको उचित संरक्षणसितै घाइते बनेकी छोरीको निम्ति सरकारी सहुलियत प्रदान गरिनुपर्ने र उनीहरूको भविष्यको निम्ति उचित पहल सरकारबाट हुनुपर्ने माग पनि गरेका छन्।
0 Response to "हत्याको विरोधमा प्रतिवाद जुलुस"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.